Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

रेडियाे वीरगंजकाे बार्षिकाेत्सवमा मंसिर १८ रक्तदान र २५ गते सांस्कृतिक कार्यक्रम हुने

spot_img
spot_img

वीरगंज । मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो १९औँ बार्षिकोत्सव साताव्यापि कार्यक्रम गरेर मनाउने भएकाे छ । साताव्यापि रुपमा मंसिर १८ गतेदेखी २७ गतेसम्म विभिन्न कार्यक्रम गरी बार्षिकाेत्सव मनाउने तयारी भएकाे रेडियाेले जनाएकाे छ ।

बार्षिकोत्सवका अवसरमा मंसिर १८ गते शनिबार वीरगजको मुर्लिवगैचा स्थित रेडियो वीरगंजको परिसरमा खुला रक्तदान कार्यक्रमको आयोजना हुने रेडियाेका कार्यकारी अध्यक्ष ध्रुव साहले जानकारी दिए । उनले विगत बर्ष अझै यस बर्ष आयाेजना हुने रक्तदान कार्यक्रममा ४ सय जनाले रक्दान गर्ने लक्ष्य रहेकाे वताए । 

रेडियाे परिसर मै आयाेजना हुने बृहत रक्दान कार्यक्रममा महिलाहरुलाई बढी प्राथमिकता दिइएकाे वताए । उनले भने “महिलालाई नै बढी रक्तकाे आवश्यकता पर्छ तर महिला रक्दानदान गर्न डराउन्छन् । त्यही भएर कार्यक्रममा बढी भन्दा बढी महिलाहरुलाई रक्दान गराउनमा हाम्राे ध्यान र प्राथमिकता हुन्छ ।” 

यस्तै, बार्षिकाेत्सवको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २५ गते वीरगंजको आदर्शनगरमा बृहत सांस्कृतिक कार्यक्रम हुने समेत अध्यक्ष साहले जानकारी गराए । मंसिर २५ गते शनिबार दिउँसो १ बजे आयोजना हुने बृहत सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको रेडियाे मै आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै उनले वताए ।

बृहत सांस्कृतीक कार्यक्रममा चर्चित कलाकारहरु प्रकाश सपुत, हेमन्त शर्मा, अस्मिता अधिकारी, एलिना चौहान, कमल खत्री, सन्जु अमात्य, सुनिल पंडित, कमेडियन सुबोध गौतमसहित कलिउड डान्स ग्रुप हेटौडाको बेजोड प्रस्तुती रहने छ ।

यस्तै, रेडियोको बार्षिकाेत्सवको अवसरमा मै मंसिर २७ गतेदेखि टिभी बीरगंजको नियमित प्रशारण समेत शुभारम्भ गरिने अध्यक्ष साहले जानकारी गराए । उनले रेडियो वीरगंजको भातृ संस्थाको रुपमा रहेका टिभी वीरगंज, रेडियो पोखरीयालाई अझ बढी माया ममता र स्नेह प्रदान गरि जनताको पहरेदारको रुपमा स्थापित गर्न विगत अझै अगाडीमा दिन पनि सहयाेग गर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा सहभागि पत्रकारहरुले मंसिर २५ गते आयाेजना हुने बृहत सांस्कृतिक कार्यक्रममा स्थानिय भाषा र लाेक सांस्कृतिलाई प्राथमिकता दिनु पर्ने सुझाव दिएका थिए । जवाफमा रेडियाेका अध्यक्ष साहले स्थानिय भाषा भाेजपुरी र सांस्कृतिलाई प्राथमिकता दिने प्रतिवद्धता समेत जनाए । 

दुई दर्जन भन्दा बढी पत्रकारहरुकाे सहभागिता रहेकाे पत्रकार सम्मेलनकाे सहजिकरण रेडियाेका उज्वल घिमिरेले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...