Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

दिब्य युवा क्लबकाे १५ औं सामाजिक लेखाजाेखा कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । दिब्य युवा क्लब, पर्साकाे १५ औं सामाजिक लेखाजाेखा कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । ईमान्दारिता, पारदर्शीता तथा जवाफदेहितकाे लागि वीरगंजकाे लिंक राेडस्थित कुमु प्यालेस हाेटलमा आयाेजित कार्यक्रम सम्पन्न भएकाे हाे ।

 कार्यक्रममा पटेर्वा सुगाैली गाउँपालिकाकी मिना देवि थारु स्थानिय अधिकार कार्यक्रमबाट र पकहा मैनपुर गाउँपालिकाकी ललिता देवी पासवानले समुनिती परियोजनाबाट आफुहरु लभान्वित भएकाे वताए ।

यस्तै, जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ पिडारी गूठीका दृस्टिविहिन बालक कन्हैया साह आफु किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रमबाट लभान्वित भएकाे वताए । कार्यक्रममा वाेल्दै उनले परियाेजनाका कारण आफुले पढन पाएको वताए ।

उनले भने “त्यस भन्दा पहिला आफू पनि पढन सक्छु भने थाहा थिएन तर परियोजना संचालन भएपछि पढन सकिन्छ र केही गर्न सकिन्छ भने थाहा भयाे । पहिला कसैले पनि माया पनि गर्दैन थियो । अहिले सबले गर्छ र अहिले मलाई केही परियाेजना कै कारण केही गर्न सकिन्छ होसला पाएको छु ।”

 कक्षामा ३ अध्ययनरत कन्हैयाले आफुलाई परियाेजना कै कारण अहसले आफुले ल्यापटप र मोबाईल पनि चलाउन सकेकाे वताए ।

संस्थाले हाल एक्सनएडकाे सहयाेगमा स्थानिय अधिकार कार्यक्रम, महिला अधिकार कार्यक्रम, भिएसाे नेपालकाे सहयाेगमा किशाेरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम, महानगरपालिकाकाे सहयाेगमा सामी परियाेजना र महिला सशक्तिकरण कार्यक्रम संचालन गर्दै आएकाे छ । 

दिब्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरकाे अध्यक्षता र वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पाेखिरया नगरपालिकाकी उप प्रमुख सलमा खातुन, पकाहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुसुमी देवी, वीरगंज महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख रामदयाल प्रसाद यादव, पटेर्वा सुगाैली गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु प्रसाद साह, हेल्भेटाका सामी परियाेजनाका कार्यक्रम अधिकृत शिवचरण साह, दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रमकाे संयाेजक गणेश ठकुरी लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...