Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

७४ बर्षीय महिलाले गरिन् गाईसँग बिहे

spot_img
spot_img

संसारमा यस्ता धेरै मानिस छन् जसले आजपनि पुनर्जन्ममा विश्वास राख्दछन् । धर्मशास्त्र अनुसार पनि मानिसले मरिसकेपछि कुनै न कुनै प्रााणीको रुपमा पुनः धर्तीमा जन्म लिन्छ ।

कम्बोडियामा एकजना महिलालाई पनि यस्तै लाग्दछ । आफ्नो त्यहीँ विश्वासका कारण ती महिलाले अनौठो कदम उठाएकी छिन् जसले निकै चर्चा कमाएको छ । कम्बोडियाको क्राटी प्रान्तमा बस्ने ७४ वर्षकी खिम हेंग नामकी ती महिलाले एउटा गाईलाई आफ्नो मृत पति ठानेर गाईसँग विवाह गरेकी छिन् । आफ्नो मृतक पति गाईको रुपमा पुनर्जन्म लिएको ती महिलाको विश्वास छ ।

आफुले पति ठानेर बिहे गरेको उक्त गाईका सबै बानी व्यहोरा आफ्नो पतिकै जस्तो रहेको उनी बताउँछिन् । सो गाई जन्मिने बित्तिकै बाट उनीसँगै धेरै समय बिताउने गरेको थियो । गाईले ती महिलाको अनुहारमा चाट्ने तथा कहिलेकाहीँ तथा मुखमै चुम्बन गर्ने पनि गर्दथ्यो । उक्त गाईले आफूलाई आफ्नो स्वर्गीय पतिले जस्तै माया गर्ने गरेको खिमको भनाइ छ । त्यसैले आफूप्रति उक्त गाईको स्नेह देखेर खिम हेंगलाई आफ्नो मृतक पति गाईको रुपमा पुनर्जन्म लिएर फर्किएको जस्तो लाग्यो ।

ती महिला मात्र होइन उनको पूरै परिवार पनि सो गाईलाई पुनर्जन्म लिएर आएकोमा पूर्ण विश्वास गर्दछन् । ती महिलाका छोरा आफ्नो मृतक पिता गाईको रुपमा पुनर्जन्म लिएकोमा ढुक्क छन् । त्यसैले उनले आफ्नी आमाले बिहे गरेको गाईको निकै सेवा गर्दछन् । महिलाले पनि पति सम्झेर बिहे गरेको गाईलाई प्रेम गर्दछिन् । घरमा सो गाई खिमसँगै रहन्छ । उक्त गाई बस्ने कोठामा उनले आफ्नो पतिले प्रयोग गर्ने गरेको सिरानी राखिदिएकी छिन् ।

आफू मरिसकेपछि पनि उक्त गाईलाई आफ्नो बुवाजस्तै गरेर माया गर्नु भनेर उनले आफ्ना छोराछोरीहरूलाई अह्राएकी छिन् । गाईको मृत्यु भए पनि मान्छेकै जस्तो गरी अन्तिम संस्कार गर्नपनि उनले आफ्ना परिवारलाई आग्रह गरेकी छिन् ।

एजेन्सी

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

स्थानीय तह र विद्यालयबीच अनुभव तथा सिकाइ आदान–प्रदान

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–३ स्थित कृषि तथा पशुपन्छी भवनमा स्थानीय तह र विद्यालयबीच अनुभव तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल अपाङ्ग...

वीरगंजमा विपद् जोखिम न्यूनीकरणबारे जनचेतना कार्यक्रम

वीरगंज । विपद्का समयमा उत्पन्न हुन सक्ने जोखिम र त्यसबाट जोगिने उपायबारे समुदायमा जनचेतना फैलाउने उद्देश्यले वीरगंजमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ...

जितपुरबाट ब्राउन सुगरसहित सखुवा प्रसाैनीका अंसारी र वीरगंजका पासवान पक्राउ

कलैया । बाराको जीतपुरबाट ८० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले...