Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

बलिउड अभिनेत्री तनीषा कोरोना संक्रमित

spot_img
spot_img

अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्  । ‘मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ’ उनले अगाडि लेखेकी छन्, ‘अब मैले केही दिन आइसोलेशनमा बस्नुपर्नेछ ।’

केही अगाडि अभिनेत्री उर्मिला माताेंडकर र साउथ अभिनेता कमल हासनमा पनि कोरोना संक्रमित भेटिएको थियो । तनीषा बलिउडका ती कलाकारमा पर्छिन् । जसले कोरोना महामारीको समयमा पनि नियमित काम गरेका थिए । उनले कोरोनाको दास्रो लहरको समय लखनउमा एक फिल्मको सुटिङ गरेकी थिइन् ।

कामको कुरो गर्ने हो भने उनी छिट्टै फिल्म ‘कोड नेम अब्दुल’ मा देखिदैछिन् । जसमा उनको भूमिका ‘रअ’ का एजेन्टको रुपमा रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...