Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सलमान खान प्रशंसकले सिनेमाघरभित्र फिल्म चलिरहेकै बेला गरे आतिशबाजी

spot_img
spot_img

सलमान खान र आयुष शर्मा स्टारर ‘अन्तिमः द फाइनल ट्रुथ’ शुक्रबार रिलिज भयो । सलमान खान प्रशंसक उनको फिल्मको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । फिल्म रिलिज भएपछि उत्साहमा प्रशंसकले सिनेमाघरभित्र आतिशबाजी गरे । त्यसपछि सलमान खानले आतिशबाजीका भिडियो सेयर गर्दै प्रशंसकलाई यसो नगर्न बिन्ति गरेका छन् ।

सलमान खानले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एउटा भिडियो सेयर गरेका छन् । यो भिडियोमा प्रशंसक सिनेमाघरभित्र फिल्म ‘अन्तिमः द फाइनल ट्रूथ’ चलिरहेकै बेला आतिशबाजी गरिरहेको देख्न सकिन्छ ।

सलमान खानले यो भिडियोसँगै लेखेका छन्, ‘म सबै प्रशंसकलाई हलभित्र पटका लिएर नजान आग्रह गर्दछु किनभने यसले आगलागीको अत्यधिक खतरा निम्त्याउँछ । यसले तपाईं र अरुको ज्यानलाई खतरा पनि हुनसक्छ । हल मालिकलाई मेरो आग्रह – पटकालाई सिनेमाघर भित्र लैजान अनुमति नदिनुहोस् र सुरक्षाकर्मीलाई प्रवेशद्वारमा यसको अनुगमन गर्न अनुरोध गर्छु । प्रशंसकलाई मेरो निवेदन – हरेक तरिकाले फिल्मको मज्जा लिनुहोस् तर कृपया यस्तो गर्नबाट भने बच्नुहोस् । धन्यवाद ।’

महेश मांजरेकरको निर्देशनमा बनेको फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ बाट महिमा मकवानाले डेब्यू गरेकी छिन् । यो फिल्म हिट मराठी फिल्म मुल्सी प्याटर्नको हिन्दी रिमेक हो । फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ ले ४.५० करोड भारुको ओपनिङ पाएको छ । यद्यपि, शनिबार र आइतबार विकेन्डमा फिल्मको कमाईमा वृद्धि हुने आशा गरिएको छ ।

https://www.instagram.com/tv/CWyH7ttomwV/?utm_source=ig_web_copy_link

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...