Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

जीतपुरकाे विद्यालयमा खेलकुद समाग्री वितरण

spot_img
spot_img

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ काे सामुदाययिक र मदरसा विधालयका विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरिएकाे छ ।

वडा कार्यालयबाट श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालय तथा ईस्लामिया मदरसा विधालयमा खेलकुद सामाग्री वितरण गरेकाे वडाध्यक्ष रामबाबु कलवारले वताए । श्री फकिरा गिरी, राजेश्वर गिरी माध्यमिक विद्यालयमा विहीबार खेलकुद समाग्री वितरण गरिएको थियो भने शुक्रबार ईस्लामिया मदरसा विद्यालय खेलकुद सामग्री वितरण गरिएको वडाध्यक्ष कलवारले वताए ।

वडा नं. ७ कार्यालयद्वारा छुटयाइएका २ लाख ५० हजार बजेटबाट खेलकुद समाग्री वितरण गरिएको वडाध्यक्ष कलवारले जानकारी दिए । विधार्थीको शारीरिक विकासका लागि विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरिएको उनले वताए ।

खेलकुद प्रति विधार्थीीहरुलाई आकर्षित गर्न सकियो भने बालबालिकाहरु स्वस्थ्य हुने, आँखाको ज्योती वढने वडाध्यक्ष कलवारले बताए ।

ईस्लामिया मदरसा विद्यालयमा आयोजित कार्यक्रममा समाजसेवी राजेश गिरी, मुनी यादव, किशोरी साह तेली लगायतका विद्यार्थी तथा स्थानियहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...