Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

युवा संघ बारा र पर्साले सिन्धुपाल्चोककाे बाढि पीडितकाे लागि राहत पठायाे

spot_img
spot_img

वीरगंज । नेकपा एमाले (माधव-झलनाथ) पक्ष निकट युवा संघ बारा र पर्साले संयुक्त रुपमा शनिबार सिन्धुपाल्चोककाे बाढि पीडितकाे लागि राहत पठाएकाे छ ।

अविरल बर्षाको कारण सिन्धुपाल्चोकमा भएका बाढी पीडितहरुको लागी २०० बोरा चामल, चाउचाउ, बिस्कुट र औषधि सामाग्री पठाइएको युवा संघका केन्द्रिय सचिव अरुण यादवले वताए ।

उक्त राहत समाग्री युवा संघ बारा र पर्सा पदाधिकारी र केही समाज सेवीहरुकाे सहयोगमा संकलन गरी पठाइएकाे उनले जानकारी दिए ।

राहत पठाउने कार्यमा युवा संघका केन्द्रिय सचिवालय सदस्य अनिल पटेल, युवा संघका पर्साका अध्यक्ष भुपेन्द्र साह, बाराका अध्यक्ष राम यादव, कलैया उप महानगरपालिकाका अध्यक्ष ओम साह, संजू चौधरी, आलमगिर अंसारी, रबी गुप्ता लगायतकाले सहयाेग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...