2 April 2025
KALIKATIMES.COM

जोखिममा परेका किशोरीहरुलाई शैक्षिक सामग्री वितरण

वीरगंज, १६ असाेज ।
किशाेरी सशक्तिकरणको लागि जोखिममा परेका किशोरीहरुलाई मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । युराेपियन युनियनकाे सहयोगमा र नेपाल ग्रामिण पुननिर्माण संस्था (आ.आर.एन.) काे अायाेजनामा ४७ जना किशोरीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको सुपरभाइजर सुनेशवर साहले वताए ।

पि.एन. र सि.एन. को सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तरगत वीरगंज महानगरपालिकाको वडा नम्बर २९ को मुसैली, रतनपुर, बसडिलवा र ३० को लालपर्सा र प्रसोतिपुरका जोखिममा परेका किशोरीहरु लाई शैक्षिक सामग्री वितरण गरिएको हाे ।

सामग्री वितरण कार्यक्रममा अार.अार.एन. काे किशोरी सम्बाद कार्यक्रमका टिम लिडर भानु पराजुली, कार्यक्रम संयोजक भागवती शर्मा भण्डारी, वडा अध्यक्ष अमानत अंसारी, वडा सदस्य बुधिया देवी, सम्वाद अधिकृत प्रकाश पाण्डे लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:8.404 sec. Memory consumption:82.43 mb