वीरगंग । प्रदेश सरकार मातहतका जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डा. रमेश मिश्रले ऐन कानूनलाईलाई धज्जी उडाउँदै आफनो पत्नीलाई जागिर लगाएका छन् ।

उक्त कार्यालयले २०७७ असोज २७ गते विज्ञापन नं. १–२०७७/०७८ वैद्य (चौथौं तह), विज्ञापन नं. २–२०७७/०७८ ( श्रेणी विहीन) सहयोगी र विज्ञापन नं. २–२०७७/०७८ ( श्रेणीविहीन) अभ्यङकर्ताको लागि विज्ञापन प्रकाशित गरेको थियो ।
उक्त विज्ञापन तेस्रो विज्ञापनका लागि २०७७ पुुष २० गते लिइएको अन्तवार्ताको पुष २२ गते प्रकाशित नतिजामा अभ्यङकर्ता पदमा सफल उम्मेदबार लक्ष्मी झा र वैकल्पिक उम्मेदबारमा सोनी कुमारी पासवानको नाम प्रकाशित गरेको थियो ।
अभ्यङकर्तामा सफल उम्मेदबार लक्ष्मी झाले २०७७ चैत्र ६ गतेको नियुक्ती वुुझन आउनेबारे प्रकाशित सूचना अनुसार नियुक्ती बुझि लगेको तर नियुुक्ती भएको मितिदेखी अहिलेसम्म हाजीर भएको छैन ।
कार्यालय प्रमुख झाले कार्यालय सहयोगी तथा अभ्यकर्ता पदमामा नाम निकालेका उम्मेदबार काम गर्न नआएपछि वैकल्पिक उम्मेदबारलाई नियुक्त गर्नुपर्नेमा सो नगरी उक्त पदमा पैसाको चलखेल गरि भर्ना गर्न खोजेको आरोप लागेको अभ्यङकर्ताका वैकल्पिक उम्मेदबार सोनी कुुमारीले जिल्ला प्रशासन कार्यालयमा २०७७ पुुष २४ गते लिखीत उजुरी दिएकी छिन् ।
नियम अनुसार ३५ दिनमा हाजिर नभएकोले स्वत: पद रिक्त हुन आएकोले निजले नियुक्ती लिएको ३५ दिनपछि वैकल्पिक उम्मेदबार कार्यालयमा उपस्थित हुदाँ समेत कार्यालय प्रमुख मिश्राले नियुक्ति पत्र नदिएको र आलटाल गरिरहेकाे वैकल्पिक उम्मेदवार पासवानले वताइन ।
उनले कार्यालय प्रमुखलाई अभ्यङकर्ता पदमा नियुुक्ति लिएकी लक्ष्मी झाले नियुक्ती लिएको २०७७ चैत्र ११ गतेका दिन देखी २०७८ जेष्ठ ६ गते अर्थात ५५ दिन वितिसक्दा पनि उक्त पदमा नियम अनुसार वैकल्पिक उम्मेदबार मलाई नियुक्ती दिनु पर्ने प्रावधान रहेकाे तर आफू दलित समुदाय भएकाेले कार्यालय प्रमुख मिश्रले हेप्ने काम गरेको बताइन ।
उनले भनिन,‘ मैले जिल्ला प्रशासनदेखी अख्तियार र समाजिक विकास मन्त्रालयसम्म उजुरी गरे तर कार्यालय प्रमुख मिश्रलाई राजनीतिक पहुुँचका अधारमा अहिलेसम्म कत्तैबाट कार्यावाही भएको छैन, नत मेरो नियुक्ती ।’
कार्यालय प्रमुख मिश्रले वैद्य पदको ३ सिटमध्ये पहिलो अन्तरवार्तामा आफै पदपुुर्ति समितिको संयोजक भई पत्नी शालनी मिश्र र आफनै नजिकका नातेदार नवनितकुमार झाको नाम सफल उम्मेदबारमा प्रकाशित गरेका थिए ।
उक्त पदका लागि २२ जनाले आवेदन दिएकाहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यालय प्रमुख मिश्रले पदको दुुरुपयोग गरि पत्नीको नाम प्रकाशित गरि अख्तियार दुरुपयोग गरेको भन्दै उम्मेदबारमध्येका मुकेश यादबले उजुरी गरेका छन् । उक्त उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयले २०७७ फागुन ११ गतेको च.न. ११३४को पत्र आफै संयोजक भई पत्नीलाई करारमा वैद्य पदमा दिएको नियुक्ती समेत सम्मपूर्ण वैद्यको विज्ञापन नं. ०१–२०७७/०७८ को नतिजा बदर गरेको थियाे ।
जिप्रकाले नियुुक्ती बदर गर्दै आयुुर्वेद कार्यालयलाई परिक्षा तीन शर्त बमोजिम लिन उक्त पत्रमा उल्लेख गरेको थियो । जसको पहिलो बुुँदामा पदपुर्ति समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बस्नुुपर्ने उल्लेख थियो । दोस्रो बुुदाँमा योग्यता मापन हुने खालको परीक्षा प्रणाली अवलम्बन गर्नु पर्नेमा उल्लेख थियो । तर जिल्ला आयुर्वेदको २०७७ चैत्र २६ को वैधको पुन: अन्तवार्ताको सूचनामा अन्तरवार्ता मात्र लिएको र त्यसमा जिप्रकाको प्रतिनिधिलाई सहभागी गराइएको थिएन ।
त्यस्तै परिक्षार्थीरुलाई सक्कल प्रमाण पत्र मात्र माग गरिएको थियो । जुन योग्यता मापन हुने खालकाको परीक्षा नभई जिप्रकाले खारेज गरेको पहिले कै अवस्था हो । उक्त वैद्यको परिक्षार्थी १४ जनामा धेरै जसोलाई पुन: अन्तरवार्तामा सूूचना समेत नदिएको र अन्तरवार्ता चैत्र २६ गतेका दिन ११ बजे जम्मा ५ जना उपस्थित भएकोमा साँझ ३ बजे बहुमत संख्या नै नपुुगेको जम्मा ५ जनाको अन्तरवार्ता लिई पहिलोकै तीन जनालाई पुन नाम तलमाथि गरि नतिजा प्रकाशन गरेकोले छानविन गर्न निवेदन दिएको छ ।
२०७७ भदौं २९ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता गर्ने कार्यालय प्रमुख डा. रमेश मिश्रलाई आवश्यक छानविन गरी कारवाहीगर्न माग गर्दै स्थानीयले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षन गराएका थिए ।
डा. रमेश मिश्राले पर्सा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुखको जिम्मेबारी लिए पछि स्थानिय अगुवा तथा समाजिक संस्थाकाे पदाधिकारीहरुको पहल पश्चात आयुर्बेद स्वास्थ्य केन्द्र व्यवस्थापन चुस्त दुरुस्त बनाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती गठन गरिएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मिश्राले स्थानिय वडाबासी भएकै कारण अस्पताल ब्यवस्थापनमा मनोमानी गर्दै आएका छन । अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रकिृया मिचेर अनियमितता हुने गरेको र कार्यालय प्रमुख आफु बिरामी भएको बहानागरी घर बसि बसि जोखिम भत्ता समेत बुझ्दै विभिन्न अनियमितता गर्दै आएका छन् ।
कर्मचारीहरु नियमित कार्यालय आउदैनन् आएपनि एकैपटक एक महिनाको हाजिरी गरी तलब बुझ्ने गरेकाे ज्ञापन पत्रमा उल्लेख थियो ।
स्वास्थ्य केन्द्रमा विगत ६/७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना महिला कार्यालय सहायकको नियुक्ति नविकरण नगरी सोर्स–फोर्सको आधारमा राजनितिक व्यक्तिको आडमा थप दुई जना कर्मचारी राखेको र ति कर्मचारीबाट रकम असुल गरी पदको दसरुपयोग गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समितीको ठहर रहेको छ । यद्पी कार्यालय प्रमुख राजनितिक पहुंचका कारण कारवाहीबाट उम्कदै आएका छन् ।


