Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

साउथका व्यापारीको प्रेममा ज्याकलिन

spot_img
spot_img

बलिउड नायिका ज्याकलिन फर्नान्डेजको नाम नायक सलमान खानसँग बेला–बेलामा जोडिने गरेको छ । गतबर्षको लकडाउनमा सलमानको फार्म हाउसमा नै ज्याकलिनले समय बिताएकी थिइन् । सलमानसँग नाम जोडिएपनि उनीहरु प्रेममा रहेको खबर पुष्टी भनेको हुन सकेको थिएन ।

यसैविच, नायिका फर्नान्डेज साउथका एक व्यापारीको प्रेममा रहेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ज्याकलिन चाडै नै आफ्ना प्रेमीसँग मुम्बईमा एकसाथ बस्ने तयारीमा समेत छिन् । मिडिया रिपोर्टका अनुसार, ज्याकलिनले केही महिनादेखि जुहु इलाकामा घर खोजिरहेकी थिइन् । अब, उनले घर पाएकी छिन् र अहिले यसको सज्जावटको काम चलिरहेको छ । मिडिया रिपोर्टका अनुसार, ज्याकलिन आफ्ना प्रेमीको साथमा भिडियोको माध्यमबाट कुराकानी गरिरहन्छिन् ।

साउथका व्यापारीको नाम भने सार्वजनिक भएको छैन । तर, श्रीलंकाकी यी सुन्दरी प्रेममा निकै नै गम्भिर रहेको पनि बताइएको छ । घरको आन्तरिक डिजाइनका लागि फ्रान्सको एक चर्चित कम्पनीलाई जिम्मा दिइएको मिडियामा उल्लेख छ । ज्याकलिनले अभिनय गरेको ‘पानी पानी’ बोलको गीत पछिल्लो समय निकै हिट छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...