Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

पकहा मैनपुरमा ४ महिलासहित एक सय जनाले गरे रक्तदान

वीरगंज । सचेत युवा समाज पकाहा मैनपुरको आयोजनामा शनिबार पकहा मैनपुर गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्रीराम चरित्र भगत मा.वि. पकहा मैनपुरमा भएको कार्यक्रममा ४ महिलासहित एक सय जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताए ।

- Advertisement -

सचेत युवा समाजको अध्यक्ष अनिल कुशवाहाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य प्रह्लाद गिरीले गरेका थिए । कार्यक्रममा अनिल कुशवाहा, राधेश्याम कुशवाहा, घनश्याम कुशवाहा, सुनिता देवी कुशवाहा, सविता बर्णवाल, सिता मण्डल, सरिता बर्णवाल, धनजय गुप्ता, जितेन्द्र साह, राजाबाबु मेहता, बनु सहनी, मोहनलाल चौहान, शिवजी ठाकुर लगायतकाले रक्तदान गरेका थिए ।
.

पकहा मैनपुर गाउँपालिकाको सहयोग र रक्त सञ्चार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, उपाध्यक्ष कुसमी देवी,वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, भोलेन्टियर समुह पर्साका अध्यक्ष तथा युवा समाजसेवी राजन श्रीवास्तव, नेपाल हेल्थ सेवाका संगम पंडित, युवा वचन संस्थाका पर्सा संयोजक किशन सर्राफ लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सेवाको सह–आयोजनामा कार्यक्रम भएको थियो ।

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...