Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

अपराधिक क्रियाकलाप नियन्त्रणमा कुनै सम्झौता हुँदैन : एपसी बस्नेत

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले अपराधिक क्रियाकलापको नियन्त्रणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन ।

महानगरिय परिसर काठमाण्डौबाट सरुवा भएर पर्सा जिल्लामा आएका एसपी बस्नेतले आइतवार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार भेटघाट तथा परिच्यात्मक कार्यक्रम गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्नुकाे साथै अपराधन तथा अपराधिक घटनाको अनुसन्धानमा दृढताका साथ लाग्ने बताए ।

उनले भने, नेपाल प्रहरीको मुख्य कार्य अनुसन्धान गर्ने पाटो भएकोले निश्पक्ष रुपमा अनुसन्धानको कार्यलाई अगाडी बढाउँछौ यसमा पर्सेली संचारकर्मीहरुको सहयोगको अपेक्षा गरेको छु ।”

बुधवारदेखि पर्सा जिल्लाको प्रमुख प्रहरी उपरीक्षकको कार्यभार सम्हालेका एसपी बस्नेतले जिल्ला मातहतका ७१ वटा युनिटलाई अँझै सक्रिय बनाएर गस्ति विस्तार गर्ने र शान्ती सुरक्षाको मामिलामा सम्झौता नगर्ने अडान राखेका छन् ।

छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको जिल्लामा केही बढी चुनौती भएपनि यहाँका पत्रकारहरुको सहयोग प्राप्त हुने एसपी बस्नेतको विश्वास छ ।

जिल्ला प्रहरी कार्यालयकाे आफ्नै कार्यकक्षमा एसपी बस्नेतले गरेकाे पत्रकार भेटघाट तथा परिच्यात्मक कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल लगायत पर्सेली संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...