[real3dflipbook id=”243″]
होटलमा बन्धक बनाएर बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ
वीरगंज । जनकपुरको शिबचौकस्थित एक होटलमा बन्धक बनाएर बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले २ जनालाई पक्राउ गरेको छ ।
बालिकाकी सानी आमा शनिचेरीदेवी महराले भतिजीलाई ३ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । असोज ३ गतेदेखि ६ गतेसम्म होटलमा बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा धनुषाको बिदेह नगरपालिका वडा नम्बर ४, ढाडीका ३० वर्षीय जितेन्द्र कुमार महरा र ३२ वर्षीय अरुणकुमार महरालाई प्रहरीले पक्राउ गरेको छ ।
बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले बताइन् ।
तीनदिन अघि जनकपुरबाट जितेन्द्रलाई र बिदेह नगरपालिकाबाट अरुणलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेको दुवैजनालाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले जनाए ।
वैज्ञानिक भन्छन् : रोबटले पनि बच्चा जन्माउछन
वैज्ञानिकहरुले पहिलो जीवित रोबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेको पहिलो जीवित रोबट सेनोबोट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, रोबटको उत्पादन बोटबिरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुको भनाई छ । हालै गरिएको एक अध्ययनमा उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
अफ्रिकाको एउटा भ्यागुतो सेनोपोस लेभिसबाट सृजना गरिएका सेनोबोट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयोगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएको थियो । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीको वायस इन्स्टिच्युट फर बायोलोजिकल्लीका इन्जिनियरहरूले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाको प्रजनन विकास गरेको दाबी गरेका छन् ।
‘आविष्कारबाट हामी अचम्म परेका छौं’ टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् ।
‘भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउँछन् । तर, उनीहरुको बाँकी भ्रूणबाट कोषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छोडिदिने हो भने उनीहरु नयाँ ढंगले हिँडडुल गर्ने मात्र होइन, नयँ तरिकाले प्रजनन् समेत गर्छन् ।’ उनी भन्छन् ।
रोबोट कि जीव ?
स्टिम सेल अनिश्चत कोष हुन् जसको विभिन्न प्रकारको कोषमा विकसित हुने क्षमता रहन्छ । सेनोबोट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुतोको भ्रुणको जीवित स्टिम कोषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छोडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएको थिएन् ।
‘अधिकांशले यो सोच्छन् कि रोबट धातु र माटोबाट बनेका हुन् । रोबट केबाट बन्छ भन्ने विषय गौण हो । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हो । प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जोश बोनगार्ड भन्छन् बाहिरी रुपमा यो रोबट नै हो तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुतोको कोषाबाट वंशानुगत रुपमा बनाइएको जीव हो ।
करिव तीन हजार कोषबाट बनाइएका सुरुमा गोलाकार देखिएका सेनोबोट्स नक्कल गर्न सकिने बोनगार्ड बताउँछन् । तर, यो दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनको भनाई छ ।
सेनोबोट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बौद्धिकताको सहयोगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अाकारमा ल्याइएको थियो । त्यो अाकार सन् १९८० को भिडियो गेम प्याक मेनसँग मिल्दथ्यो ।
यो अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ ।
जहाजको टायर पड्किएपछि यात्रुहरुले नै जहाज धकेले
बाजुरा । चार तथा दुई पाङ्ग्रे हलुका गाडीलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौँ। तर हिजाे कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको ।
जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएकाे जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन ।
जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिन थालेका थिए। विमानस्थल खाली हुँदा पनि जहाज अवतरण गर्न नसक्नुको के कारण हुन सक्छ भन्ने यात्रु एकआपसमा कुरा गर्न थालेका थिए । त्यसैबेला एक जना यात्रुले विमानस्थलतिर हेर्दै भन्नुभयो, ‘विमानस्थलको बीचमा त हवाईजहाज राखिएको छ ।’ त्यो जहाज थियो तारा एयरलाइन्सको ।
जहाजको टायर पड्किएर धावनमार्गको बीचमा हुँदा अर्को जहाज अवतरण गर्न सकेको थिएन । जहाज अवतरण गर्न नसकेर धावनमार्गमा रहेको तारा एयरको ९ एन एभीईको जहाजलाई यात्रुले धकेलेर सुरक्षित ठाउँमा राखेपछि अर्को जहाज अवतरण भएको थियो ।
तारा एयरलाइन्सको जहाजको टायर पड्किएर बीच धावनमार्गमा रहेको र जहाजलाई यात्रुले धकेल्दै गरेको भिडियो र फोटो भाइरल भएको छ । कोल्टीबाट धनगढी जाने यात्रु खगेन्द्र खड्काका अनुसार धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भएपछि धक्का लगाएर जहाजलाई साइड लगाएको उहाँले बताउनुभयो । उहाँका अनुसार जहाजको पर्खाइमा रहेका यात्रु, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा धावनमार्गमा टायर पड्किएर अरु जहाज अवतरणमा समस्या हुँदा धकेलेर अन्यत्र राखिएको हो ।
धावनमार्गबाट जहाज हटाएपछि आफू हिजै अर्को जहाज चढेर धनगढी आइपुगिसकेको उहाँले बताउनुभयो । जहाजलाई यात्रु, सुरक्षाकर्मी र स्थानीय मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएको खड्काको भनाइ छ । तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो ।
एयरलाइन्सले हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ। रासस
७४ बर्षीय महिलाले गरिन् गाईसँग बिहे
संसारमा यस्ता धेरै मानिस छन् जसले आजपनि पुनर्जन्ममा विश्वास राख्दछन् । धर्मशास्त्र अनुसार पनि मानिसले मरिसकेपछि कुनै न कुनै प्रााणीको रुपमा पुनः धर्तीमा जन्म लिन्छ ।
कम्बोडियामा एकजना महिलालाई पनि यस्तै लाग्दछ । आफ्नो त्यहीँ विश्वासका कारण ती महिलाले अनौठो कदम उठाएकी छिन् जसले निकै चर्चा कमाएको छ । कम्बोडियाको क्राटी प्रान्तमा बस्ने ७४ वर्षकी खिम हेंग नामकी ती महिलाले एउटा गाईलाई आफ्नो मृत पति ठानेर गाईसँग विवाह गरेकी छिन् । आफ्नो मृतक पति गाईको रुपमा पुनर्जन्म लिएको ती महिलाको विश्वास छ ।
आफुले पति ठानेर बिहे गरेको उक्त गाईका सबै बानी व्यहोरा आफ्नो पतिकै जस्तो रहेको उनी बताउँछिन् । सो गाई जन्मिने बित्तिकै बाट उनीसँगै धेरै समय बिताउने गरेको थियो । गाईले ती महिलाको अनुहारमा चाट्ने तथा कहिलेकाहीँ तथा मुखमै चुम्बन गर्ने पनि गर्दथ्यो । उक्त गाईले आफूलाई आफ्नो स्वर्गीय पतिले जस्तै माया गर्ने गरेको खिमको भनाइ छ । त्यसैले आफूप्रति उक्त गाईको स्नेह देखेर खिम हेंगलाई आफ्नो मृतक पति गाईको रुपमा पुनर्जन्म लिएर फर्किएको जस्तो लाग्यो ।
ती महिला मात्र होइन उनको पूरै परिवार पनि सो गाईलाई पुनर्जन्म लिएर आएकोमा पूर्ण विश्वास गर्दछन् । ती महिलाका छोरा आफ्नो मृतक पिता गाईको रुपमा पुनर्जन्म लिएकोमा ढुक्क छन् । त्यसैले उनले आफ्नी आमाले बिहे गरेको गाईको निकै सेवा गर्दछन् । महिलाले पनि पति सम्झेर बिहे गरेको गाईलाई प्रेम गर्दछिन् । घरमा सो गाई खिमसँगै रहन्छ । उक्त गाई बस्ने कोठामा उनले आफ्नो पतिले प्रयोग गर्ने गरेको सिरानी राखिदिएकी छिन् ।
आफू मरिसकेपछि पनि उक्त गाईलाई आफ्नो बुवाजस्तै गरेर माया गर्नु भनेर उनले आफ्ना छोराछोरीहरूलाई अह्राएकी छिन् । गाईको मृत्यु भए पनि मान्छेकै जस्तो गरी अन्तिम संस्कार गर्नपनि उनले आफ्ना परिवारलाई आग्रह गरेकी छिन् ।
एजेन्सी
रेडियाे वीरगंजकाे बार्षिकाेत्सवमा मंसिर १८ रक्तदान र २५ गते सांस्कृतिक कार्यक्रम हुने
वीरगंज । मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो १९औँ बार्षिकोत्सव साताव्यापि कार्यक्रम गरेर मनाउने भएकाे छ । साताव्यापि रुपमा मंसिर १८ गतेदेखी २७ गतेसम्म विभिन्न कार्यक्रम गरी बार्षिकाेत्सव मनाउने तयारी भएकाे रेडियाेले जनाएकाे छ ।
बार्षिकोत्सवका अवसरमा मंसिर १८ गते शनिबार वीरगजको मुर्लिवगैचा स्थित रेडियो वीरगंजको परिसरमा खुला रक्तदान कार्यक्रमको आयोजना हुने रेडियाेका कार्यकारी अध्यक्ष ध्रुव साहले जानकारी दिए । उनले विगत बर्ष अझै यस बर्ष आयाेजना हुने रक्तदान कार्यक्रममा ४ सय जनाले रक्दान गर्ने लक्ष्य रहेकाे वताए ।
रेडियाे परिसर मै आयाेजना हुने बृहत रक्दान कार्यक्रममा महिलाहरुलाई बढी प्राथमिकता दिइएकाे वताए । उनले भने “महिलालाई नै बढी रक्तकाे आवश्यकता पर्छ तर महिला रक्दानदान गर्न डराउन्छन् । त्यही भएर कार्यक्रममा बढी भन्दा बढी महिलाहरुलाई रक्दान गराउनमा हाम्राे ध्यान र प्राथमिकता हुन्छ ।”
यस्तै, बार्षिकाेत्सवको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २५ गते वीरगंजको आदर्शनगरमा बृहत सांस्कृतिक कार्यक्रम हुने समेत अध्यक्ष साहले जानकारी गराए । मंसिर २५ गते शनिबार दिउँसो १ बजे आयोजना हुने बृहत सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको रेडियाे मै आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै उनले वताए ।
बृहत सांस्कृतीक कार्यक्रममा चर्चित कलाकारहरु प्रकाश सपुत, हेमन्त शर्मा, अस्मिता अधिकारी, एलिना चौहान, कमल खत्री, सन्जु अमात्य, सुनिल पंडित, कमेडियन सुबोध गौतमसहित कलिउड डान्स ग्रुप हेटौडाको बेजोड प्रस्तुती रहने छ ।
यस्तै, रेडियोको बार्षिकाेत्सवको अवसरमा मै मंसिर २७ गतेदेखि टिभी बीरगंजको नियमित प्रशारण समेत शुभारम्भ गरिने अध्यक्ष साहले जानकारी गराए । उनले रेडियो वीरगंजको भातृ संस्थाको रुपमा रहेका टिभी वीरगंज, रेडियो पोखरीयालाई अझ बढी माया ममता र स्नेह प्रदान गरि जनताको पहरेदारको रुपमा स्थापित गर्न विगत अझै अगाडीमा दिन पनि सहयाेग गर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा सहभागि पत्रकारहरुले मंसिर २५ गते आयाेजना हुने बृहत सांस्कृतिक कार्यक्रममा स्थानिय भाषा र लाेक सांस्कृतिलाई प्राथमिकता दिनु पर्ने सुझाव दिएका थिए । जवाफमा रेडियाेका अध्यक्ष साहले स्थानिय भाषा भाेजपुरी र सांस्कृतिलाई प्राथमिकता दिने प्रतिवद्धता समेत जनाए ।
दुई दर्जन भन्दा बढी पत्रकारहरुकाे सहभागिता रहेकाे पत्रकार सम्मेलनकाे सहजिकरण रेडियाेका उज्वल घिमिरेले गरेका थिए ।
अधिवेशन गराउन आएकाअधिकृत पोख्रेलले दिए राजीनामा
वीरगंज । नेपाली काँग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजिनामा दिएका छन । उनले केन्द्रीय निर्वाचन समिति संयोजकलाई पत्र लेखेर राजिनामा दिएका हुन् ।
पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै बाँकी जिल्ला अधिवेशन गराउन असमर्थ रहेको जनाएका छन । उनले राजिनामा स्वीकृतका लागि केन्द्रीय समितिलाई आग्रह गरेका छन ।
उहाँले राजीनामा पत्रमा कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिसमेतको निर्वाचन सम्पन्न गराउने गरी निर्वाचन अधिकृत तोकेकोमा आफूले जिम्मेवारी पाएलगत्तै अत्यन्त जिम्मेवारीका साथ केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन अत्यन्त उत्साहका साथ सौर्हाद्वपूर्ण वातावरणमा सफलताका साथ सम्पन्न गरेको छु, भनेका छन् ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नंं. ४ काे सभापतिमा श्रीकान्त यादव
वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ काे सभापतिमा श्रीकान्त यादव निर्विराेध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रिय अधिवेशमा क्षेत्रिय सभापतिमा यादव निर्विराेध निर्वाचित भएका हुन् । यस अघि यादव क्षेत्रिय सचिव थिए ।
क्षेत्रिय समितिकाे सचिवमा बलिस्टर अहमत, प्रमोद प्रसाद, सह सचिवमा संजय प्रसाद चौधरी, दुर्याेधन पाण्डे, सदस्यहरुमा सरिता कुमारी, संध्या पंडिताइन, सुरेन्द्र बहादुर क्षेत्री, दिनेश चौधरी थारु, पन्नालाल राउत कुर्मी, सुवाष प्रिसाद कुशवाहा, मोरियम खातुन, मनिकान्त गुप्ता, बिनय भूषण दुवेदी, अर्जुन साह, कुलबहादुर श्रेष्ठ, नजमा खातुन, प्रभु प्रसाद चौहान, सुनिल कुमार, मुक्ती हजरा, जाकिर हुँसैन मियाँ निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत अशोक साहले जानकारी दिए ।
यस्तै, २४ जना केन्द्रिय महाधिवेशन प्रतिनिधीहरु पनि निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत साहले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिमा सोभा शर्मा, गोमा कुमारी उपाध्याय, कमला कुमारी श्रेष्ठ, शैलदेवी राजपुत, बसिष्ठ नारायण प्रसाद कुर्मी, बृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डे, शंकर प्रसाद चौधरी, किसोरी प्रसाद कानु, रामदेव प्रसाद चौहान, सहरुम राउत गद्दी, नबिन कुमार सिंह, रामेश्वर महतो कुँवर, पंचानन्द मिश्रा, रामबहादुर श्रेष्ठ, अर्बुन नेशा, रेखा चौधरी, रामप्रसाद चौहान, श्याम किसोर प्रसाद कुर्मी, बिरेन्द्र कुमार महतो, प्रकाश खनाल, छोटेलाल दास तात्वा, डा. कृपा सिन्धु प्रसाद चौधरी र महमद नसरुलाह आलम निर्वाचित भएकाे मतदान अधिकृत साहले जानकारी गराए ।
निर्वाचित महाधिवेशन प्रतिनिधी र क्षेत्रिय समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का संयोजक रमेश रिजालले निर्वाचित भएकाे प्रमाण पत्र वितरण गरेका थिए ।
पूर्व क्षेत्रिय सभापति रमेश पाण्डेको सभापतित्वमा भएको घोषणा सभामा बोल्दै नेता रिजालले अधिवेशनमा अधिकांश नयाँ पूस्ताका युवाहरुलाई जिम्मेवारी दिइएकाे बताए ।
जगरनाथपुर गाउँपालिकाको मसियानीमा भएको कार्यक्रमकाे सहजीकरण महाधिवेशन प्रतिनिधी बृहस्पति कृष्ण श्रेष्ठले गरेका थिए ।
जबरजस्ती करणी आराेपमा वीरगंजका कुर्मी र जिराभवानीका कानु पक्राउ
वीरगंज । जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. ७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई र जीराभवानी गाउँपालिकाकाे वडा नं. २ बस्ने वर्ष २० को प्रभु साह कानुलाई पक्राउ गरेकाे हाे ।
१७ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई करणी गरेकाे आराेपमा वीरगंज ७ रामटाेलका कुर्मीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
मिति २०७८।०८।१० गते अन्दाजी १७.०० बजे पीडितकै घरबाट बीरगञ्ज महानगरपालिका वडा नं. २४ टोलस्थित सिर्सिया खोलाको किनारमा रहरबारीमा लगी सोही दिन राति १० बजे करणी गरेको अभियोगमा कुर्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।
पिडित बालिकाकाे अभिभावकको मिति २०७८।०८।१२ गतेको जाहेरी दर्खास्तको आधारमा कुर्मीलाई आइतबार ३ बजे निजकै घरठेगानाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यस्तै, १४ वर्षीया बालिकाकाला जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले जिराभवाानी २ का कानुलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पिडित बालिकाकाे अभिभावक उपचारको क्रममा बीरगञ्ज गएकाे र घरमा पीडितका स-साना भाइबहिनीहरू मात्र भएको मौका छोपी मिति २०७८।०८।११ गते साँझ १९;३० बजे पीडितको घरमा प्रवेश गरी जोरजुलुम गरी जबरजस्ती करणी गरेको भन्ने अभियोगमा कानुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पिडित बालिकाकाे अभिभावकले दिएकाे जाहेरी दरखास्तकाे आधारमा आयतबार कानु नियन्त्रणमा लिई जबरजस्ती करणी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।












