Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

चाेरी मुद्दाका आराेपित अजय पक्राउ, अझै ३ जना फरार

spot_img
spot_img

वीरगंज । चाेरी मुद्दाका आराेपित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ निवासी अजय कुमार साहलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरास्थित मुनिलाल साहकाे घरमा चाेरी गरेकाे आराेपमा प्रहरीले अजयलाई पक्राउ गरे पनि अझै ३ जना फरार रहेका छन् । साेही चाेरी मुद्दाका वीरगंज महानगरपालिकाकाे वडा नं. १४ निवासी रवि कुमार साह, मुन्ना देवी र साेनी कुमारी फरार रहेका छन् ।

२०७८ साल जेठ महिनामा घरमा भएकाे चाेरीकाे मुद्दा प्रहरीले दर्ता नगरेपछि पिडितले उच्च अदालत मार्फत परमादेशकाे माध्यमले मुद्दा दर्ता गराएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साले साेमबार अजयलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडी बढाएकाे हाे ।   

गत जेठ महिना मै चाेरीमा सलंगन रहेका व्यक्तिहरु र पिडित परिवार बिच कुटाकुट भएकाे थियाे । त्यसपछि पिडित मुनिलालकी बुहारी साेनीले दिएकी जाहेरी दरखास्तकाे आधारमा मुनिलाल र उनका छाेरा प्रभाकर साह, अनिल कुमार साह, दिवाकर साहसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक कसुर विरुद्धकाे मुद्दा चलाएकाे थियाे ।

साेही समयमा वीरगंज १४ पिपरास्थित घरमा काेही नभएकाे बेला एकलै बस्दै आएकी साेनीकाे सलंगनतामा चाेरी भएकाे मुनिलालले किटानी जाहेरी दर्ता गराएका थिए ।

मुनिलालकाे जेठाे छाेरा अनिलसंग भारतकाे जिल्ला माेतिहारी सरैया निवासी साेनीकाे ३ बर्ष अगाडी बिहे भएपनि साेनीकाे आचरण ठिक नरहेकाे भन्दै अनिलले सम्बन्ध विच्छेदकाे लागि जिल्ला अदालत पर्सामा दिएकाे मुद्दा अहिले विचारधिन अवस्थामा रहेकाे छ ।

चाेरीमा सलंगन रहेकाे आराेपितहरु साेनीकाे नातामा पर्ने भाई र बहिनी हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...