Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

समाजवादी प्रेस संगठन पर्साकाे भेला पुस १२ गते हुने

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साकाे प्रचार विभागकाे बैठक बुधबार सम्पन्न भएकाे छ । वीरगंजकाे राधेमाईस्थित पार्टी कार्यालयमा बसेकाे बैठकले समाजवादी प्रेस संगठन नेपाल पर्साकाे जिल्ला भेला पुस १२ गते साेमबारका दिन गर्ने निर्णय गरेकाे छ ।

पार्टी प्रचार विभाग प्रमुख एवम् समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य राघव साहकाे अध्यक्षतामा सम्पन्न बैठकले एकीकृत समाजवादी निकटका समाजवादी प्रेस संगठन नेपालमा आवद्ध हुने इच्छुक पर्सेली क्रियाशिल संचारकर्मीहरुले जिल्ला भेला अघावै सदस्यता लिन आव्हान समेत गरेकाे छ ।

बैठकमा वाेल्दै एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापाले समाजवादकाे बारेमा ब्याख्या गर्दै संगठनलाई चुस्त, दुरुस्त बनाएर लग्नु पर्ने सुझाए । उनले संगठनमा क्रियाशिल संचारकर्मीलाई प्राथमिकता दिई संगठन निर्माण गर्नु पर्नेमा जाेड दिएका थिए ।

सम्पन्न बैठकमा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, प्रेस संगठनका केन्द्रिय सदस्यद्वय बृजलाल पासवान, रेबिन्द्र कार्की, समाजवादी प्रेस संगठनका नेता मनाेज पटेल, सराेज खड्का लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...