Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

इनर्वामा निर्माण भएकाे धर्मशाला सांसद यादवद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले विहे, ब्रतबन्ध जस्ता शुभकार्यका लागि होटल, पार्टी प्यालेशमा महङगो शुल्क तिर्नु पर्ने बाध्यता हटाउन आफु लागि परेको बताएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ इनर्वामा नवनिर्मित धर्मशालाको शनिवार उद्घाटन गर्दै सांसद यादवले यस्ताे वताएका हुन् । उनले आफनो निर्वाचन क्षेत्रका हरेक वडामा धर्मशाला निर्माण गर्न आफ्नाे चाहना रहकाे बताए ।

ईनर्वामा सांसद यादवकै संसदीय कोषबाट ३३ लाख रुपैयाको लागतमा निर्मित धर्मशालाको उद्घाटन गर्दै सांसद यादवले अब गरिब जनताले पनि धर्मशालाबाट धुमधामका साथ बिहे ब्रतबन्धका शुभकार्य र भोजभतेर गर्न सक्ने बताए । उनले आवश्यक्ता र जनताको मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि अन्य विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए ।

वडा नं. १६ की कार्यवाहक अध्यक्ष विनिता साहकाे अध्यक्षतामा भएकाे धर्मशाला उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाकाे वडा नम्बर १६ का अध्यक्ष श्यामबाबु चौरसिया, जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य लालदेव यादव, नगर अध्यक्ष ईश्वरचन्द्र यादव, ईकाइ अध्यक्ष अरुण यादव, ईकाइ उपाध्यक्ष शेख अब्दुल, स्थानीय नेता मदन यादव, अशोक साह, अनिल पटेल, विजय साह, फरिद आलम, युवा नेता शेख जलशुदिन, सदाम हुसैन संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...