Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

नेपाली कांग्रेस पर्सा क्षेत्र नंं. ४ काे सभापतिमा श्रीकान्त यादव

spot_img
spot_img

 वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ काे सभापतिमा श्रीकान्त यादव निर्विराेध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रिय अधिवेशमा क्षेत्रिय सभापतिमा यादव निर्विराेध निर्वाचित भएका हुन् । यस अघि यादव क्षेत्रिय सचिव थिए ।

क्षेत्रिय समितिकाे सचिवमा बलिस्टर अहमत, प्रमोद प्रसाद, सह सचिवमा संजय प्रसाद चौधरी, दुर्याेधन पाण्डे, सदस्यहरुमा सरिता कुमारी, संध्या पंडिताइन, सुरेन्द्र बहादुर क्षेत्री, दिनेश चौधरी थारु, पन्नालाल राउत कुर्मी, सुवाष प्रिसाद कुशवाहा, मोरियम खातुन, मनिकान्त गुप्ता, बिनय भूषण दुवेदी, अर्जुन साह, कुलबहादुर श्रेष्ठ, नजमा खातुन, प्रभु प्रसाद चौहान, सुनिल कुमार, मुक्ती हजरा, जाकिर हुँसैन मियाँ निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत अशोक साहले जानकारी दिए ।

यस्तै, २४ जना केन्द्रिय महाधिवेशन प्रतिनिधीहरु पनि निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत साहले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिमा सोभा शर्मा, गोमा कुमारी उपाध्याय, कमला कुमारी श्रेष्ठ, शैलदेवी राजपुत, बसिष्ठ नारायण प्रसाद कुर्मी, बृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डे, शंकर प्रसाद चौधरी, किसोरी प्रसाद कानु, रामदेव प्रसाद चौहान, सहरुम राउत गद्दी, नबिन कुमार सिंह, रामेश्वर महतो कुँवर, पंचानन्द मिश्रा, रामबहादुर श्रेष्ठ, अर्बुन नेशा, रेखा चौधरी, रामप्रसाद चौहान, श्याम किसोर प्रसाद कुर्मी, बिरेन्द्र कुमार महतो, प्रकाश खनाल, छोटेलाल दास तात्वा, डा. कृपा सिन्धु प्रसाद चौधरी र महमद नसरुलाह आलम निर्वाचित भएकाे मतदान अधिकृत साहले जानकारी गराए ।

निर्वाचित महाधिवेशन प्रतिनिधी र क्षेत्रिय समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का संयोजक रमेश रिजालले निर्वाचित भएकाे प्रमाण पत्र वितरण गरेका थिए ।

पूर्व क्षेत्रिय सभापति रमेश पाण्डेको सभापतित्वमा भएको घोषणा सभामा बोल्दै नेता रिजालले अधिवेशनमा अधिकांश नयाँ पूस्ताका युवाहरुलाई जिम्मेवारी दिइएकाे बताए ।

जगरनाथपुर गाउँपालिकाको मसियानीमा भएको कार्यक्रमकाे सहजीकरण महाधिवेशन प्रतिनिधी बृहस्पति कृष्ण श्रेष्ठले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...