Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

हिन्दु परिषद नेपालले वीरगंजमा राष्ट्रिय सम्मेलन गर्दै

spot_img
spot_img

वीरगंज । हिन्दू परिषद नेपालले वीरगंजमा यही पौष ९ र १० गते राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम गर्न लागेको जनाएको छ । परिषदले बिहीबार सोल्टी गार्डेन होटल एंड पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरि सो सम्मेलन एवं प्रशिक्षणको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

पुस ९ गते बिहान ११ बजे कार्यक्रमको उदघाटन हुने र त्यसपछि ५ बजे देखि सांस्कृतिक कार्यक्रम र त्यसैगरी १० गते प्रशिक्षण एवं हिन्दू धर्म संस्कृतिमाथि योग्दान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने परिषद्का अध्यक्ष संतोष पटेलले बताए ।

परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलले देशको ७२ जिल्लामा परिषदकाे कमिटि रहेको जनाउँदै जिल्लाको हरेक कमिटिबाट एक जना अध्यक्ष र एक जना सचिव गरी दुई जनाको अनिवार्य सहभागीता हुने बताए । सो सम्मेलनमा करिब ४ सय सहभागी हुने जनाउँदै सहभागी सम्पूर्णलाई निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको अध्यक्ष पटेलले पत्रकार सम्मेलनमा बताए ।

सो सम्मेलनको मुख्य उदेश्य भनेको नेपाललाई हिन्दू राष्ट्र गराउनु रहेको चर्चा गर्दै प्रशिक्षणमा सहभागी सम्पूर्ण हिन्दूलाई एकजुट बनाई परिषद्लाई झनै मबजुत बनाउन फलदायी हुने बताए ।

दुई दिने सो कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवाहरू डा. चिन्तामणी योगी, डा. सुरेन्द्र भण्डारी, धर्मपाल गुरु, डा. दिपक शाक्य, प्रोफेसर बासु कर्ण, अरबिन्द श्रेष्ठ लगायतकाले प्रशिक्षण दिनु हुने कार्यक्रम तय भएको अध्यक्ष पटेलले बताए ।

कार्यक्रममा सहभागी हुनकालागि हिन्दू परिषदले सम्पूर्ण सनातनी, ओमकार, हिन्दू समाजलाई हिन्दू परिषदले खुल्ला आमन्त्रण समेत गरेको छ ।

पत्रकार सम्मेलनमा परिषदका केन्द्रिय उपाध्यक्ष विजय गुप्ता, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, समाजसेवी जगरनाथ प्रसाद कुर्मी, केन्द्रिय सदस्य सचितानन्द दुबे, रमेश रौनियार, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, रौतहट जिल्ला उपाध्यक्ष रंजित पटेल, सुरेश साह कानु, लालबाबु प्रसाद कुर्मी, विनोद प्रसाद कुर्मी, चिरञ्जन श्रीवास्तव, पिंकी महासेठ, अरुण झा लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...