22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गुणस्तरीय शिक्षा एवं सुधारको लागी उच्च कोटिको ठोस निति ल्याउनुस मुख्यमन्त्री : युवा नेता सराफ

गुणस्तरीय शिक्षा एवं सुधारको लागी उच्च कोटिको ठोस निति ल्याउन प्रदेश नंं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दिलाई युवा नेता ओमप्रका सराफले आग्रह गरेका छ्न । स्कुल/क्याम्पसको सुधार/ बिकास भए हिन्दु, मुस्लिम,सिख इसाई लगायत सबै धर्मावलम्बी लाभान्वित हुने छ उनको भनाई छ ।

21 औं सताब्दीको आधुनिक संसारमा गरिब, दलित, धनी, उत्पीडित पनि एकै छानामुनी एकै प्रकारको आधुनिक शिक्षा/ सुबिधा प्राप्त गर्न सक्ने सुरक्षीत र सुनौलो वातावरणको निर्माण गर्न पनि मुख्यमन्त्रीलाई नेता सराफको आग्रह छ ।

हाम्रो समुदायमा मुस्लिम समुदायका गरिब बालबालिका मात्रै होइन, अन्य धर्मका गरिब, दलित एवं आम समुदायका लाखौं बालबालिकाहरु स्कुल जानबाट बन्चित छन् ।

बालमजदुरी गर्न बाध्य छन् । जसको लागी सामुदायिक एवं सरकारी स्कुलको सुधार, बिकास एवं स्कुल जाने सहज वातावरणको निर्माण नै समग्र समाधानको उपाय हुन सक्छ उनको धारणा छ ।

यसरी विभेद रहित शिक्षित समतामूलक समाज निर्माणको लागी आधार तयार हुने छ । साथै आपसी सद्भाव एवं धार्मिक सहिष्णुताको पनि दायरा फराकिलो हुने छ ।

नीतिनिर्माता तपाईहरु हो, समाजको दशा र दिशा तपाईंहरुको हातमा छ । धार्मिक, पार्टीगत, जातिगत भुमरीबाट माथी उठि समाजवादको सिद्धान्तमा अग्रसरताको लागी उनले आग्रह गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स
SQL requests:217. Generation time:3.376 sec. Memory consumption:81.69 mb