Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाली कांग्रेस पर्सा क्षेत्र नंं. ४ काे सभापतिमा श्रीकान्त यादव

spot_img
spot_img

 वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ काे सभापतिमा श्रीकान्त यादव निर्विराेध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रिय अधिवेशमा क्षेत्रिय सभापतिमा यादव निर्विराेध निर्वाचित भएका हुन् । यस अघि यादव क्षेत्रिय सचिव थिए ।

क्षेत्रिय समितिकाे सचिवमा बलिस्टर अहमत, प्रमोद प्रसाद, सह सचिवमा संजय प्रसाद चौधरी, दुर्याेधन पाण्डे, सदस्यहरुमा सरिता कुमारी, संध्या पंडिताइन, सुरेन्द्र बहादुर क्षेत्री, दिनेश चौधरी थारु, पन्नालाल राउत कुर्मी, सुवाष प्रिसाद कुशवाहा, मोरियम खातुन, मनिकान्त गुप्ता, बिनय भूषण दुवेदी, अर्जुन साह, कुलबहादुर श्रेष्ठ, नजमा खातुन, प्रभु प्रसाद चौहान, सुनिल कुमार, मुक्ती हजरा, जाकिर हुँसैन मियाँ निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत अशोक साहले जानकारी दिए ।

यस्तै, २४ जना केन्द्रिय महाधिवेशन प्रतिनिधीहरु पनि निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत साहले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिमा सोभा शर्मा, गोमा कुमारी उपाध्याय, कमला कुमारी श्रेष्ठ, शैलदेवी राजपुत, बसिष्ठ नारायण प्रसाद कुर्मी, बृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डे, शंकर प्रसाद चौधरी, किसोरी प्रसाद कानु, रामदेव प्रसाद चौहान, सहरुम राउत गद्दी, नबिन कुमार सिंह, रामेश्वर महतो कुँवर, पंचानन्द मिश्रा, रामबहादुर श्रेष्ठ, अर्बुन नेशा, रेखा चौधरी, रामप्रसाद चौहान, श्याम किसोर प्रसाद कुर्मी, बिरेन्द्र कुमार महतो, प्रकाश खनाल, छोटेलाल दास तात्वा, डा. कृपा सिन्धु प्रसाद चौधरी र महमद नसरुलाह आलम निर्वाचित भएकाे मतदान अधिकृत साहले जानकारी गराए ।

निर्वाचित महाधिवेशन प्रतिनिधी र क्षेत्रिय समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का संयोजक रमेश रिजालले निर्वाचित भएकाे प्रमाण पत्र वितरण गरेका थिए ।

पूर्व क्षेत्रिय सभापति रमेश पाण्डेको सभापतित्वमा भएको घोषणा सभामा बोल्दै नेता रिजालले अधिवेशनमा अधिकांश नयाँ पूस्ताका युवाहरुलाई जिम्मेवारी दिइएकाे बताए ।

जगरनाथपुर गाउँपालिकाको मसियानीमा भएको कार्यक्रमकाे सहजीकरण महाधिवेशन प्रतिनिधी बृहस्पति कृष्ण श्रेष्ठले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...