Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

वैज्ञानिक भन्छन् : रोबटले पनि बच्चा जन्माउछन

spot_img
spot_img

वैज्ञानिकहरुले पहिलो जीवित रोबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेको पहिलो जीवित रोबट सेनोबोट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, रोबटको उत्पादन बोटबिरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुको भनाई छ । हालै गरिएको एक अध्ययनमा उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

अफ्रिकाको एउटा भ्यागुतो सेनोपोस लेभिसबाट सृजना गरिएका सेनोबोट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयोगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएको थियो । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीको वायस इन्स्टिच्युट फर बायोलोजिकल्लीका इन्जिनियरहरूले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाको प्रजनन विकास गरेको दाबी गरेका छन् । 

‘आविष्कारबाट हामी अचम्म परेका छौं’ टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् ।

‘भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउँछन् । तर, उनीहरुको बाँकी भ्रूणबाट कोषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छोडिदिने हो भने उनीहरु नयाँ ढंगले  हिँडडुल गर्ने मात्र होइन, नयँ तरिकाले प्रजनन् समेत गर्छन् ।’ उनी भन्छन् । 

रोबोट कि जीव ?

स्टिम सेल अनिश्चत कोष हुन् जसको विभिन्न प्रकारको कोषमा विकसित हुने क्षमता रहन्छ । सेनोबोट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुतोको भ्रुणको जीवित स्टिम कोषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छोडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएको थिएन् । 

‘अधिकांशले यो सोच्छन् कि रोबट धातु र माटोबाट बनेका हुन् । रोबट केबाट बन्छ भन्ने विषय गौण हो । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हो ।  प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जोश बोनगार्ड भन्छन् बाहिरी रुपमा यो रोबट नै हो तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुतोको कोषाबाट वंशानुगत रुपमा बनाइएको जीव हो ।

करिव तीन हजार कोषबाट बनाइएका सुरुमा गोलाकार देखिएका सेनोबोट्स नक्कल गर्न सकिने बोनगार्ड बताउँछन् । तर, यो दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनको भनाई छ ।

सेनोबोट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बौद्धिकताको सहयोगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अ‍ाकारमा ल्याइएको थियो । त्यो अ‍ाकार सन् १९८० को भिडियो गेम प्याक मेनसँग मिल्दथ्यो । 

यो अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...

निचुटामा ‘समावेशी शिक्षाको महत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको निचुटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक...