Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

समाजवादी प्रेस संगठन पर्साकाे भेला पुस १२ गते हुने

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साकाे प्रचार विभागकाे बैठक बुधबार सम्पन्न भएकाे छ । वीरगंजकाे राधेमाईस्थित पार्टी कार्यालयमा बसेकाे बैठकले समाजवादी प्रेस संगठन नेपाल पर्साकाे जिल्ला भेला पुस १२ गते साेमबारका दिन गर्ने निर्णय गरेकाे छ ।

पार्टी प्रचार विभाग प्रमुख एवम् समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य राघव साहकाे अध्यक्षतामा सम्पन्न बैठकले एकीकृत समाजवादी निकटका समाजवादी प्रेस संगठन नेपालमा आवद्ध हुने इच्छुक पर्सेली क्रियाशिल संचारकर्मीहरुले जिल्ला भेला अघावै सदस्यता लिन आव्हान समेत गरेकाे छ ।

बैठकमा वाेल्दै एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापाले समाजवादकाे बारेमा ब्याख्या गर्दै संगठनलाई चुस्त, दुरुस्त बनाएर लग्नु पर्ने सुझाए । उनले संगठनमा क्रियाशिल संचारकर्मीलाई प्राथमिकता दिई संगठन निर्माण गर्नु पर्नेमा जाेड दिएका थिए ।

सम्पन्न बैठकमा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, प्रेस संगठनका केन्द्रिय सदस्यद्वय बृजलाल पासवान, रेबिन्द्र कार्की, समाजवादी प्रेस संगठनका नेता मनाेज पटेल, सराेज खड्का लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...