Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा ब्यापक अनियमितता भइरहेकाे प्रमाण फेला, सम्बन्धित निकाय बेखबर

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका संचालन प्रक्रियामा चरम अनियमितता भएकाे प्रमाण फेला परेकाे छ ।

गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेकाे गुनासाे बढेपछि गाउँ कार्यपालिकाकाे कार्यालय हरिहरपुर विर्ता पुगेकाे संचारकर्मीहरुलाई आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेकाे बिकास निर्माण सम्बन्धि कुनै कागजात नरहेकाे कर्मचारीहरुले वताए । कार्यालयमा रहेकाे दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाेडेर दर्ता चलानी गरिएकाे फेला परेकाे हाे ।

गाउँपालिकाकाे दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गते सम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिए पनि त्यसपछि दर्ता नं. ११२२ दर्ता नगरी खालि ठाउँ राखिएकाे छ । त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएकाे हाजिर गायब सम्बन्धि पत्र दर्ता गरिएकाे छ ।

त्यसपछि फेरी मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धि पत्र दर्ता गरिएकाे छ । तर फेरी  दर्ता नं. ११२५ र दर्ता ११२६ काे ठाउँ खालि राखेर अक्राे दर्ता गरिएकाे छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धि पत्र दर्ता गरिएकाेे छ । त्यसकाे बिचमा पनि केही दर्ता नं. काे खालि ठाउँ राखिएकाेले ब्यापक अनियमितता भएकाे प्रष्ट हुन्छ ।

किन दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएकाे हाे भने बारे साेध्दा कार्यालयमा भेटिएकाे कर्मचारीले जवाफ दिन सकेन । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फाेनमा बुझ्न पटक पटक फाेन गर्दा पनि फाेन उठेन । 

आर्थिक मसान्तकाे अन्तिम अन्तिमा आएर अनियमितता र पुरानाे मितिमा दर्ता गर्न प्रयाेजनकाे लागि दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएकाे गाउँपालिका कै क्रमचारी स्राेतले जनाएकाे छ । यस्ताे नियम विपरित धेरै काम हुने गरेकाे ति कर्मचारीकाे भनाई छ ।

यस्तै, गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदकाे सूचना गाउँपालिका वेभसाइटमा पनि राखिएकाे छैन् भने गाउँपालिका कार्यालयमा पनि नरहेकाेे सूचना अधिकारी अमित चाैरसियाले वताए । 

गाउँपालिकामा बढ्दै गएकाे अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनकाे लागि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेकाे स्थानियहरुले गुनासाे रहेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...