Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

पर्सा र बाराकाे विभिन्न स्थानमा गणेश चतुर्थी धुमधामका साथ मनाइँदै

spot_img
spot_img

बारा ।  पर्सा र बाराकाे बिभिन्न स्थानमा हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ गणेश चतुर्थी मनाउन थालेका छन् । शुक्रबारदेखि ५ दिन सम्म श्री गणवेश भगवानको पुजा आयोजना गरी गणेश चतुर्थी मनाउन थालिएकाे हाे ।  

जीतपुर तथा विरगंजको घडिअर्वामा शुक्रबार विहान शोभा यात्रा भब्य रुपमा निकालीएकाे थियाे । गणेश चतुर्थीकाे पहिलो दिन अर्थात शुक्रबार बिहानै जीतपुरकाे पुजा स्थलबाट निकालिएको शोभा यात्रा जीतपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं. ७ जीतपुरका मुख्य सडक हुँदै पहाडी टोल, पाडाबाजार, केराढोका, टेढारोड लगायत बिभिन्न स्थानहरुको परिक्रमा गरेकाे थियो ।

देशमा शान्ति सुरक्षा कायम होस् भन्दै जीतपुरको गौशालाको फिल्डमा ५ दिन सम्मका लागि आयोजना गरिएको जीतपुर पुजा समितिका अध्यक्ष श्रीराम साह कानुले वताए ।

घोडा दौड, बाजागाजाका साथ निकालिएकाे शाेभा यात्रामा सयाैं भक्तजनहरुकाे सहभागिता रहेकाे थियाे ।

यस्तै, विरगंजमा घडिअर्वा पाेखरीस्थित पुजा स्थलबाट निस्केकाे शाेभा यात्रा  वीरगंज बजारकाे परिक्रममा गरि पुनः पुजा स्थलमा पुगी सम्पन्न भएकाे थियाे ।

सोभा यात्रामा बिभिन्न राजनितिक दलका व्यक्तिहरु, समाजसेवाी, स्कुलका छात्र–छात्राहरु, बिभिन्न क्लबका पदाधीकारीहरु, श्रद्धालु भक्तजनहरु लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

गणेश चतुर्थी पुजाको मुख्य आकर्षणको रुपमा श्री गणेश भगवानलाई भोग चढाइँने दूई सय ६५ किलोको लडडु रहेकाे छ । पुजास्थलमा प्रत्येक दिनहुने सांस्कृतिक कार्यक्रममा बिभिन्न स्थानका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने पुजा समितिका अध्यक्ष कानुले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...