Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

होटलमा बन्धक बनाएर बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । जनकपुरको शिबचौकस्थित एक होटलमा बन्धक बनाएर बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले २ जनालाई पक्राउ गरेको छ ।

बालिकाकी सानी आमा शनिचेरीदेवी महराले भतिजीलाई ३ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । असोज ३ गतेदेखि ६ गतेसम्म  होटलमा बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा धनुषाको बिदेह नगरपालिका वडा नम्बर ४, ढाडीका ३० वर्षीय जितेन्द्र कुमार महरा र ३२ वर्षीय अरुणकुमार महरालाई प्रहरीले पक्राउ गरेको छ ।

बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले बताइन् । 

 तीनदिन अघि जनकपुरबाट जितेन्द्रलाई र  बिदेह नगरपालिकाबाट अरुणलाई  बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेको दुवैजनालाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले जनाए ।

 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

उच्च अदालत वीरगंजकाे ७१ प्रतिशत मुद्दा फर्छ्योट, पुराना मुद्दा पनि उल्लेख्य रूपमा घटे

वीरगंज । कर्मचारी अभाव, सीमित भौतिक पूर्वाधार र बढ्दो मुद्दाको चापबीच पनि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले आर्थिक वर्ष २०८२/८३ मा न्याय सम्पादनमा...

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...