Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नेकपा (एकिकृत समाजवादी) पर्सा जिल्ला कमिटीकाे सपथ ग्रहण

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पर्सा जिल्ला कमिटीकाे सपथ ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । बालगोपाल थापाको अध्यक्षतामा गठित १७५ सदस्यीय जिल्ला कमिटीकाे सपत ग्रहण कार्यक्रम सम्पन्न भएकाे हाे ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै  नेकपा (एकिकृत सामाजवादी) प्रदेश नं. २ का अध्यक्ष रामचन्द्र यादवले ओली समूह बाटो विराएर बिसर्जनकाे बाटोमा गएको वताए । उनले कम्युनिष्ट आन्दोलनलाई उच्च बिन्दुमा पु¥याउन सबै नेता, कार्यकर्ताहरुलाई पार्टीमा लाग्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले नेकपा एकिकृत समाजवादी सत्य र सहि लाइन भएको दाबी गरे ।

त्यसैगरी, जिल्ला अध्यक्ष बालगोपाल थापाले कालोलाई कालो भन्न नसक्ने तथा सत्यको पक्षमा उभिन नसक्ने कम्युनिष्ट हुनै नसक्ने वताए । उनले त्यस्ता व्यक्तिहरु दक्षिणपन्ती तथा अवसरवादी भएको टिप्पणी गरेका थिए ।

कार्यक्रममा १ सय ७५ जना जिल्ला कमिटी सदस्य मध्ये उपस्थित १ सय ३८ जनाले पद तथा गोप्यनिताको सपथ ग्रहण गरेका थिए । बाकी ३७ जनाले पछि सपथ ग्रहण गराइने जनाइएकाे छ ।

सपथ ग्रहण कार्यक्रमपछि बसेकाे जिल्ला कमिटीकाे बैठकले २५ सदस्य जिल्ला सचिवालय कमिटि गठन गरेकाे छ । पार्टीकाे गतिविधि संचालन गर्न सहज हुने उद्देश्यले गठित सचिवालय समितिमा जिल्ला अध्यक्ष बालगाेपाल थापा, जिल्ला सचिव बिक्रम चाैरसिया, जिल्ला सदस्य प्रभुनाथ प्रसाद कुर्मी, बृज प्रसाद यादव, मनाेज चाैधरी, अरुणा यादव, राघव साह, बृजलाल पासवान, मंजुर आलम, राजेन्द्र चाैधरी, याेग कुमारी तामाङ्ग, रेविन्द्र कार्की, लक्ष्मी श्रेष्ठ कुशवाहा, शान्ति देवी महर्जन, सरस्वती भट्टराई, माेहन यादव, गंगाधर महताे, श्रृलाल साह, पटवारी बैठा लगायतका रहेका छन् ।

यस्तै बैठकले युवा फाट प्रमुख अनिल पटेललाई, समजबादी प्रेस संगठन प्रमुख राघव साहलाई, निजमती कर्मचारी प्रमुख सुबेदार यादवलाई, पेसागत प्रमुख संतोष सिंहलाई, मुक्ति समाज प्रमुख बृजलाल पासवानलाई, किसान संघ प्रमुख ध्रूव कुर्मीलाई, बुद्धिजीबी प्रमुख रघुनाथ चौरसियालाई र महिला प्रमुख याेग माया तामाङलाई जिम्मेवारी दिएकाे छ ।

यी भातृ संगठनहरुकाे जिल्ला कमिटी एक सत्ता भित्र बिस्तार गर्न पनि बैठकमा जिल्ला अध्यक्ष थापाले निर्देशन दिए । 

वीरगंजकाे बसपार्कस्थित सोलटी पार्टी प्यालेस होटलमा भएको कार्यक्रममा पूर्व मन्त्री एवम् पार्टीका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, पर्सा जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य रामचन्द्र साह, केन्द्रिय सदस्य डा. पुष्पा कर्ण, प्रदेश सदस्य चिरंजिवी आचार्य, किरोशी कुशवाहा, योगेन्द्र यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य जिल्ला सदस्य प्रभुनाथ प्रसाद कुर्मीले राखेकाे कार्यक्रमको संचालन जिल्ला सचिव बिक्रम चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...