Date
शुक्र, मंसिर ४, २०८३
Fri, November 20, 2026
Home Blog Page 809

पकहा मैनपुरमा ४ महिलासहित एक सय जनाले गरे रक्तदान

0

वीरगंज । सचेत युवा समाज पकाहा मैनपुरको आयोजनामा शनिबार पकहा मैनपुर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्रीराम चरित्र भगत मा.वि. पकहा मैनपुरमा भएको कार्यक्रममा ४ महिलासहित एक सय जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताए ।

सचेत युवा समाजको अध्यक्ष अनिल कुशवाहाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य प्रह्लाद गिरीले गरेका थिए । कार्यक्रममा अनिल कुशवाहा, राधेश्याम कुशवाहा, घनश्याम कुशवाहा, सुनिता देवी कुशवाहा, सविता बर्णवाल, सिता मण्डल, सरिता बर्णवाल, धनजय गुप्ता, जितेन्द्र साह, राजाबाबु मेहता, बनु सहनी, मोहनलाल चौहान, शिवजी ठाकुर लगायतकाले रक्तदान गरेका थिए ।
.

पकहा मैनपुर गाउँपालिकाको सहयोग र रक्त सञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, उपाध्यक्ष कुसमी देवी,वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, भोलेन्टियर समुह पर्साका अध्यक्ष तथा युवा समाजसेवी राजन श्रीवास्तव, नेपाल हेल्थ सेवाका संगम पंडित, युवा वचन संस्थाका पर्सा संयोजक किशन सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सेवाको सह–आयोजनामा कार्यक्रम भएको थियो ।

हिन्दु स्वयम् सेवक संघको जिल्ला योजना बैठक सम्पन्न

0

वीरगंज । हिन्दु स्वयम् सेवक संघ नेपाल पर्साको जिल्ला योजना बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । संघका पर्सा जिल्ला संघचालक ललन द्विवेद्वीको अध्यक्षतामा भएको बैठकको राष्ट्रिय प्रचारक बेद प्रकाश जीले दिप प्रजलन गरि उद्घाटन गरेका थिए ।

वीरगंजको आदर्शनगरस्थित पशुपति शिक्षा मन्दिरमा भएको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय प्रचारक बेद प्रकाशले निःस्वार्थ भावले काम गर्ने संस्था संघ भएको बताए । उनले भने, ‘‘व्यक्तिको साथसाथै समाजको पनि चिन्तन गर्नु पर्छ । संघका शाखा उर्जाका केन्द्र हुन । संघमा राम्रो व्यक्तिलाई जोड्नु पर्छ ।’’ समाजलाई जोड्न शाखा लगाउनु पर्नेमा राष्ट्रिय प्रचारक बेद प्रकाशको जोड थियो ।

संघका विभाग संघचालक अशोक बैधले अझै बढि सक्रिय भएर स्वमसेवक संघलाई काम गर्न आग्रह गरे । उनले एक आपसमा संगठित भएर आफ्नो उदेश्य परिपूर्तिको लागि अघि बढ्नु पर्ने धारणा राखे ।

बैठकमा पर्साको विभिन्न पालिकामा संघको संगठन विस्तार गर्न छलफल भएको थियो भने जिम्मेवारी समेत बाँडफाँड भएको थियो ।

युवा संघ बारा र पर्साले सिन्धुपाल्चोककाे बाढि पीडितकाे लागि राहत पठायाे

0

वीरगंज । नेकपा एमाले (माधव-झलनाथ) पक्ष निकट युवा संघ बारा र पर्साले संयुक्त रुपमा शनिबार सिन्धुपाल्चोककाे बाढि पीडितकाे लागि राहत पठाएकाे छ ।

अविरल बर्षाको कारण सिन्धुपाल्चोकमा भएका बाढी पीडितहरुको लागी २०० बोरा चामल, चाउचाउ, बिस्कुट र औषधि सामाग्री पठाइएको युवा संघका केन्द्रिय सचिव अरुण यादवले वताए ।

उक्त राहत समाग्री युवा संघ बारा र पर्सा पदाधिकारी र केही समाज सेवीहरुकाे सहयोगमा संकलन गरी पठाइएकाे उनले जानकारी दिए ।

राहत पठाउने कार्यमा युवा संघका केन्द्रिय सचिवालय सदस्य अनिल पटेल, युवा संघका पर्साका अध्यक्ष भुपेन्द्र साह, बाराका अध्यक्ष राम यादव, कलैया उप महानगरपालिकाका अध्यक्ष ओम साह, संजू चौधरी, आलमगिर अंसारी, रबी गुप्ता लगायतकाले सहयाेग गरेका थिए ।

आयुर्बेद स्वास्थ्य केन्द्रकाे बैधमा कार्यालय प्रमुख मिश्रद्वारा पत्नीकाे न्युक्ति

0

वीरगंग । प्रदेश सरकार मातहतका जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डा. रमेश मिश्रले ऐन कानूनलाईलाई धज्जी उडाउँदै आफनो पत्नीलाई जागिर लगाएका छन् ।

उक्त कार्यालयले २०७७ असोज २७ गते विज्ञापन  नं. १–२०७७/०७८ वैद्य (चौथौं तह), विज्ञापन  नं. २–२०७७/०७८ ( श्रेणी विहीन) सहयोगी र विज्ञापन  नं. २–२०७७/०७८ ( श्रेणीविहीन) अभ्यङकर्ताको लागि  विज्ञापन प्रकाशित गरेको थियो । 

उक्त विज्ञापन तेस्रो विज्ञापनका लागि  २०७७ पुुष २० गते लिइएको अन्तवार्ताको पुष २२ गते प्रकाशित नतिजामा अभ्यङकर्ता पदमा सफल उम्मेदबार लक्ष्मी झा र वैकल्पिक उम्मेदबारमा सोनी कुमारी पासवानको नाम प्रकाशित गरेको थियो । 

अभ्यङकर्तामा सफल उम्मेदबार लक्ष्मी झाले २०७७ चैत्र ६ गतेको नियुक्ती वुुझन आउनेबारे प्रकाशित सूचना अनुसार नियुक्ती बुझि लगेको तर नियुुक्ती भएको मितिदेखी अहिलेसम्म हाजीर भएको छैन ।

कार्यालय प्रमुख झाले कार्यालय सहयोगी तथा अभ्यकर्ता पदमामा नाम निकालेका उम्मेदबार काम गर्न नआएपछि वैकल्पिक उम्मेदबारलाई नियुक्त गर्नुपर्नेमा सो नगरी उक्त पदमा पैसाको चलखेल गरि भर्ना गर्न खोजेको आरोप लागेको अभ्यङकर्ताका वैकल्पिक उम्मेदबार सोनी कुुमारीले जिल्ला प्रशासन  कार्यालयमा २०७७ पुुष २४ गते लिखीत उजुरी दिएकी छिन् । 

नियम अनुसार ३५ दिनमा हाजिर नभएकोले स्वत: पद रिक्त हुन आएकोले निजले नियुक्ती लिएको ३५ दिनपछि वैकल्पिक उम्मेदबार कार्यालयमा उपस्थित हुदाँ समेत कार्यालय प्रमुख मिश्राले नियुक्ति पत्र नदिएको र आलटाल गरिरहेकाे वैकल्पिक उम्मेदवार पासवानले वताइन ।

उनले कार्यालय प्रमुखलाई अभ्यङकर्ता पदमा नियुुक्ति लिएकी लक्ष्मी झाले नियुक्ती लिएको २०७७ चैत्र ११ गतेका दिन देखी २०७८ जेष्ठ ६ गते अर्थात ५५ दिन वितिसक्दा पनि उक्त पदमा नियम अनुसार वैकल्पिक उम्मेदबार मलाई नियुक्ती दिनु पर्ने प्रावधान रहेकाे तर आफू दलित समुदाय भएकाेले कार्यालय प्रमुख मिश्रले हेप्ने काम गरेको बताइन ।

उनले भनिन,‘ मैले जिल्ला प्रशासनदेखी अख्तियार र समाजिक विकास मन्त्रालयसम्म उजुरी गरे तर कार्यालय प्रमुख मिश्रलाई राजनीतिक पहुुँचका अधारमा अहिलेसम्म कत्तैबाट कार्यावाही भएको छैन, नत मेरो नियुक्ती ।’

कार्यालय प्रमुख मिश्रले वैद्य पदको ३ सिटमध्ये पहिलो अन्तरवार्तामा आफै  पदपुुर्ति समितिको संयोजक भई पत्नी शालनी मिश्र र आफनै नजिकका नातेदार नवनितकुमार झाको नाम सफल उम्मेदबारमा प्रकाशित गरेका थिए । 

उक्त पदका लागि २२ जनाले आवेदन दिएकाहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यालय प्रमुख मिश्रले पदको दुुरुपयोग गरि पत्नीको नाम प्रकाशित गरि अख्तियार दुरुपयोग गरेको भन्दै  उम्मेदबारमध्येका मुकेश यादबले उजुरी गरेका छन् । उक्त उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयले २०७७ फागुन ११ गतेको  च.न. ११३४को पत्र आफै संयोजक भई पत्नीलाई करारमा वैद्य पदमा दिएको नियुक्ती समेत सम्मपूर्ण वैद्यको विज्ञापन नं. ०१–२०७७/०७८ को नतिजा बदर गरेको थियाे ।

जिप्रकाले नियुुक्ती बदर गर्दै आयुुर्वेद कार्यालयलाई परिक्षा तीन शर्त बमोजिम लिन उक्त पत्रमा उल्लेख गरेको थियो । जसको पहिलो बुुँदामा पदपुर्ति समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बस्नुुपर्ने उल्लेख थियो । दोस्रो बुुदाँमा योग्यता मापन हुने खालको परीक्षा प्रणाली अवलम्बन गर्नु पर्नेमा उल्लेख थियो । तर जिल्ला आयुर्वेदको २०७७ चैत्र २६ को वैधको पुन: अन्तवार्ताको सूचनामा अन्तरवार्ता मात्र लिएको र त्यसमा जिप्रकाको प्रतिनिधिलाई सहभागी गराइएको थिएन ।

त्यस्तै परिक्षार्थीरुलाई सक्कल प्रमाण पत्र मात्र माग गरिएको थियो । जुन योग्यता मापन हुने खालकाको परीक्षा नभई जिप्रकाले खारेज गरेको पहिले कै अवस्था हो । उक्त वैद्यको परिक्षार्थी १४ जनामा धेरै जसोलाई पुन: अन्तरवार्तामा सूूचना समेत नदिएको र अन्तरवार्ता चैत्र २६ गतेका दिन ११ बजे जम्मा ५ जना उपस्थित भएकोमा साँझ ३ बजे बहुमत संख्या नै नपुुगेको जम्मा ५ जनाको अन्तरवार्ता लिई पहिलोकै तीन जनालाई पुन नाम तलमाथि गरि नतिजा प्रकाशन गरेकोले छानविन गर्न निवेदन दिएको छ ।

२०७७ भदौं २९ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता गर्ने कार्यालय प्रमुख डा. रमेश मिश्रलाई आवश्यक छानविन गरी कारवाहीगर्न माग गर्दै स्थानीयले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षन गराएका थिए ।

डा. रमेश मिश्राले पर्सा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुखको जिम्मेबारी लिए पछि स्थानिय अगुवा तथा समाजिक संस्थाकाे पदाधिकारीहरुको पहल पश्चात आयुर्बेद स्वास्थ्य केन्द्र व्यवस्थापन चुस्त दुरुस्त बनाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती गठन गरिएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मिश्राले स्थानिय वडाबासी भएकै कारण अस्पताल ब्यवस्थापनमा मनोमानी गर्दै आएका छन । अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रकिृया मिचेर अनियमितता हुने गरेको र कार्यालय प्रमुख आफु बिरामी भएको बहानागरी घर बसि बसि जोखिम भत्ता समेत बुझ्दै विभिन्न अनियमितता गर्दै आएका छन् ।

कर्मचारीहरु नियमित कार्यालय आउदैनन् आएपनि एकैपटक एक महिनाको हाजिरी गरी तलब बुझ्ने गरेकाे ज्ञापन पत्रमा उल्लेख थियो ।

स्वास्थ्य केन्द्रमा विगत ६/७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना महिला कार्यालय सहायकको नियुक्ति नविकरण नगरी सोर्स–फोर्सको आधारमा राजनितिक व्यक्तिको आडमा थप दुई जना कर्मचारी राखेको र ति कर्मचारीबाट रकम असुल गरी पदको दसरुपयोग गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समितीको ठहर रहेको छ । यद्पी कार्यालय प्रमुख राजनितिक पहुंचका कारण कारवाहीबाट उम्कदै आएका छन् ।

साउथका व्यापारीको प्रेममा ज्याकलिन

0

बलिउड नायिका ज्याकलिन फर्नान्डेजको नाम नायक सलमान खानसँग बेला–बेलामा जोडिने गरेको छ । गतबर्षको लकडाउनमा सलमानको फार्म हाउसमा नै ज्याकलिनले समय बिताएकी थिइन् । सलमानसँग नाम जोडिएपनि उनीहरु प्रेममा रहेको खबर पुष्टी भनेको हुन सकेको थिएन ।

यसैविच, नायिका फर्नान्डेज साउथका एक व्यापारीको प्रेममा रहेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ज्याकलिन चाडै नै आफ्ना प्रेमीसँग मुम्बईमा एकसाथ बस्ने तयारीमा समेत छिन् । मिडिया रिपोर्टका अनुसार, ज्याकलिनले केही महिनादेखि जुहु इलाकामा घर खोजिरहेकी थिइन् । अब, उनले घर पाएकी छिन् र अहिले यसको सज्जावटको काम चलिरहेको छ । मिडिया रिपोर्टका अनुसार, ज्याकलिन आफ्ना प्रेमीको साथमा भिडियोको माध्यमबाट कुराकानी गरिरहन्छिन् ।

साउथका व्यापारीको नाम भने सार्वजनिक भएको छैन । तर, श्रीलंकाकी यी सुन्दरी प्रेममा निकै नै गम्भिर रहेको पनि बताइएको छ । घरको आन्तरिक डिजाइनका लागि फ्रान्सको एक चर्चित कम्पनीलाई जिम्मा दिइएको मिडियामा उल्लेख छ । ज्याकलिनले अभिनय गरेको ‘पानी पानी’ बोलको गीत पछिल्लो समय निकै हिट छ ।

कालिकामाईमा ब्यापक अनियमितता भइरहेकाे प्रमाण फेला, सम्बन्धित निकाय बेखबर

0

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका संचालन प्रक्रियामा चरम अनियमितता भएकाे प्रमाण फेला परेकाे छ ।

गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेकाे गुनासाे बढेपछि गाउँ कार्यपालिकाकाे कार्यालय हरिहरपुर विर्ता पुगेकाे संचारकर्मीहरुलाई आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेकाे बिकास निर्माण सम्बन्धि कुनै कागजात नरहेकाे कर्मचारीहरुले वताए । कार्यालयमा रहेकाे दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाेडेर दर्ता चलानी गरिएकाे फेला परेकाे हाे ।

गाउँपालिकाकाे दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गते सम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिए पनि त्यसपछि दर्ता नं. ११२२ दर्ता नगरी खालि ठाउँ राखिएकाे छ । त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएकाे हाजिर गायब सम्बन्धि पत्र दर्ता गरिएकाे छ ।

त्यसपछि फेरी मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धि पत्र दर्ता गरिएकाे छ । तर फेरी  दर्ता नं. ११२५ र दर्ता ११२६ काे ठाउँ खालि राखेर अक्राे दर्ता गरिएकाे छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धि पत्र दर्ता गरिएकाेे छ । त्यसकाे बिचमा पनि केही दर्ता नं. काे खालि ठाउँ राखिएकाेले ब्यापक अनियमितता भएकाे प्रष्ट हुन्छ ।

किन दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएकाे हाे भने बारे साेध्दा कार्यालयमा भेटिएकाे कर्मचारीले जवाफ दिन सकेन । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फाेनमा बुझ्न पटक पटक फाेन गर्दा पनि फाेन उठेन । 

आर्थिक मसान्तकाे अन्तिम अन्तिमा आएर अनियमितता र पुरानाे मितिमा दर्ता गर्न प्रयाेजनकाे लागि दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएकाे गाउँपालिका कै क्रमचारी स्राेतले जनाएकाे छ । यस्ताे नियम विपरित धेरै काम हुने गरेकाे ति कर्मचारीकाे भनाई छ ।

यस्तै, गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदकाे सूचना गाउँपालिका वेभसाइटमा पनि राखिएकाे छैन् भने गाउँपालिका कार्यालयमा पनि नरहेकाेे सूचना अधिकारी अमित चाैरसियाले वताए । 

गाउँपालिकामा बढ्दै गएकाे अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनकाे लागि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेकाे स्थानियहरुले गुनासाे रहेकाे छ । 

नेवि संघद्वारा कालिकामाईसंग सूचना माग

0

वीरगंज । नेपाली कांग्रेस निकट नेपाल विधार्थी (नेबि) संघ कालिकामाई गाउँपालिका कार्य समितिले कालिकामाई गाउँपालिकासंग सूचना मांग गरेको छ ।

नेविसंघसंग आबद्ध बिधार्थीहरुले बिहीबार गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्तामा पुगी चार बुंदे सूचना माग गरेक हुन । नेवि संघ कालिकामाईका अध्यक्ष राजेश कुशवाहाको नेतृत्वमा पुगेका विधार्थीहरुले सूचना अधिकारी अमित चौरसियालाई सूचना मांगको निवेदन दिदाँ सुरुमा उनले लिनै मानेका थिएनन् । पछि आफुहरुले जवाफ सवाल गरेपछि सूचना मांगको निवेदनमा उनले तोक लगाएपछि दर्ता गराएको नेविसंघ कालिकामाईका सचिव आकाश चौरसियाले बताए ।

चार वटा सूचना उपलब्ध गराउन पनि सूचना अधिकारीले १५ दिनको समय दिएको उनले जानकारी गराए । उनले भने, ‘‘विभिन्न किसिमको सूचना मांग गर्न हामी १० बजे गाउँपालिका कार्यालय पुगेका थियौं । सो समय कार्यालय सहयोगी बाहेक कुनै कर्मचारी नै थिएन् । घण्टौसम्म कर्मचारी कुरेर कार्यालयमै बसी प्रतिक्षा गर्दा झण्डै २ ढिलो अर्थात १२ बजेतिर केही कर्मचारीहरु मात्रै आएका थिए ।’’

सूचनाको निवेदन सूचना अधिकारी लिन नमानेपछि प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहलाई फोन गर्दा उनले पनि गैर जिम्मेवारपूर्व जवाफ दिएको विधार्थीहरुले गुनासो गरे । ३ दिनदेखी प्रमुख प्रशासकीय अधिकृत साह कार्यालय नआएको उनीहरुले बताए ।