Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

हिन्दु स्वयम् सेवक संघको जिल्ला योजना बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । हिन्दु स्वयम् सेवक संघ नेपाल पर्साको जिल्ला योजना बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । संघका पर्सा जिल्ला संघचालक ललन द्विवेद्वीको अध्यक्षतामा भएको बैठकको राष्ट्रिय प्रचारक बेद प्रकाश जीले दिप प्रजलन गरि उद्घाटन गरेका थिए ।

वीरगंजको आदर्शनगरस्थित पशुपति शिक्षा मन्दिरमा भएको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय प्रचारक बेद प्रकाशले निःस्वार्थ भावले काम गर्ने संस्था संघ भएको बताए । उनले भने, ‘‘व्यक्तिको साथसाथै समाजको पनि चिन्तन गर्नु पर्छ । संघका शाखा उर्जाका केन्द्र हुन । संघमा राम्रो व्यक्तिलाई जोड्नु पर्छ ।’’ समाजलाई जोड्न शाखा लगाउनु पर्नेमा राष्ट्रिय प्रचारक बेद प्रकाशको जोड थियो ।

संघका विभाग संघचालक अशोक बैधले अझै बढि सक्रिय भएर स्वमसेवक संघलाई काम गर्न आग्रह गरे । उनले एक आपसमा संगठित भएर आफ्नो उदेश्य परिपूर्तिको लागि अघि बढ्नु पर्ने धारणा राखे ।

बैठकमा पर्साको विभिन्न पालिकामा संघको संगठन विस्तार गर्न छलफल भएको थियो भने जिम्मेवारी समेत बाँडफाँड भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...