[real3dflipbook id=”176″]
मेयर सरावगीद्वारा सडक ढलान र नाला निर्माणको शिलान्यास
वीरगंज । वीरगंज माहानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन् ।
नगरस्तरीय बजेटबाट वडा नम्बर ११ श्रीपुर मा निर्माण हुन लागेको ढलान सडक र नालाको शनिबार नगर प्रमुख सरावगीले शिलान्यास गरेका हुन् ।
सडक ढलान तथा नाला निर्माणको शिलान्यास गर्दै नगर प्रमुख सरावगीले बर्सौदेखि जीर्ण अवस्थामा रहेको त्यस क्षेत्रमा सडक र नाला निर्माणपछि आवत जावतमा सहज हुने बताए । उनले ढलनाला निर्माणपछि पानीको पनि उचित निकास भई डुबानको समस्याबाट मुक्त हुने बताए ।
वडा नम्बर ११ का वडाध्यक्ष प्रधुमन सेढाँईको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेस यादव, सचिव तबरेज अहमद लगायतको उपस्थिति रहेको थियो ।
वीरगंज सिटी मार्केटमा ५३ जनाद्वारा रक्तदान
वीरगंज । वीरगंज सिटि मार्केटकाे आयाेजना शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज सिटी मार्केट अगाडी भएकाे कार्यक्रममा ५३ जनाले रक्तदान गरेकाे विक्की सर्राफले जानकारी दिए ।
कार्यक्रममा जयप्रकाश पटेल, विक्की सर्राफ, कलाम मन्सुरी, सदाम खान, सगिर अलि, मोहित गुप्ता, सोनु गुप्ता, महेश पटेल, राहुल जयसवाल, उमेश गुप्ता, अन्कित गुप्ता, बालकृष्ण चौधरी, अर्जुन गुप्ता, प्रधुमन गुप्ता लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।
करन रौनियार र बिक्की सराफको संयाेजनमा भएको रक्तदान कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, वाइसीएलका केन्द्रिय सदस्य ओम प्रकाश गुप्ता, नेवि संघ ठा.र.ब. क्याम्पसका सभापति मनोज कुमार साह, भोलेन्टिएर समूह वीरगंजका संयोजक राजन श्रीवास्तव, युवा वचन संस्था पर्साका अध्यक्ष किसु सर्राफ लगायतको सहभागीता रहेको थियो ।
रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।
नेकपा (एकिकृत समाजवादी) पर्सा जिल्ला कमिटीकाे सपथ ग्रहण
वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पर्सा जिल्ला कमिटीकाे सपथ ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । बालगोपाल थापाको अध्यक्षतामा गठित १७५ सदस्यीय जिल्ला कमिटीकाे सपत ग्रहण कार्यक्रम सम्पन्न भएकाे हाे ।
सपथ ग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा (एकिकृत सामाजवादी) प्रदेश नं. २ का अध्यक्ष रामचन्द्र यादवले ओली समूह बाटो विराएर बिसर्जनकाे बाटोमा गएको वताए । उनले कम्युनिष्ट आन्दोलनलाई उच्च बिन्दुमा पु¥याउन सबै नेता, कार्यकर्ताहरुलाई पार्टीमा लाग्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले नेकपा एकिकृत समाजवादी सत्य र सहि लाइन भएको दाबी गरे ।
त्यसैगरी, जिल्ला अध्यक्ष बालगोपाल थापाले कालोलाई कालो भन्न नसक्ने तथा सत्यको पक्षमा उभिन नसक्ने कम्युनिष्ट हुनै नसक्ने वताए । उनले त्यस्ता व्यक्तिहरु दक्षिणपन्ती तथा अवसरवादी भएको टिप्पणी गरेका थिए ।
कार्यक्रममा १ सय ७५ जना जिल्ला कमिटी सदस्य मध्ये उपस्थित १ सय ३८ जनाले पद तथा गोप्यनिताको सपथ ग्रहण गरेका थिए । बाकी ३७ जनाले पछि सपथ ग्रहण गराइने जनाइएकाे छ ।
सपथ ग्रहण कार्यक्रमपछि बसेकाे जिल्ला कमिटीकाे बैठकले २५ सदस्य जिल्ला सचिवालय कमिटि गठन गरेकाे छ । पार्टीकाे गतिविधि संचालन गर्न सहज हुने उद्देश्यले गठित सचिवालय समितिमा जिल्ला अध्यक्ष बालगाेपाल थापा, जिल्ला सचिव बिक्रम चाैरसिया, जिल्ला सदस्य प्रभुनाथ प्रसाद कुर्मी, बृज प्रसाद यादव, मनाेज चाैधरी, अरुणा यादव, राघव साह, बृजलाल पासवान, मंजुर आलम, राजेन्द्र चाैधरी, याेग कुमारी तामाङ्ग, रेविन्द्र कार्की, लक्ष्मी श्रेष्ठ कुशवाहा, शान्ति देवी महर्जन, सरस्वती भट्टराई, माेहन यादव, गंगाधर महताे, श्रृलाल साह, पटवारी बैठा लगायतका रहेका छन् ।
यस्तै बैठकले युवा फाट प्रमुख अनिल पटेललाई, समजबादी प्रेस संगठन प्रमुख राघव साहलाई, निजमती कर्मचारी प्रमुख सुबेदार यादवलाई, पेसागत प्रमुख संतोष सिंहलाई, मुक्ति समाज प्रमुख बृजलाल पासवानलाई, किसान संघ प्रमुख ध्रूव कुर्मीलाई, बुद्धिजीबी प्रमुख रघुनाथ चौरसियालाई र महिला प्रमुख याेग माया तामाङलाई जिम्मेवारी दिएकाे छ ।
यी भातृ संगठनहरुकाे जिल्ला कमिटी एक सत्ता भित्र बिस्तार गर्न पनि बैठकमा जिल्ला अध्यक्ष थापाले निर्देशन दिए ।
वीरगंजकाे बसपार्कस्थित सोलटी पार्टी प्यालेस होटलमा भएको कार्यक्रममा पूर्व मन्त्री एवम् पार्टीका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, पर्सा जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य रामचन्द्र साह, केन्द्रिय सदस्य डा. पुष्पा कर्ण, प्रदेश सदस्य चिरंजिवी आचार्य, किरोशी कुशवाहा, योगेन्द्र यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य जिल्ला सदस्य प्रभुनाथ प्रसाद कुर्मीले राखेकाे कार्यक्रमको संचालन जिल्ला सचिव बिक्रम चौरसियाले गरेका थिए ।
मुडलीमा छात्राहरुलाई साइकल वितरण
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मा रहेकाे श्री जनता मावि मुडलीका छात्राहरुलाई शनिबार एक कार्यक्रमकाे बिच साइकल वितरण गरिएकाे छ ।
प्रदेश नं. २ सरकारकाे “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम अन्तर्गत कक्षा ९ मा अध्ययनरत ६३ जना छात्राहरुलाई साइकल वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक राजेश तिवारीले जानकारी दिए ।
वडाध्यक्ष राजमशिष यादवकाे अध्यक्षतमा भएकाे साइकल वितरण कार्यक्रममा नेपाली कांग्रेसका अजय पटेल, छठु साह, नेजामुदिन मियाँ, एमालेका शर्मा कुशवाहा, जसपाका रामानन्द कुशवाहा, हरिन्द्र चाैरसिया, गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुर, वडा सदस्य जगदिश साह, अभिभावक प्रभु साह, सुरेन्द्र कुशवाहा लगायतकाे उपस्थिथी रहेकाे थियाे ।
यस्तै, कालिकामाई गाउँपालिकाकाे वडा नं. २ मा रहेकाे श्री सुकई साह माध्यमिक विद्यालयमा पनि साइकल वितरण गरिएकाे छ ।
प्रदेश नं. २ सरकारकाे “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत ६० जना छात्राहरुलाई साइकल वितरण गरिएकाे विद्यालयले जनाएकाे छ ।
किर्ते मुद्दाका फरार प्रतिवादी मिश्र पक्राउ
वीरगंज । पर्सा प्रहरीले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीबाट खटिएकाे प्रहरी टाेलीले पर्सागढी नगरपालिकाकाे वडा नं.५ बस्ने वर्ष ४८ को मदन मिश्रलाई पक्राउ गरेकाे हाे ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामकाजी थापाकाे कमान्डमा खटिएकाे प्रहरीले पर्सा जिल्ला अदालतको लागत नम्बर १५५८ मिति २०७५।०५।१५ गतेको फैसलाले एक करोड पच्चीस लाख जरीवाना तोकीएको मिश्रलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
बिहिबार पक्राउ गरिएकाे मिश्रलाई शुक्रबार पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
जीतपुरकाे विद्यालयमा खेलकुद समाग्री वितरण
जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ काे सामुदाययिक र मदरसा विधालयका विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरिएकाे छ ।
वडा कार्यालयबाट श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालय तथा ईस्लामिया मदरसा विधालयमा खेलकुद सामाग्री वितरण गरेकाे वडाध्यक्ष रामबाबु कलवारले वताए । श्री फकिरा गिरी, राजेश्वर गिरी माध्यमिक विद्यालयमा विहीबार खेलकुद समाग्री वितरण गरिएको थियो भने शुक्रबार ईस्लामिया मदरसा विद्यालय खेलकुद सामग्री वितरण गरिएको वडाध्यक्ष कलवारले वताए ।
वडा नं. ७ कार्यालयद्वारा छुटयाइएका २ लाख ५० हजार बजेटबाट खेलकुद समाग्री वितरण गरिएको वडाध्यक्ष कलवारले जानकारी दिए । विधार्थीको शारीरिक विकासका लागि विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरिएको उनले वताए ।
खेलकुद प्रति विधार्थीीहरुलाई आकर्षित गर्न सकियो भने बालबालिकाहरु स्वस्थ्य हुने, आँखाको ज्योती वढने वडाध्यक्ष कलवारले बताए ।
ईस्लामिया मदरसा विद्यालयमा आयोजित कार्यक्रममा समाजसेवी राजेश गिरी, मुनी यादव, किशोरी साह तेली लगायतका विद्यार्थी तथा स्थानियहरुको सहभागीता रहेको थियो ।
पर्सा र बाराकाे विभिन्न स्थानमा गणेश चतुर्थी धुमधामका साथ मनाइँदै
बारा । पर्सा र बाराकाे बिभिन्न स्थानमा हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ गणेश चतुर्थी मनाउन थालेका छन् । शुक्रबारदेखि ५ दिन सम्म श्री गणवेश भगवानको पुजा आयोजना गरी गणेश चतुर्थी मनाउन थालिएकाे हाे ।
जीतपुर तथा विरगंजको घडिअर्वामा शुक्रबार विहान शोभा यात्रा भब्य रुपमा निकालीएकाे थियाे । गणेश चतुर्थीकाे पहिलो दिन अर्थात शुक्रबार बिहानै जीतपुरकाे पुजा स्थलबाट निकालिएको शोभा यात्रा जीतपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं. ७ जीतपुरका मुख्य सडक हुँदै पहाडी टोल, पाडाबाजार, केराढोका, टेढारोड लगायत बिभिन्न स्थानहरुको परिक्रमा गरेकाे थियो ।
देशमा शान्ति सुरक्षा कायम होस् भन्दै जीतपुरको गौशालाको फिल्डमा ५ दिन सम्मका लागि आयोजना गरिएको जीतपुर पुजा समितिका अध्यक्ष श्रीराम साह कानुले वताए ।
घोडा दौड, बाजागाजाका साथ निकालिएकाे शाेभा यात्रामा सयाैं भक्तजनहरुकाे सहभागिता रहेकाे थियाे ।
यस्तै, विरगंजमा घडिअर्वा पाेखरीस्थित पुजा स्थलबाट निस्केकाे शाेभा यात्रा वीरगंज बजारकाे परिक्रममा गरि पुनः पुजा स्थलमा पुगी सम्पन्न भएकाे थियाे ।
सोभा यात्रामा बिभिन्न राजनितिक दलका व्यक्तिहरु, समाजसेवाी, स्कुलका छात्र–छात्राहरु, बिभिन्न क्लबका पदाधीकारीहरु, श्रद्धालु भक्तजनहरु लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।
गणेश चतुर्थी पुजाको मुख्य आकर्षणको रुपमा श्री गणेश भगवानलाई भोग चढाइँने दूई सय ६५ किलोको लडडु रहेकाे छ । पुजास्थलमा प्रत्येक दिनहुने सांस्कृतिक कार्यक्रममा बिभिन्न स्थानका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने पुजा समितिका अध्यक्ष कानुले बताए ।












