Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

हिन्दु स्वयम् सेवक संघको जिल्ला योजना बैठक सम्पन्न

वीरगंज । हिन्दु स्वयम् सेवक संघ नेपाल पर्साको जिल्ला योजना बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । संघका पर्सा जिल्ला संघचालक ललन द्विवेद्वीको अध्यक्षतामा भएको बैठकको राष्ट्रिय प्रचारक बेद प्रकाश जीले दिप प्रजलन गरि उद्घाटन गरेका थिए ।

- Advertisement -

वीरगंजको आदर्शनगरस्थित पशुपति शिक्षा मन्दिरमा भएको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय प्रचारक बेद प्रकाशले निःस्वार्थ भावले काम गर्ने संस्था संघ भएको बताए । उनले भने, ‘‘व्यक्तिको साथसाथै समाजको पनि चिन्तन गर्नु पर्छ । संघका शाखा उर्जाका केन्द्र हुन । संघमा राम्रो व्यक्तिलाई जोड्नु पर्छ ।’’ समाजलाई जोड्न शाखा लगाउनु पर्नेमा राष्ट्रिय प्रचारक बेद प्रकाशको जोड थियो ।

संघका विभाग संघचालक अशोक बैधले अझै बढि सक्रिय भएर स्वमसेवक संघलाई काम गर्न आग्रह गरे । उनले एक आपसमा संगठित भएर आफ्नो उदेश्य परिपूर्तिको लागि अघि बढ्नु पर्ने धारणा राखे ।

बैठकमा पर्साको विभिन्न पालिकामा संघको संगठन विस्तार गर्न छलफल भएको थियो भने जिम्मेवारी समेत बाँडफाँड भएको थियो ।

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...