Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026
Home Blog Page 747

एनआईसी एशिया बैंकले एटिएम कार्डबिनै रकम झिक्ने ल्यायो एप

0

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एनआईसी एशिया मोबैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

सहज डिजिटल बैंकिङ सेवा दिँदै आएको बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले बैंकका देशैभर रहेका ४७३ एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समय नगद निकाल्न सक्ने भएका छन् ।

बैंकको अनुसार सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विथड्रअल आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गरेर ट्रान्जिक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् ।

ग्राहकले आफूलाई प्राप्त सोही ओटीपी एटिएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जिक्सभित्र गई निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रअल आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुने बैंकले जनाएको छ । 

 

को हुन् पराग अग्रवाल ? ट्विटर सीईओ को रूपमा चार्ज लिने IIT छात्र

0

ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो राजीनामाको पुष्टि गरेपछि, ४५ वर्षीय भारतीय मूलका पराग अग्रवालले अबदेखि कम्पनीको नेतृत्व गर्ने खुलासा गरेका थिए ।

ट्वीटरका सीईओ ज्याक डोर्सीले कम्पनीबाट सीईओ पदबाट राजीनामा दिएको पुष्टी गरेका छन्, जसको बारेमा रिपोर्टहरू सतहमा आउन थालेको एक घण्टा पछि। विडम्बनाको कुरा, डोर्सीले माइक्रो ब्लगिङ प्लेटफर्ममा एक विज्ञप्ति जारी गरेर रिपोर्टहरूको प्रामाणिकता पुष्टि गरे र ट्वीटरसँग 16 वर्षको सम्बन्ध पछि आफूले पद त्याग्ने समय आएको बताए।

यसअघि अर्को सीईओको बारेमा धेरै अड्कलबाजी गरिएको थियो र डोर्सीले आफ्नो बयान मार्फत यो वरपरको हावा सफा गरे। ४५ वर्षीयाले खुलासा गरेका हुन् । पराग अग्रवालले ज्याक डोर्सीलाई धन्यवाद दिएर ‘सम्मानित र नम्र’ आफ्नो कृतज्ञता व्यक्त गर्दै, परागले एक विज्ञप्ति जारी गरे जसमा उनले लेखे, “धन्यवाद ज्याक।

म सम्मानित र नम्र छु र तपाईंको निरन्तर सल्लाह र मित्रताको लागि म कृतज्ञ छु”। आफ्नो कम्पनीमा बिताएका समयको सम्झना गर्दै अग्रवालले थपे, “विश्वले अहिले हामीलाई हेरिरहेको छ, पहिले भन्दा पनि धेरै। संसारलाई ट्विटरको पूर्ण क्षमता देखाउनुहोस्”।

सीईओमा पराग अग्रवाल सर्वसम्मतिले चयन भएका छन्

डोर्सीका अनुसार ट्वीटर बोर्डले कडा प्रक्रिया अपनाएर सर्वसम्मतिले परागलाई अर्को प्रमुख कार्यकारी अधिकृतमा चयन गरेको हो । डोर्सीले आफ्नो बयानमा भने, “उहाँले कम्पनी र यसको आवश्यकतालाई कत्तिको गहिरोसँग बुझ्नुहुन्छ भनेर केही समयको लागि मेरो रोजाइ भएको छ।” “पराग हरेक महत्वपूर्ण निर्णयको पछाडि रहेको छ जसले यस कम्पनीलाई घुमाउन मद्दत गरेको छ। उहाँ जिज्ञासु, अनुसन्धान गर्ने, तर्कसंगत, रचनात्मक, माग गर्ने, आत्म-सचेत र नम्र हुनुहुन्छ। उहाँ हृदय र आत्माले नेतृत्व गर्नुहुन्छ र मैले सिकेको व्यक्ति हो।

अग्रवालको IIT Bombay देखि Twitter सम्मको यात्रा
अग्रवाल, एक पूर्व IIT बम्बे विद्यार्थी, 2011 मा Twitter मा सामेल भएका थिए र 2018 सम्ममा मुख्य टेक्नोलोजी अधिकारी (CTO) बन्ने बाटोमा काम गरे। उहाँ स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र पनि हुनुहुन्छ जहाँ उहाँले कम्प्युटर विज्ञान अध्ययन गर्नुभयो र दर्शनमा पीएचडी गर्नुभयो। साथै, नयाँ ट्वीटरका सीईओले माइक्रोसफ्ट र एटी जस्ता कम्पनीहरूलाई पनि आफ्नो सेवा दिएका छन्

डोर्सीले अग्रवाललाई लाठी पठाए
सीटीओको रूपमा एक दशकदेखि ट्विटरमा आबद्ध अग्रवाललाई आजबाट नेतृत्वको रूपमा नियुक्त गरिएको छ, यद्यपि डोर्सी अग्रवाल र नयाँ बोर्ड अध्यक्ष ब्रेट टेलरलाई सत्ता हस्तान्तरण नभएसम्म वरपर रहनेछन्। सीएनबीसीका अनुसार अग्रवालले आफ्नो प्रारम्भिक दिनमा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ विभागलाई सम्हाल्दै आएका थिए।

यो रिपोर्ट गरिएको छ कि डोर्सीलाई सीईओबाट हटाउने योजना 2020 मा ट्विटरको सरोकारवाला इलियट व्यवस्थापनले बनाएको थियो, यद्यपि, दुई बीचको सम्झौताले त्यो हुनबाट रोक्यो। सीएनबीसीका अनुसार, यो इलियट व्यवस्थापनका संस्थापक पल सिंगर थिए जसले दुई कम्पनीहरूमा डोर्सीको नियन्त्रणमा आपत्ति जनाएका थिए। हाल, ट्विटरका सीईओले सामाजिक सञ्जाल प्लेटफर्मको साथसाथै अर्को डिजिटल भुक्तानी कम्पनी स्क्वायरको नेतृत्व गरिरहेका छन् र सिंगरले उनलाई दुई मध्ये कुनै एकबाट राजीनामा दिन माग गरेका थिए।

नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न,मतगणना केहिबेरमा

0
;f}/fxf,!# dlª;/M g]skf -Pdfn]_ dtbfg:yn ;f}/fxfdf ;f]daf/ x'g] g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf] bzf}F /fli6«o dxflwj]zgsf nflu tof/L ul/Psf] dtbfg:yn . tl:a/Mk|bLk/fh jGt÷/f;;

चितवन । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान सकिएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान केहीबेर अघि सकिएको हो । चुनावमा दुई हजार ७९ मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् । 

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्व माओवादी पृष्ठभूमिका हुन्। सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

केहीबेर पछि मत गणना गर्ने तयारी भएको छ । विद्युतीय भोटिङ मेसिनको प्रयोग भएकाले मत परिणाम छिट्टै आउने अपेक्षा गरिएको छ ।

 

 

बाराबाट चोरीको मोटरसाइकल सहित १ जना पक्राउ

0

बारा ।  ईलाका प्रहरी कार्यालय सिमरा बाराले जीतपुरसिमरा उपमहानगरपालिका-११ आमाटारबाट चाेरीकाे माेटरसाइकल सहित एक जनालाई पक्राउ गरेकाे छ ।

आइतवार राती ००:३० बजेको समयमा जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा न.०७ स्थित बकुलिया रोड बस्ने जोखन पण्डितको नाममा दर्ता रहेको च्याचिस नम्वर MO2A13EX6LCJ89131 र ईन्जिन नम्वर DKXCLJ10483 को बजाज कम्पनिको २२० सि.सि. गाडि नम्बर प्रदेश २-०३-०१३ प.२२६५ को पल्सर मोटरसाईकल आफ्नै घरबाट चोरी भेएको थियो ।
 
ई.प्र.का सिमराले सुचना प्राप्त हुने बितिकै  यस कार्यालयबाट खटीएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा न.११ स्थित आमाटार भन्ने स्थानबाट चोरी गरी लादै गरेको मोटरसाईकल सहित  १ जनालाइ पक्राउ गरेको छ।
 
जिल्ला बारा कोहल्वी नगरपालिका वडा न.०६ बस्ने जनार्धन चौधरीको छोरा बर्ष २० को श्यामबाबु चौधरीलाई पक्राउ गरीएको र सोही स्थानमा चोरी गर्न आउदा प्रयोग गरेको ना.२३ प.८४४६ न.को मोटरसाईकल समेत फेलापरेकोले बरामद गरीएको प्रहरीले जनाएको छ।
 
सो घटनामा संलग्न रहेका १ जना भागि फरार भएको निजलाई खोजतलास गरी पक्राउ गर्ने कार्य  भईरहेको र चाैधरीमाथी चोरी सम्बन्धी कसूर मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय सिमरा बाराले  जनाएको छ । 
 
  

खानपिनमा जोड्नुस यस्ता चिज, चिसोमा पनि मोटोपना घटाउछ

0

चिसो मौसममा हामीलाई धेरै भोक लाग्छ त्यसैले खानपिनको मात्रा थोरै बढ्ने गर्छ । धेरै खाँदा र क्रियाकलाप कम हुँदा चिसो मौसममा थुप्रै मानिस मोटोपनको शिकार हुने गर्छन् ।

यहाँ हामी यस्ता खानेकुराबारे जानकारी दिँदैछौं जसले चिसो मौसममा तपाईंको प्रतिरोधी क्षमता त बढाउँछ नै यसले तपाईंको तौल पनि बढ्न दिँदैन ।

चिसो मौसममा गाजर, चुकन्दर, मुला, शलगम, प्याजजस्ता तरकारी आफ्नो खानामा समावेश गर्नुहोस् । यसले शरीरलाई प्रिबायोटिक प्रदान गर्छ जसका कारण तौल सजिलै घट्छ ।

यी तरकारी पोषणले भरिपूर्ण हुन्छ जसले प्रतिरोधी क्षमता बढाउनुका साथै पाचन क्रियामा पनि सुधार ल्याउँछ ।

तौल घटाउनमा घ्यूले पनि निकै फाइदा पुर्याउँछ । घ्यूमा भिटामिन ए, डि, इ र के पाइन्छ । यसले खानाको स्वाद बढाउनुका साथै तौल पनि नियन्त्रणमा ल्याउँछ । शुद्ध घ्यूमा भएको सीएलए मेटाबोलिजमलाई सही राख्छ जसका कारण तौल बढ्दैन ।

बदाम चिसो मौसममा सबैभन्दा स्वस्थवद्र्धक मानिन्छ । यसलाई भुटेर वा काँचै खान सकिन्छ ।

केही मानिसहरु यसलाई सलाद वा सब्जीमा पनि हालेर खान्छन् । बदाम खाँदा धेरै बेरसम्म भोक लाग्दैन तसर्थ हामी अतिरिक्त क्यालोरी खानबाट जोगिन्छौं ।

चिसो मौसममा हरिया तरकारी धेरै नै पाइन्छ । आफ्नो खानामा पालुङ्गो, मेथी, तोरीको साग, पुदिना, हरियो लसुनजस्ता समावेश गर्नुहोस् ।

हरिया तरकारीमा थुप्रै पोषक तत्व पाइन्छन् जसले प्रतिरोधी क्षमता बढाउँछ । हरिया सागसब्जी खाँदा चिसो मौसममा हात–खुट्टा सुन्निने र पोल्ने समस्या टाढा हुन्छ ।

चिसो मौसममा नौनी खाँदा शरीर तातो हुन्छ । घरमा बनेको नौनी नै खाने कोसिस गर्नुहोस् किनभने यसमा फ्याटको मात्रा कम हुन्छ ।

चिसो मौसममा छाला रुखो हुन्छ र नौनीले छालालाई हाइड्रेट राख्न सहयोग गर्छ । यसले हड्डी र प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

चिसो मौसममा स्याउ, सुन्तला, नास्पाती वा मेवाजस्ता मौसमी फलले तौल घटाउन मद्दत गर्छ ।

पाेखरिया अस्पताललाई व्यवस्थित गर्न माग गर्दै प्रदर्शन

0

वीरगंज । पोखरिया अस्पताललाई व्यवस्थित गर्न माग गर्दै लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले आइतबार प्रदर्शन गरेकाे छ । लोसपाका नेता नेजामुद्दीन समानीको नेतृत्वमा स्थानीय तथा प्रदेश सरकारको विरुद्धमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागिहरुले पाेखरिया अस्पतालमा डाक्टर लगायत जनशक्ति व्यवस्थापन गर, पाेखरिया अस्पताललाई घाेषणा अनुसार ५० बेडकाे संचालन गर, पाेखरिया अस्पतालमा औषधी तथा उपकरण व्यवस्था गर, पाेखरिया नगरपालिका भित्रका शिक्षा क्षेत्रलाई ब्यवस्थित गर लगायतका नारा लेखिएकाे ब्यानरसहित सहभागि भएका थिए ।

प्रदेश सरकारले ५० बेडको अस्पताल घोषणा गरेपनि स्थानीय सरकारले व्यवस्थापनमा लापरवाही गरेको भन्दै ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गरिएको नेता समानीले बताए । यसअघि पनि प्रेस विज्ञप्ती तथा मौखिक जानकारी गराउँदासमेत सम्बन्धीत निकाय अस्पतालको व्यवस्थापनको सम्बन्धमा गम्भिर नभएको नेता समानीको आरोप छ ।

बिमा गराएकाहरुलाई औषधी उपलब्ध नगराएको, प्रदेश सरकारले उपलब्ध गराएको उपकरण सञ्चालन गर्न स्थानीय सरकारले असहयोग गरेको, बिरामीहरुलाई भर्ना नगरेको लगायतका समस्याहरुको अविलम्ब समाधानतर्फ पहल गर्नुपर्ने माग नेता समानीले गरेका छन् ।

पोखरिया अस्पतालको विकास र जनमुखी सेवा प्रवाहको माग गर्दै भएको प्रदर्शनलाई वेवास्ता गरेमा स्थानीय र प्रदेश सरकारको विरुद्धमा थप सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी पनि नेता समानीले दिएका छन् । 

हामी छोरी बोझ हैनौँ शिर्षकमा कविता प्रतियोगिता सम्पन्न

0

वीरगंज । पर्साकाे पोखरीया नगरपालिका वडा नं ७ मा लैंगिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान २०२१ को अन्तर्गत आइतबार मा.वि. स्तरीय हामी छोरी बोझ हैनौँ शिर्षकमा कविता प्रतियोगिता सम्पन्न भएकाे छ ।

दिव्य युवा क्लब पर्सा तथा एक्सनएड नेपाल/आईरिश एडको साझेदारीमा भएकाे प्रतियोगितामा ३ विद्यालयहरुबाट ६ जना छात्रा हरुले भाग लिएका थिए ‌ ।

जसमध्ये श्री रामस्वरूप रामपृत माध्यमिक विद्यालयकी प्रियंका कुमारी प्रथम, श्री महबनु पदम माध्यमिक विद्यालयकी खुसी शर्मा द्वितीय, श्री रामचरित्र भगत माध्यमिक विद्यालयकी रितु मेहता तृतीय र श्री महबनी पदम माध्यमिक विद्यालयकी सिमन गिरी सान्तवना स्थान हाँसिल गर्न सफल भएकी थिइन ।

दिव्य युवा क्लब पर्साका अध्यक्ष देवनाथ ठाकुरको अध्यक्षता भएकाे प्रतियाेगितामा पोखरीया नगरपालिकाकाे वडा नं ७ का वडा अध्यक्ष नन्दलाल पटेल, दिव्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, विद्यालयका शिक्षक प्रतिनिधि लगायतकाको सहभागिता रहेकाे थियाे ।

हाम्रो समाजमा रहेको छोरीलाई बोझको रुपमा लिईने नकारात्मक सोचलाई परिवर्तन गर्न तथा छोरीहरुलाई पनि समान अवसर दिइएको खण्डमा उनीहरुले पनि परिवार प्रतिको जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने सन्देश समुदायमा छोरीहरु मार्फत नै प्रवाह गर्नको लागि प्रतियोगिता आयोजना गरिएको आयाेजकले जनाएकाे छ । 

पर्सा क्षेत्र नं. ३(क) काे अधिवेशन सम्पन्न, सभापतिमा मुखिया निर्वाचित

0

वीरगंज । पर्साकाे प्रदेश निर्वाचन क्षेत्र नं. ३ (क) काे नेपाली कांग्रेसकाे प्रदेश सभा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनमा मतदान अधिकृत अशाेक कुमार साहकाे संयाेकत्वमा परेकाे उम्मेदवारीमा प्रदेश सभा सभापतिमा प्रेमशंकर प्रसाद मुखिया निर्विराेध निर्वाचित भएका छन् ।

प्रदेश सभाकाे उप सभापतिमा ब्रहमनारायण प्रसाद थारु, विजय कुमार पंडित, सचिवमा रामप्रसाद यादव, दिपक कुमार रसैली, धर्मदेव साह तेली र बैजनाथ प्रसाद थारु पनि निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत साहले जानकारी दिए ।

 यस्तै, प्रदेश प्रतिनिधिमा बासमति गिरि, रम्भा देवी मुसहरिन, सुनिता देवी लाेहारिन, साेमबहादुर भुसाल, राजेश गिरी, महमद अनवर अंसारी, आलेआलम अंसारी, सिताराम यादव, सदार मियाँ, मनमाेहन मिश्र, सुशिला देवी, पारस साह कानु, नैनादेवी थरुइन, हृदयनारायण महताे, जग हजरा र अब्दुल गनी मियाँ सर्वसहमतले जचन भएका छन् ।