Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

किर्ते मुद्दाका फरार प्रतिवादी मिश्र पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । 

इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीबाट खटिएकाे प्रहरी टाेलीले पर्सागढी नगरपालिकाकाे वडा नं.५ बस्ने वर्ष ४८ को मदन मिश्रलाई पक्राउ गरेकाे हाे । 

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामकाजी थापाकाे कमान्डमा खटिएकाे प्रहरीले पर्सा जिल्ला अदालतको लागत नम्बर १५५८ मिति २०७५।०५।१५ गतेको फैसलाले एक करोड पच्चीस लाख जरीवाना तोकीएको मिश्रलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिहिबार पक्राउ गरिएकाे मिश्रलाई शुक्रबार पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...