वीरगंज । नेपाली कांग्रेस निकट नेपाल विधार्थी (नेबि) संघ कालिकामाई गाउँपालिका कार्य समितिले कालिकामाई गाउँपालिकासंग सूचना मांग गरेको छ ।

नेविसंघसंग आबद्ध बिधार्थीहरुले बिहीबार गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्तामा पुगी चार बुंदे सूचना माग गरेक हुन । नेवि संघ कालिकामाईका अध्यक्ष राजेश कुशवाहाको नेतृत्वमा पुगेका विधार्थीहरुले सूचना अधिकारी अमित चौरसियालाई सूचना मांगको निवेदन दिदाँ सुरुमा उनले लिनै मानेका थिएनन् । पछि आफुहरुले जवाफ सवाल गरेपछि सूचना मांगको निवेदनमा उनले तोक लगाएपछि दर्ता गराएको नेविसंघ कालिकामाईका सचिव आकाश चौरसियाले बताए ।
चार वटा सूचना उपलब्ध गराउन पनि सूचना अधिकारीले १५ दिनको समय दिएको उनले जानकारी गराए । उनले भने, ‘‘विभिन्न किसिमको सूचना मांग गर्न हामी १० बजे गाउँपालिका कार्यालय पुगेका थियौं । सो समय कार्यालय सहयोगी बाहेक कुनै कर्मचारी नै थिएन् । घण्टौसम्म कर्मचारी कुरेर कार्यालयमै बसी प्रतिक्षा गर्दा झण्डै २ ढिलो अर्थात १२ बजेतिर केही कर्मचारीहरु मात्रै आएका थिए ।’’
सूचनाको निवेदन सूचना अधिकारी लिन नमानेपछि प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहलाई फोन गर्दा उनले पनि गैर जिम्मेवारपूर्व जवाफ दिएको विधार्थीहरुले गुनासो गरे । ३ दिनदेखी प्रमुख प्रशासकीय अधिकृत साह कार्यालय नआएको उनीहरुले बताए ।


