Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

वीरगंज सिटी मार्केटमा ५३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंज सिटि मार्केटकाे आयाेजना शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज सिटी मार्केट अगाडी भएकाे  कार्यक्रममा ५३ जनाले रक्तदान गरेकाे विक्की सर्राफले जानकारी दिए ।

कार्यक्रममा जयप्रकाश पटेल, विक्की सर्राफ, कलाम मन्सुरी, सदाम खान, सगिर अलि, मोहित गुप्ता, सोनु गुप्ता, महेश पटेल, राहुल जयसवाल, उमेश गुप्ता, अन्कित गुप्ता, बालकृष्ण चौधरी, अर्जुन गुप्ता, प्रधुमन गुप्ता लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।

करन रौनियार र बिक्की सराफको संयाेजनमा भएको रक्तदान कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, वाइसीएलका केन्द्रिय सदस्य ओम प्रकाश गुप्ता, नेवि संघ ठा.र.ब. क्याम्पसका सभापति मनोज कुमार साह, भोलेन्टिएर समूह वीरगंजका संयोजक राजन श्रीवास्तव, युवा वचन संस्था पर्साका अध्यक्ष किसु सर्राफ लगायतको सहभागीता रहेको थियो ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...