Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

चाेरी मुद्दाका आराेपित अजय पक्राउ, अझै ३ जना फरार

spot_img
spot_img

वीरगंज । चाेरी मुद्दाका आराेपित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ निवासी अजय कुमार साहलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरास्थित मुनिलाल साहकाे घरमा चाेरी गरेकाे आराेपमा प्रहरीले अजयलाई पक्राउ गरे पनि अझै ३ जना फरार रहेका छन् । साेही चाेरी मुद्दाका वीरगंज महानगरपालिकाकाे वडा नं. १४ निवासी रवि कुमार साह, मुन्ना देवी र साेनी कुमारी फरार रहेका छन् ।

२०७८ साल जेठ महिनामा घरमा भएकाे चाेरीकाे मुद्दा प्रहरीले दर्ता नगरेपछि पिडितले उच्च अदालत मार्फत परमादेशकाे माध्यमले मुद्दा दर्ता गराएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साले साेमबार अजयलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडी बढाएकाे हाे ।   

गत जेठ महिना मै चाेरीमा सलंगन रहेका व्यक्तिहरु र पिडित परिवार बिच कुटाकुट भएकाे थियाे । त्यसपछि पिडित मुनिलालकी बुहारी साेनीले दिएकी जाहेरी दरखास्तकाे आधारमा मुनिलाल र उनका छाेरा प्रभाकर साह, अनिल कुमार साह, दिवाकर साहसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक कसुर विरुद्धकाे मुद्दा चलाएकाे थियाे ।

साेही समयमा वीरगंज १४ पिपरास्थित घरमा काेही नभएकाे बेला एकलै बस्दै आएकी साेनीकाे सलंगनतामा चाेरी भएकाे मुनिलालले किटानी जाहेरी दर्ता गराएका थिए ।

मुनिलालकाे जेठाे छाेरा अनिलसंग भारतकाे जिल्ला माेतिहारी सरैया निवासी साेनीकाे ३ बर्ष अगाडी बिहे भएपनि साेनीकाे आचरण ठिक नरहेकाे भन्दै अनिलले सम्बन्ध विच्छेदकाे लागि जिल्ला अदालत पर्सामा दिएकाे मुद्दा अहिले विचारधिन अवस्थामा रहेकाे छ ।

चाेरीमा सलंगन रहेकाे आराेपितहरु साेनीकाे नातामा पर्ने भाई र बहिनी हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...