Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

होटलमा बन्धक बनाएर बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । जनकपुरको शिबचौकस्थित एक होटलमा बन्धक बनाएर बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले २ जनालाई पक्राउ गरेको छ ।

बालिकाकी सानी आमा शनिचेरीदेवी महराले भतिजीलाई ३ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । असोज ३ गतेदेखि ६ गतेसम्म  होटलमा बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा धनुषाको बिदेह नगरपालिका वडा नम्बर ४, ढाडीका ३० वर्षीय जितेन्द्र कुमार महरा र ३२ वर्षीय अरुणकुमार महरालाई प्रहरीले पक्राउ गरेको छ ।

बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले बताइन् । 

 तीनदिन अघि जनकपुरबाट जितेन्द्रलाई र  बिदेह नगरपालिकाबाट अरुणलाई  बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेको दुवैजनालाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले जनाए ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...