Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सरावगीद्वारा सडक ढलान र नाला निर्माणको शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज माहानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन् ।

नगरस्तरीय बजेटबाट वडा नम्बर ११ श्रीपुर मा निर्माण हुन लागेको ढलान सडक र नालाको शनिबार नगर प्रमुख सरावगीले शिलान्यास गरेका हुन् ।

सडक ढलान तथा नाला निर्माणको शिलान्यास गर्दै नगर प्रमुख सरावगीले बर्सौदेखि जीर्ण अवस्थामा रहेको त्यस क्षेत्रमा सडक र नाला निर्माणपछि आवत जावतमा सहज हुने बताए । उनले ढलनाला निर्माणपछि पानीको पनि उचित निकास भई डुबानको समस्याबाट मुक्त हुने बताए ।

वडा नम्बर ११ का वडाध्यक्ष प्रधुमन सेढाँईको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेस यादव, सचिव तबरेज अहमद लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...