Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पकहा मैनपुरमा ४ महिलासहित एक सय जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज । सचेत युवा समाज पकाहा मैनपुरको आयोजनामा शनिबार पकहा मैनपुर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्रीराम चरित्र भगत मा.वि. पकहा मैनपुरमा भएको कार्यक्रममा ४ महिलासहित एक सय जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताए ।

सचेत युवा समाजको अध्यक्ष अनिल कुशवाहाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य प्रह्लाद गिरीले गरेका थिए । कार्यक्रममा अनिल कुशवाहा, राधेश्याम कुशवाहा, घनश्याम कुशवाहा, सुनिता देवी कुशवाहा, सविता बर्णवाल, सिता मण्डल, सरिता बर्णवाल, धनजय गुप्ता, जितेन्द्र साह, राजाबाबु मेहता, बनु सहनी, मोहनलाल चौहान, शिवजी ठाकुर लगायतकाले रक्तदान गरेका थिए ।
.

पकहा मैनपुर गाउँपालिकाको सहयोग र रक्त सञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, उपाध्यक्ष कुसमी देवी,वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, भोलेन्टियर समुह पर्साका अध्यक्ष तथा युवा समाजसेवी राजन श्रीवास्तव, नेपाल हेल्थ सेवाका संगम पंडित, युवा वचन संस्थाका पर्सा संयोजक किशन सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सेवाको सह–आयोजनामा कार्यक्रम भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...