Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

नेवि संघद्वारा कालिकामाईसंग सूचना माग

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस निकट नेपाल विधार्थी (नेबि) संघ कालिकामाई गाउँपालिका कार्य समितिले कालिकामाई गाउँपालिकासंग सूचना मांग गरेको छ ।

नेविसंघसंग आबद्ध बिधार्थीहरुले बिहीबार गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्तामा पुगी चार बुंदे सूचना माग गरेक हुन । नेवि संघ कालिकामाईका अध्यक्ष राजेश कुशवाहाको नेतृत्वमा पुगेका विधार्थीहरुले सूचना अधिकारी अमित चौरसियालाई सूचना मांगको निवेदन दिदाँ सुरुमा उनले लिनै मानेका थिएनन् । पछि आफुहरुले जवाफ सवाल गरेपछि सूचना मांगको निवेदनमा उनले तोक लगाएपछि दर्ता गराएको नेविसंघ कालिकामाईका सचिव आकाश चौरसियाले बताए ।

चार वटा सूचना उपलब्ध गराउन पनि सूचना अधिकारीले १५ दिनको समय दिएको उनले जानकारी गराए । उनले भने, ‘‘विभिन्न किसिमको सूचना मांग गर्न हामी १० बजे गाउँपालिका कार्यालय पुगेका थियौं । सो समय कार्यालय सहयोगी बाहेक कुनै कर्मचारी नै थिएन् । घण्टौसम्म कर्मचारी कुरेर कार्यालयमै बसी प्रतिक्षा गर्दा झण्डै २ ढिलो अर्थात १२ बजेतिर केही कर्मचारीहरु मात्रै आएका थिए ।’’

सूचनाको निवेदन सूचना अधिकारी लिन नमानेपछि प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहलाई फोन गर्दा उनले पनि गैर जिम्मेवारपूर्व जवाफ दिएको विधार्थीहरुले गुनासो गरे । ३ दिनदेखी प्रमुख प्रशासकीय अधिकृत साह कार्यालय नआएको उनीहरुले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...