Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026
Home Blog Page 748

अपराधिक क्रियाकलाप नियन्त्रणमा कुनै सम्झौता हुँदैन : एपसी बस्नेत

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले अपराधिक क्रियाकलापको नियन्त्रणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन ।

महानगरिय परिसर काठमाण्डौबाट सरुवा भएर पर्सा जिल्लामा आएका एसपी बस्नेतले आइतवार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार भेटघाट तथा परिच्यात्मक कार्यक्रम गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्नुकाे साथै अपराधन तथा अपराधिक घटनाको अनुसन्धानमा दृढताका साथ लाग्ने बताए ।

उनले भने, नेपाल प्रहरीको मुख्य कार्य अनुसन्धान गर्ने पाटो भएकोले निश्पक्ष रुपमा अनुसन्धानको कार्यलाई अगाडी बढाउँछौ यसमा पर्सेली संचारकर्मीहरुको सहयोगको अपेक्षा गरेको छु ।”

बुधवारदेखि पर्सा जिल्लाको प्रमुख प्रहरी उपरीक्षकको कार्यभार सम्हालेका एसपी बस्नेतले जिल्ला मातहतका ७१ वटा युनिटलाई अँझै सक्रिय बनाएर गस्ति विस्तार गर्ने र शान्ती सुरक्षाको मामिलामा सम्झौता नगर्ने अडान राखेका छन् ।

छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको जिल्लामा केही बढी चुनौती भएपनि यहाँका पत्रकारहरुको सहयोग प्राप्त हुने एसपी बस्नेतको विश्वास छ ।

जिल्ला प्रहरी कार्यालयकाे आफ्नै कार्यकक्षमा एसपी बस्नेतले गरेकाे पत्रकार भेटघाट तथा परिच्यात्मक कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल लगायत पर्सेली संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

सखुवा प्रसाैनीमा ३ महिने ड्रेस मेकर तालिम सुरु

0

वीरगज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका २ औराहा पंचगावामा आइतबारदेखी ३ महिने ड्रेस मेकर तालिम सुरु भएको छ । 

दाेस्राे ईभेन्ट परियोजनाकाे आर्थीक सहयोग र रोजगार तथा सिप बिकास तालिम केन्द्र प्रालीको सहकार्यमा सुरु भएकाे तालिको उद्घाटन सखुवा प्रसाैनी गाउँपालिकाका उप प्रमुख फुलमती चौधरीले गरेकी थिइन ।

तालिमकाे उद्घाटन गर्दै उप प्रमुख चाैधरीले सिपलाई मानिसलाई योग्य बनाउने बताइन । उनले भनिन “शिक्षाले जिवनलाई उज्यालो बनाउन्छ । सिपले मानिसलाई दक्ष बनाई रोजगारको अवसर दिन्छ ।”

तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका समाजिक बिकास शाखाका प्रमुख बिनोद यादव, चन्दन चन्द्र वंशी, संचालक साबिर अहम्द अंसारी, अरबिन्द पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 २० जना स्थानिय महिलाकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक गायत्री चौधरी र राजमती चौधरीले प्रशिक्षण दिइरहेकाे अरविन्ौ पटेलले जानकारी दिए ।

बलिउड अभिनेत्री तनीषा कोरोना संक्रमित

0

अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्  । ‘मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ’ उनले अगाडि लेखेकी छन्, ‘अब मैले केही दिन आइसोलेशनमा बस्नुपर्नेछ ।’

केही अगाडि अभिनेत्री उर्मिला माताेंडकर र साउथ अभिनेता कमल हासनमा पनि कोरोना संक्रमित भेटिएको थियो । तनीषा बलिउडका ती कलाकारमा पर्छिन् । जसले कोरोना महामारीको समयमा पनि नियमित काम गरेका थिए । उनले कोरोनाको दास्रो लहरको समय लखनउमा एक फिल्मको सुटिङ गरेकी थिइन् ।

कामको कुरो गर्ने हो भने उनी छिट्टै फिल्म ‘कोड नेम अब्दुल’ मा देखिदैछिन् । जसमा उनको भूमिका ‘रअ’ का एजेन्टको रुपमा रहेको छ ।

KBC१३: अमिताभको अगाडि रोए एक्सन हिरो जोन अब्राहम ! यस्तो छ कारण

0
सत्यमेव जयते २ को टोली — स्टार जोन अब्राहम र दिव्या खोसला कुमार, निर्देशक मिलाप जावेरी, र निर्माता निखिल आडवाणी र मधु भोजवानी — कौन बनेगा करोडपति १३ को शुक्रबारको एपिसोडमा उपस्थित थिए। जबकि जोन, दिव्या र निखिलले होस्टसँग वास्तविक खेल खेले। दर्शकमाझ अमिताभ बच्चन, मिलाप र मधु बसेका थिए ।

पूरै एपिसोड रमाइलो पल र रमाइलो किस्साले भरिपूर्ण भएतापनि एउटा पल दर्शकमाझ रह्यो । एपिसोडको एक बिन्दुमा, जोन अब्राहम रुन थाले।

कारण के थियो ?

जोनले शोमा जितेको पुरस्कार रकमलाई के गर्ने भनेर बिग बीको प्रश्नले आँसु बगाएको थियो। हामीलाई थाहा छ, जोन
एक विशाल पशु प्रेमी र पशु कल्याणको लागि प्रतिबद्ध हुनुहुन्छ। उनले उक्त एपिसोडमा जित्ने रकम - रु २५ लाख - 
जनावरहरूलाई सहयोग र पुनर्स्थापना गर्ने ट्रस्टलाई दान गरिने बताए ।

जोनले असहाय जनावरहरूको लागि आफ्नो प्रेम व्यक्त गरे र तिनीहरूलाई चोट पुर्याउनेहरूको आलोचना पनि गरे ।
अमिताभले ठूलो पर्दामा एउटा भिडियो प्ले गरेका छन् जसमा बिराला, कुकुर र अन्य जनावरहरूलाई दुर्दशामा देखाइएको छ। भिडियोले स्पष्ट रूपमा जोनलाई ठूलो मात्रामा असर गर्यो, र उनले आफ्नो आँसु थाम्न सकेनन् ।


कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा थप प्रतिबन्धको घोषणा

0

लण्डन- हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ।

प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो। त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी बढाइएको छ।

बेलायत आउने हरेक यात्रुले दुई दिनमात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्यरुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पीसीआर परीक्षण गरिनेछ। यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस ‘पोजिटिभ’ देखिएमा आफैं आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछिमात्र बाहिर निस्किन पाउने बताइएको छ।

हालै अफ्रिकामा देखिएको भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्यमन्त्री सजिद जाभिदले शनिबार जानकारी दिएका छन्।

यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताएका छन्। बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएको हो।

उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पीसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका हुन्।

साथै, बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ।

सलमान खान प्रशंसकले सिनेमाघरभित्र फिल्म चलिरहेकै बेला गरे आतिशबाजी

0

सलमान खान र आयुष शर्मा स्टारर ‘अन्तिमः द फाइनल ट्रुथ’ शुक्रबार रिलिज भयो । सलमान खान प्रशंसक उनको फिल्मको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । फिल्म रिलिज भएपछि उत्साहमा प्रशंसकले सिनेमाघरभित्र आतिशबाजी गरे । त्यसपछि सलमान खानले आतिशबाजीका भिडियो सेयर गर्दै प्रशंसकलाई यसो नगर्न बिन्ति गरेका छन् ।

सलमान खानले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एउटा भिडियो सेयर गरेका छन् । यो भिडियोमा प्रशंसक सिनेमाघरभित्र फिल्म ‘अन्तिमः द फाइनल ट्रूथ’ चलिरहेकै बेला आतिशबाजी गरिरहेको देख्न सकिन्छ ।

सलमान खानले यो भिडियोसँगै लेखेका छन्, ‘म सबै प्रशंसकलाई हलभित्र पटका लिएर नजान आग्रह गर्दछु किनभने यसले आगलागीको अत्यधिक खतरा निम्त्याउँछ । यसले तपाईं र अरुको ज्यानलाई खतरा पनि हुनसक्छ । हल मालिकलाई मेरो आग्रह – पटकालाई सिनेमाघर भित्र लैजान अनुमति नदिनुहोस् र सुरक्षाकर्मीलाई प्रवेशद्वारमा यसको अनुगमन गर्न अनुरोध गर्छु । प्रशंसकलाई मेरो निवेदन – हरेक तरिकाले फिल्मको मज्जा लिनुहोस् तर कृपया यस्तो गर्नबाट भने बच्नुहोस् । धन्यवाद ।’

महेश मांजरेकरको निर्देशनमा बनेको फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ बाट महिमा मकवानाले डेब्यू गरेकी छिन् । यो फिल्म हिट मराठी फिल्म मुल्सी प्याटर्नको हिन्दी रिमेक हो । फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ ले ४.५० करोड भारुको ओपनिङ पाएको छ । यद्यपि, शनिबार र आइतबार विकेन्डमा फिल्मको कमाईमा वृद्धि हुने आशा गरिएको छ ।

https://www.instagram.com/tv/CWyH7ttomwV/?utm_source=ig_web_copy_link

इनर्वामा निर्माण भएकाे धर्मशाला सांसद यादवद्वारा उद्घाटन

0

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले विहे, ब्रतबन्ध जस्ता शुभकार्यका लागि होटल, पार्टी प्यालेशमा महङगो शुल्क तिर्नु पर्ने बाध्यता हटाउन आफु लागि परेको बताएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ इनर्वामा नवनिर्मित धर्मशालाको शनिवार उद्घाटन गर्दै सांसद यादवले यस्ताे वताएका हुन् । उनले आफनो निर्वाचन क्षेत्रका हरेक वडामा धर्मशाला निर्माण गर्न आफ्नाे चाहना रहकाे बताए ।

ईनर्वामा सांसद यादवकै संसदीय कोषबाट ३३ लाख रुपैयाको लागतमा निर्मित धर्मशालाको उद्घाटन गर्दै सांसद यादवले अब गरिब जनताले पनि धर्मशालाबाट धुमधामका साथ बिहे ब्रतबन्धका शुभकार्य र भोजभतेर गर्न सक्ने बताए । उनले आवश्यक्ता र जनताको मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि अन्य विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए ।

वडा नं. १६ की कार्यवाहक अध्यक्ष विनिता साहकाे अध्यक्षतामा भएकाे धर्मशाला उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाकाे वडा नम्बर १६ का अध्यक्ष श्यामबाबु चौरसिया, जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य लालदेव यादव, नगर अध्यक्ष ईश्वरचन्द्र यादव, ईकाइ अध्यक्ष अरुण यादव, ईकाइ उपाध्यक्ष शेख अब्दुल, स्थानीय नेता मदन यादव, अशोक साह, अनिल पटेल, विजय साह, फरिद आलम, युवा नेता शेख जलशुदिन, सदाम हुसैन संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो । 

माओवादी केन्द्रकाे वीरगंज महानगर सम्मेलन सम्पन्न

0

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) वीरगंज महानगरको प्रथम सम्मेलन शनिबार सम्पन्न भएकाे छ । वीरगंजकाे नगर सभा गृहमा भएकाे सम्मेलनले रहबर अन्सारीकाे अध्यक्षतामा ९९ सदस्यीय महानगर कमिटी सर्वसहमत चयन गरेकाे छ ।

जुन कमिटीकाे उपाध्यक्षमा जुमादिन अन्सारी, अनिरुद प्रसाद यादव ,राजु बैठा, सचीवमा सुरेन्द्र प्रसाद गुप्ता, सह सचीवमा दिपेन्द्र मण्डल र कोषाध्यक्षमा रेनु क्षेत्री चयन भएका छन् ।

महानगर अध्यक्ष अंसारीको अध्यक्षता र पार्टीका पर्सा जिल्ला इन्चार्ज बिजय महतोको प्रमुख आथित्यतामा भएकाे सम्मेलमा जिल्ला अध्यक्ष रामदरस कुशवाहा, महानगर इन्चार्ज बाबूराम कौसिक, वीरगंज महानगर सचिव सुरेन्द्र गुप्ता लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

धाेरेमा एकीकृत समाजवादीकाे कमिटी गठन

0

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. १ धाेरेमा नेकपा (एकीकृत समाजबादी)को वडा कमिटी गठन भएको छ । धोरेमा भएकाे एकीकृत समाजवादीकाे एक भेलाले अवधेश महतोको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा चन्द्रबिर राम, सचिवमा रामजित चौहान, सहसचीवमा प्रदीप पासवान, कोषाअध्यक्षमा रामबाबु मेहता, सदस्यमा रामप्रबेस राम, मोटर पासवान, रमेश साह, सहिद देवान, प्रभु राम, लालची देबि राम, बिशुनदेव राम, बिनाचल महतो, किशोर पटेल , रामध्यान दास, किशोरी पासवान र जंगबहादुर चौहान रहेका छन् ।

जोखु महतको अध्यक्षतामा भएकाे भेलामा एकीकृत समाजवादी पकहा मैनपुर गाउँपालिका कमिटीका अध्यक्ष एवं दलित मुक्ति संगठनका केन्द्रिय सदस्य मदन हजरा पासवान, स्थानिय नेता साधु राम, खुबलाल राम, प्रकश पटेल, कैलास पासवान लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।