Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026
Home Blog Page 735

प्रदेश २ काे नामाकरण सम्बन्धमा ४ वटा प्रस्ताव पेश

0

वीरगंज । प्रदेश २ को नामकरणको विषयमा सत्ता गठबन्धन दलहरुबीच नै फरकफरक प्रस्ताव प्रस्तुत भएका छन् । बिहीबार प्रदेश सभाको बैठकमा सत्तारुढ दलहरु जसपा र माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् भने कांग्रेस र नेकपा (एस)ले फरक फरक नाम प्रस्तुत गरेका छन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले अलगअलग रुपमा ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने यसमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ ।

जसपाका तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले नामकरण प्रस्ताव पेस गरेका हुन् । उनकाे प्रस्तावमा लोसपाका तर्फबाट प्रदेश सांसद रानी शर्मा तिवारीले समर्थन गरेकी हुन् । माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साहले नामकरण सम्बन्धी प्रस्ताव पेस गरेका छन् । 

कांग्रेसले ‘मिथिला भोजपुरा’ नामको प्रस्ताव पेस गरेको छ। कांग्रेसका तर्फबाट सांसद शिवचन्द्र चौधरीले प्रस्ताव पेस गरेका हुन् ।  कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्य मधेस’ प्रदेश प्रस्ताव पेस गरेका छन् । 

त्यस्तै अर्का सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेस गरिएको हो । एकीकृत समाजवादी पार्टीका तर्फबाट कानुन तथा प्रदेश मामिलामन्त्रीले सो प्रस्ताव पेस गरेका छन् । 

प्रतिपक्षि एमालेका ७ जना प्रदेश सांसदमध्ये एकजना पनि उपस्थित नभएकाले सो दलबाट नामको प्रस्ताव आज पेस हुन सकेन । सभामुख सरोज यादवले शारदा थापाले नामकरण सम्बन्धमा पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

कूल १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना सांसद छन् । जसमा जनता समाजवादी(जसपा) ३९ सिटसहित ठूलो दलको रुपमा कायम छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, लोसपाका १६, नेकपा (एस) का १३, एमालेका ८, माओवादीका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने उल्लेख छ ।

१०७ सदस्सीय प्रदेश सभामा दुई तिहाइ संख्या पुर्‍याउनका लागि ७२ जना सांसद आवश्यक देखिन्छ । हाल सत्तारुढ गठबन्धनभित्रै फरक-फरक प्रस्ताव आएकाले कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ पुर्‍याउनका लागि कठिनाइ देखिएको छ ।

हाल मधेस प्रदेशको पक्षमा उभिएका जसपा,लोसपा र माओवादी केन्द्रको कूल सांसद संख्या ६३ छ । बहुमत जुटाउनका लागि यी दलहरुलाई थप ९ सांसदको समर्थन चाहिन्छ । यसका लागि सत्ता गठबन्धनमा भएको कांग्रेस वा नेकपा(एस) दुईमध्ये एकले समर्थन गर्नुपर्ने देखिन्छ । तर, यी दुवै दलले आफ्ना छुट्टै प्रस्ताव पेस गरेका छन् ।

यदि कांग्रेस र नेकपा(एस)ले आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउनका लागि जसपा,लोसपा,माओवादी केन्द्र वा एमालेको समर्थन जुटाउनुपर्ने हुन्छ । तर, यी दुवै दललाई ठूलो संख्या आवश्यक पर्ने भएकाले सहमति जुटाउन कठिनाई हुने देखिन्छ ।

नामकरणका लागि पेस भएका प्रस्तावहरूमध्ये कुनै एकको पक्षमा दुई तिहाइ पुर्‍याउनुपर्दा चारवटा दलहरु मिल्नुपर्ने देखिन्छ । तर, जसपा आफ्नै अडानमा कायम रहे प्रदेशका अरु सबै दल मिले पनि दुई तिहाइ पुग्‍ने देखिन्न ।

यसअघि करिब डेढ वर्षअघि पनि प्रदेश सभाको नामकरणका लागि भएको मतदानमा दुई तिहाइ बहमुत नपुगेपछि प्रस्तावहरु फेल भएकाे थियाे । बिहीबार प्रस्ताव गरिएका नामहरुमा पनि दलहरुबीच सहमति नहुँदा सबै प्रस्तावहरू अस्वीकृत हुने खालको अवस्था देखा परेको छ ।

हिन्दु परिषद नेपालले वीरगंजमा राष्ट्रिय सम्मेलन गर्दै

0

वीरगंज । हिन्दू परिषद नेपालले वीरगंजमा यही पौष ९ र १० गते राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम गर्न लागेको जनाएको छ । परिषदले बिहीबार सोल्टी गार्डेन होटल एंड पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरि सो सम्मेलन एवं प्रशिक्षणको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

पुस ९ गते बिहान ११ बजे कार्यक्रमको उदघाटन हुने र त्यसपछि ५ बजे देखि सांस्कृतिक कार्यक्रम र त्यसैगरी १० गते प्रशिक्षण एवं हिन्दू धर्म संस्कृतिमाथि योग्दान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने परिषद्का अध्यक्ष संतोष पटेलले बताए ।

परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलले देशको ७२ जिल्लामा परिषदकाे कमिटि रहेको जनाउँदै जिल्लाको हरेक कमिटिबाट एक जना अध्यक्ष र एक जना सचिव गरी दुई जनाको अनिवार्य सहभागीता हुने बताए । सो सम्मेलनमा करिब ४ सय सहभागी हुने जनाउँदै सहभागी सम्पूर्णलाई निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको अध्यक्ष पटेलले पत्रकार सम्मेलनमा बताए ।

सो सम्मेलनको मुख्य उदेश्य भनेको नेपाललाई हिन्दू राष्ट्र गराउनु रहेको चर्चा गर्दै प्रशिक्षणमा सहभागी सम्पूर्ण हिन्दूलाई एकजुट बनाई परिषद्लाई झनै मबजुत बनाउन फलदायी हुने बताए ।

दुई दिने सो कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवाहरू डा. चिन्तामणी योगी, डा. सुरेन्द्र भण्डारी, धर्मपाल गुरु, डा. दिपक शाक्य, प्रोफेसर बासु कर्ण, अरबिन्द श्रेष्ठ लगायतकाले प्रशिक्षण दिनु हुने कार्यक्रम तय भएको अध्यक्ष पटेलले बताए ।

कार्यक्रममा सहभागी हुनकालागि हिन्दू परिषदले सम्पूर्ण सनातनी, ओमकार, हिन्दू समाजलाई हिन्दू परिषदले खुल्ला आमन्त्रण समेत गरेको छ ।

पत्रकार सम्मेलनमा परिषदका केन्द्रिय उपाध्यक्ष विजय गुप्ता, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, समाजसेवी जगरनाथ प्रसाद कुर्मी, केन्द्रिय सदस्य सचितानन्द दुबे, रमेश रौनियार, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, रौतहट जिल्ला उपाध्यक्ष रंजित पटेल, सुरेश साह कानु, लालबाबु प्रसाद कुर्मी, विनोद प्रसाद कुर्मी, चिरञ्जन श्रीवास्तव, पिंकी महासेठ, अरुण झा लगायतको सहभागिता रहेको थियो ।

अल्लु अर्जुनको फिल्म हिन्दी बेल्टमा पनि धमाल मचाउदै: पुष्पा द राइज

0

भर्खरको तेलुगु फिल्म पुष्पा: द राइजको बक्स अफिस संग्रहले सबैलाई चकित पारेको छ।  विशेष गरी हिन्दी बेल्टमा रिलिज भएको पाँच दिनमै फिल्मले उत्तर भारतमा २० करोड भारुभन्दा अलि बढी कलेक्सन गरेको छ ।

र यो कुनै सानो उपलब्धि होइन जब सबै चीजहरूलाई ध्यानमा राखिन्छ। दक्षिण भारतीय राज्यहरूको विपरीत, पुष्पाले उत्तरी राज्यहरूमा व्यापक प्रक्षेपण पाएनन्। यसले मार्वसँग कडा प्रतिस्पर्धाको सामना पनि गर्यो ।

सिंगल स्क्रिनका संरक्षकहरूमध्ये पुष्पा शीर्ष रोजाइमा परेको देखिन्छ, जबकि मल्टिप्लेक्सहरूमा शोहरूको संख्या पनि लगातार बढिरहेको छ। क्रिकेट ड्रामा ८३ सिनेमा हलमा आउनु अघि चलचित्रले आफ्नो माथिको प्रवृत्तिलाई निरन्तरता दिन अझै दुई दिन बाँकी छ।

बलिउड स्टार अक्षय कुमारले पनि पुष्पाको हिन्दी संस्करणको सफलतालाई बधाई दिएका छन् । “बधाई @alluarjun तपाईंले भारतभरबाट प्राप्त गर्नुभएको ठूलो प्रतिक्रियाको लागि।

“म तमिलबाट, कर्नाटकदेखि केरला र उत्तरभरका दर्शकहरूलाई धन्यवाद दिन चाहन्छु – सबैले फिल्मलाई राम्रोसँग स्वागत गरिरहेका छन्। म तेलुगु सिनेमा, पुष्पा र थिएटरहरूमा फर्केर आउनु भएकोमा यति धेरै माया दिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। र म धेरै खुसी छु कि भारतीय सिनेमा फेरि चम्किरहेको छ। जय हिन्द। धन्यवाद,’ अल्लु अर्जुनले पुष्पाको सफलता मनाउन आयोजित कार्यक्रममा भने ।

रामगढवामा नि: शुल्क आँखा शिविर सम्पन्न

0
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रामगढवास्थित कुर्मी धर्मशालामा बुधबार नि: शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । 
 
साहिब दरबार सेवा संस्थान, नेपालको आयोजना र माट्रिका आई फाउन्डेसनको सहयोगमा भएकाे शिविरमा ११८ जनाको आँखा आँखा परिक्षण गराएका थिए । जस मध्ये ४९ जनाको आँखामा मोतियाबिन्दु फेला परेकाे आयाेजक संस्थाका मुकेश द्विवेदीले जानकारी दिए । जसको यहीँ बिहीबार र शुक्रबार नि:शुल्क शल्यक्रिय गरिने उनले जानकारी गराए ।
 
शिविरमा संस्थानका राजेश मान सिंह, प्रेमबाबु पटेल, उमेशलाल सहनी, मुकेश द्विवेदी, वकिल हवारी, संजीव यादव, रामानन्द पटेल, शशी पाण्डे, इन्द्र नारायण झा, विजय पडित, दिलिप साह, दिलिप पटेल, भुवन पटेल, सुशील पटेल लगायतको उपस्थिति रहेको थियोे ।

दिब्य युवा क्लबकाे १५ औं सामाजिक लेखाजाेखा कार्यक्रम सम्पन्न

0

वीरगंज । दिब्य युवा क्लब, पर्साकाे १५ औं सामाजिक लेखाजाेखा कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । ईमान्दारिता, पारदर्शीता तथा जवाफदेहितकाे लागि वीरगंजकाे लिंक राेडस्थित कुमु प्यालेस हाेटलमा आयाेजित कार्यक्रम सम्पन्न भएकाे हाे ।

 कार्यक्रममा पटेर्वा सुगाैली गाउँपालिकाकी मिना देवि थारु स्थानिय अधिकार कार्यक्रमबाट र पकहा मैनपुर गाउँपालिकाकी ललिता देवी पासवानले समुनिती परियोजनाबाट आफुहरु लभान्वित भएकाे वताए ।

यस्तै, जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ पिडारी गूठीका दृस्टिविहिन बालक कन्हैया साह आफु किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रमबाट लभान्वित भएकाे वताए । कार्यक्रममा वाेल्दै उनले परियाेजनाका कारण आफुले पढन पाएको वताए ।

उनले भने “त्यस भन्दा पहिला आफू पनि पढन सक्छु भने थाहा थिएन तर परियोजना संचालन भएपछि पढन सकिन्छ र केही गर्न सकिन्छ भने थाहा भयाे । पहिला कसैले पनि माया पनि गर्दैन थियो । अहिले सबले गर्छ र अहिले मलाई केही परियाेजना कै कारण केही गर्न सकिन्छ होसला पाएको छु ।”

 कक्षामा ३ अध्ययनरत कन्हैयाले आफुलाई परियाेजना कै कारण अहसले आफुले ल्यापटप र मोबाईल पनि चलाउन सकेकाे वताए ।

संस्थाले हाल एक्सनएडकाे सहयाेगमा स्थानिय अधिकार कार्यक्रम, महिला अधिकार कार्यक्रम, भिएसाे नेपालकाे सहयाेगमा किशाेरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम, महानगरपालिकाकाे सहयाेगमा सामी परियाेजना र महिला सशक्तिकरण कार्यक्रम संचालन गर्दै आएकाे छ । 

दिब्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरकाे अध्यक्षता र वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पाेखिरया नगरपालिकाकी उप प्रमुख सलमा खातुन, पकाहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुसुमी देवी, वीरगंज महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख रामदयाल प्रसाद यादव, पटेर्वा सुगाैली गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साह, हेल्भेटाका सामी परियाेजनाका कार्यक्रम अधिकृत शिवचरण साह, दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रमकाे संयाेजक गणेश ठकुरी लगायतकाले मन्तव्य राखेका थिए ।

चाेरी मुद्दाका आराेपित अजय पक्राउ, अझै ३ जना फरार

0

वीरगंज । चाेरी मुद्दाका आराेपित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ निवासी अजय कुमार साहलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरास्थित मुनिलाल साहकाे घरमा चाेरी गरेकाे आराेपमा प्रहरीले अजयलाई पक्राउ गरे पनि अझै ३ जना फरार रहेका छन् । साेही चाेरी मुद्दाका वीरगंज महानगरपालिकाकाे वडा नं. १४ निवासी रवि कुमार साह, मुन्ना देवी र साेनी कुमारी फरार रहेका छन् ।

२०७८ साल जेठ महिनामा घरमा भएकाे चाेरीकाे मुद्दा प्रहरीले दर्ता नगरेपछि पिडितले उच्च अदालत मार्फत परमादेशकाे माध्यमले मुद्दा दर्ता गराएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साले साेमबार अजयलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडी बढाएकाे हाे ।   

गत जेठ महिना मै चाेरीमा सलंगन रहेका व्यक्तिहरु र पिडित परिवार बिच कुटाकुट भएकाे थियाे । त्यसपछि पिडित मुनिलालकी बुहारी साेनीले दिएकी जाहेरी दरखास्तकाे आधारमा मुनिलाल र उनका छाेरा प्रभाकर साह, अनिल कुमार साह, दिवाकर साहसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक कसुर विरुद्धकाे मुद्दा चलाएकाे थियाे ।

साेही समयमा वीरगंज १४ पिपरास्थित घरमा काेही नभएकाे बेला एकलै बस्दै आएकी साेनीकाे सलंगनतामा चाेरी भएकाे मुनिलालले किटानी जाहेरी दर्ता गराएका थिए ।

मुनिलालकाे जेठाे छाेरा अनिलसंग भारतकाे जिल्ला माेतिहारी सरैया निवासी साेनीकाे ३ बर्ष अगाडी बिहे भएपनि साेनीकाे आचरण ठिक नरहेकाे भन्दै अनिलले सम्बन्ध विच्छेदकाे लागि जिल्ला अदालत पर्सामा दिएकाे मुद्दा अहिले विचारधिन अवस्थामा रहेकाे छ ।

चाेरीमा सलंगन रहेकाे आराेपितहरु साेनीकाे नातामा पर्ने भाई र बहिनी हुन् ।

फाेनिज पर्साकाे अध्यक्षमा भुजेल सर्वसहमत चयन

0
वीरगंज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) पर्साकाे तेस्राे जिल्ला अधिवेशन बुधबार सम्पन्न भएकाे छ । हाेटल सिटीईनमा भएकाे अधिवेशनले अजित भूजेलकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसहमत चयन गरेकाे छ ।
 
जुन समितिकाे उपाध्यक्ष मूनेश लायाे मगर, सचिव राम मण्डल, सह सचिव एञ्जल चाैधरी, काेषाध्यक्ष संताेष रञ्जितकार, सदस्य उत्तम खड्गी, मेघराज राय, दिपेन्द्र चाैधरी, शेखर चाैधरी, सञ्जय दास थारू, रामकिशाेर चाैधरी सर्वसहमत चयन भएका छन् ।
 
यस्तै, सम्पन्न अधिवेशनले प्रदेश प्रतिनिधि पुनम चाैधरी, शम्भु महताे थारू, केन्द्रीय प्रतिनिधि ओमप्रकाश चाैधरी
र कुसुमलाल श्रेष्ठलाई चयन गरेकाे फाेनिज प्रदेश २ का इन्चार्ज निरज पिठानकाेठे मगरले जानकारी दिए । 

समाजवादी प्रेस संगठन पर्साकाे भेला पुस १२ गते हुने

0

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साकाे प्रचार विभागकाे बैठक बुधबार सम्पन्न भएकाे छ । वीरगंजकाे राधेमाईस्थित पार्टी कार्यालयमा बसेकाे बैठकले समाजवादी प्रेस संगठन नेपाल पर्साकाे जिल्ला भेला पुस १२ गते साेमबारका दिन गर्ने निर्णय गरेकाे छ ।

पार्टी प्रचार विभाग प्रमुख एवम् समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य राघव साहकाे अध्यक्षतामा सम्पन्न बैठकले एकीकृत समाजवादी निकटका समाजवादी प्रेस संगठन नेपालमा आवद्ध हुने इच्छुक पर्सेली क्रियाशिल संचारकर्मीहरुले जिल्ला भेला अघावै सदस्यता लिन आव्हान समेत गरेकाे छ ।

बैठकमा वाेल्दै एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापाले समाजवादकाे बारेमा ब्याख्या गर्दै संगठनलाई चुस्त, दुरुस्त बनाएर लग्नु पर्ने सुझाए । उनले संगठनमा क्रियाशिल संचारकर्मीलाई प्राथमिकता दिई संगठन निर्माण गर्नु पर्नेमा जाेड दिएका थिए ।

सम्पन्न बैठकमा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, प्रेस संगठनका केन्द्रिय सदस्यद्वय बृजलाल पासवान, रेबिन्द्र कार्की, समाजवादी प्रेस संगठनका नेता मनाेज पटेल, सराेज खड्का लगायतकाे उपस्थिती रहेकाे थियाे ।