Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सखुवा प्रसाैनीमा ३ महिने ड्रेस मेकर तालिम सुरु

spot_img
spot_img

वीरगज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका २ औराहा पंचगावामा आइतबारदेखी ३ महिने ड्रेस मेकर तालिम सुरु भएको छ । 

दाेस्राे ईभेन्ट परियोजनाकाे आर्थीक सहयोग र रोजगार तथा सिप बिकास तालिम केन्द्र प्रालीको सहकार्यमा सुरु भएकाे तालिको उद्घाटन सखुवा प्रसाैनी गाउँपालिकाका उप प्रमुख फुलमती चौधरीले गरेकी थिइन ।

तालिमकाे उद्घाटन गर्दै उप प्रमुख चाैधरीले सिपलाई मानिसलाई योग्य बनाउने बताइन । उनले भनिन “शिक्षाले जिवनलाई उज्यालो बनाउन्छ । सिपले मानिसलाई दक्ष बनाई रोजगारको अवसर दिन्छ ।”

तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका समाजिक बिकास शाखाका प्रमुख बिनोद यादव, चन्दन चन्द्र वंशी, संचालक साबिर अहम्द अंसारी, अरबिन्द पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 २० जना स्थानिय महिलाकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक गायत्री चौधरी र राजमती चौधरीले प्रशिक्षण दिइरहेकाे अरविन्ौ पटेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...