Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

मुडलीमा छात्राहरुलाई साइकल वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मा रहेकाे श्री जनता मावि मुडलीका छात्राहरुलाई शनिबार एक कार्यक्रमकाे बिच साइकल वितरण गरिएकाे छ । 

प्रदेश नं. २ सरकारकाे “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम अन्तर्गत कक्षा ९ मा अध्ययनरत ६३ जना छात्राहरुलाई साइकल वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक राजेश तिवारीले जानकारी दिए ।

वडाध्यक्ष राजमशिष यादवकाे अध्यक्षतमा भएकाे साइकल वितरण कार्यक्रममा नेपाली कांग्रेसका अजय पटेल, छठु साह, नेजामुदिन मियाँ, एमालेका शर्मा कुशवाहा, जसपाका रामानन्द कुशवाहा, हरिन्द्र चाैरसिया, गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुर, वडा सदस्य जगदिश साह, अभिभावक प्रभु साह, सुरेन्द्र कुशवाहा लगायतकाे उपस्थिथी रहेकाे थियाे ।

यस्तै, कालिकामाई गाउँपालिकाकाे वडा नं. २ मा रहेकाे श्री सुकई साह माध्यमिक विद्यालयमा पनि साइकल वितरण गरिएकाे छ ।

प्रदेश नं. २ सरकारकाे “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत ६० जना छात्राहरुलाई साइकल वितरण गरिएकाे विद्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...