Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

अधिवेशन गराउन आएकाअधिकृत पोख्रेलले दिए राजीनामा

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजिनामा दिएका छन । उनले केन्द्रीय निर्वाचन समिति संयोजकलाई पत्र लेखेर राजिनामा दिएका हुन् ।

पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै बाँकी जिल्ला अधिवेशन गराउन असमर्थ रहेको जनाएका छन । उनले राजिनामा स्वीकृतका लागि केन्द्रीय समितिलाई आग्रह गरेका छन ।

उहाँले राजीनामा पत्रमा कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिसमेतको निर्वाचन सम्पन्न गराउने गरी निर्वाचन अधिकृत तोकेकोमा आफूले जिम्मेवारी पाएलगत्तै अत्यन्त जिम्मेवारीका साथ केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन अत्यन्त उत्साहका साथ सौर्हाद्वपूर्ण वातावरणमा सफलताका साथ सम्पन्न गरेको छु, भनेका छन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...