Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

जबरजस्ती करणी आराेपमा वीरगंजका कुर्मी र जिराभवानीका कानु पक्राउ

spot_img
spot_img

वीरगंज । जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. ७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई र जीराभवानी गाउँपालिकाकाे वडा नं. २ बस्ने वर्ष २० को प्रभु साह कानुलाई पक्राउ गरेकाे हाे ।

१७ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई करणी गरेकाे आराेपमा वीरगंज ७ रामटाेलका कुर्मीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

मिति २०७८।०८।१० गते अन्दाजी १७.०० बजे पीडितकै घरबाट बीरगञ्ज महानगरपालिका वडा नं. २४ टोलस्थित सिर्सिया खोलाको किनारमा रहरबारीमा लगी सोही दिन राति १० बजे करणी गरेको अभियोगमा कुर्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए । 

पिडित बालिकाकाे अभिभावकको मिति २०७८।०८।१२ गतेको जाहेरी दर्खास्तको आधारमा कुर्मीलाई आइतबार ३ बजे निजकै घरठेगानाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 यस्तै, १४ वर्षीया बालिकाकाला जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले जिराभवाानी २ का कानुलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पिडित बालिकाकाे अभिभावक उपचारको क्रममा बीरगञ्ज गएकाे र घरमा पीडितका स-साना भाइबहिनीहरू मात्र भएको मौका छोपी  मिति २०७८।०८।११ गते साँझ १९;३० बजे पीडितको घरमा प्रवेश गरी जोरजुलुम गरी जबरजस्ती करणी गरेको भन्ने अभियोगमा कानुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पिडित बालिकाकाे अभिभावकले दिएकाे जाहेरी दरखास्तकाे आधारमा आयतबार कानु नियन्त्रणमा लिई जबरजस्ती करणी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...