[real3dflipbook id=”306″]
पर्सागढीमा ग्रीन पार्क निर्माणको लागि सर्भे
वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका ग्रीन पार्क निर्माणको लागि सर्भे गरिएकाे छ । नगरपालिकाकाे वडा नं. ३ बढनिहारस्थित पुर्बी भागमा रहेको बन क्षेत्र भित्र ग्रिन पार्क निर्माणकाे लागि सर्भे गरिएकाे प्रदेश सभा सदस्य राजेश्वर साहले वताए ।
मधेश प्रदेश प्रदेश सरकारकाे १६ कराेडकाे लागतमा निर्माण हुने पार्क स्थलकाे स्थलगत सर्भे गरिएकाे हाे ।
सर्भे टाेलीमा प्रदेश सदस्य प्रसाद साहसहित पर्सागढी नगरपालिकाकी उप-मेयर अर्चना चौधरी, पर्सा राष्ट्रिय निकुन्जको वाडेन मनोज साह, भौतिक पुर्वधारको बिकास प्रमुख सञ्जय साह, ईन्जिनियर मनिष महर्जन, जिल्ला बन कार्यलयको निमित प्रमुख फरमान मियाँ, वडाध्यक्ष अध्यक्ष किसुन देव यादव, बेदमन दास थरु, सुक्मान तमाङ लगायतकाे सहभागिता रहेकाे थियाे ।
आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ ।
आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्रभित्रका कोभिड प्रभावित एक हजार परिवारलाई राहत वितरण गरिएको हो । वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, दुई केजी आयोनुन, दुई केजी चिनी, दुई लिटर सनफ्लावर तेल, एक केजी सर्फ, पाँच गोटा साबुन, सर्जिकल फेस मास्क ५० वटाको एक प्याकेट, सेनटाइजर ५०० एमएलको एक थान र एक थान हलुका ब्ल्याङ्केट रहेको छ ।
आसमानका नीति सल्लाहकार गुरु सुवेदीले इटहरीका ३०० र दुहबीका ३०० घरपरिवारलाई राहत वितरण भइसकेको जानकारी दिँदै विराटनगर महानगरपालिका क्षेत्रका ४०० घरपरिवारलाई छिट्टै राहत वितरण गरिने बताउनुभयो । आसमान नेपालले कोभिड प्रभावित परिवारलाई मानवीय सहायता उपलब्ध गराउने अभियानलाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाएको श्री सुवेदीले जानकारी दिनुभयो ।
एमालेले सातवटै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण गर्ने
काठमाडौँ । नेकपा (एमाले) ले सातै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय तह निर्वाचनको तयारीका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालिएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगाामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । महासचिव शङ्कर पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो ।
दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन काठमाडौँबाट एकै साथ अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नु हुनेछ । उद्घाटनमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी रहनुहुनेछ । प्रचार विभाग उपप्रमुख रिजालका अनुसार प्रशिक्षण कार्यक्रम प्रदेश नं १ मा फागुन १ र २ गते विराटनगरमा, मधेस प्रदेशको फागुन ३ र ४ गते जनकपुरमा, बागमती प्रदेशको फागुन ६ र ७ गते काठमाडौँमा, गण्डकी प्रदेशको फागुन ८ र ९ गते पोखरामा, लुम्बिनी प्रदेशको फागुन ११ र १२ बुटवल र दाङमा, कर्णाली प्रदेशको फागुन १४ र १५ गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको फागुन १६ र १७ गते धनगढीमा हुनेछ ।
प्रशिक्षणमा दशौँ राष्ट्रिय महाधिवेशन÷विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण ः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषय, स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभव, स्थानीय तह निर्वाचनको तयारी ः राजनीतिक, कानूनी र व्यावहारिक पक्षका विषयमा विभिन्न नेताले दिने प्रशिक्षण हुनेछ ।
प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इञ्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेशअन्तर्गत सबै जिल्ला कमिटी इञ्चार्ज÷सहइञ्चार्ज सहभागी हुनेछन् । सबै जिल्ला कमिटी पदाधिकारी, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुख, एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख, एमालेबाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुख पनि प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।
मोटरसाइकल चोरी गरी भाग्दै गरेकाे पटेल पक्राउ
वीरगंज । प्रहरीले वीरगंजबाट एक जना माेटर साइकल चाेरलाई पक्राउ गरेकाे छ । बाराकाे परवानीपुर गाउँपालिका वडा नं.५ बहुअरी बस्ने वर्ष २० को साहिल पटेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।
वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२१ बस्ने बिश्वास प्रसाद पटेलको नाममा दर्ता रहेको ना.६३ प ९२७४ नम्बरको कालो रातो रंगको १५० सिसिको पल्सर माेटरसाइकल चाेरी गरेकाे आराेपमा पटेललाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
वीरगंज महानगरपालिकाकाे वडा नं. १५ स्थित ओम होटल एण्ड पार्टी प्यालेस अगाडि पार्किङ गरी राखिएको माेटरसाइकलकाे लक तोडी चाेरी गरी भाग्दै गरेकाे पटेललाई साेमबार राती ११ बजे पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरी नियन्त्रमा रहेका पटेलमाथी चाेरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले वताए ।
सेन्चुरी बैंकद्वारा केडिया आँखा अस्पताललाई पंखा सहयाेग
वीरगंज । सेन्चुरी कमर्सियल बैंक वीरगंज शाखाले आर.एम. केडिया आँखा अस्पताललाई पंखा सहयाेग गरेकाे छ । बैंकले एक कार्यक्रमका बिच सोमबार संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत अस्पतालाई रु. ५० हजार पर्ने २० वटा पंखा सहयाेग गरेकाे हाे ।
बैंकका प्रदेश प्रमुख सुभाष शर्मा, शाखा प्रमुख शिवनाथ प्रसाद साहले अस्पताल समितिका कोषध्यक्ष प्रदीप केडिया तथा नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष तथा केन्द्रि प्रतिनिधि श्याम कुमार पोखरेललाई साे पंखा हस्तान्तरण गरेका हुन् ।
पंखा हस्तान्तरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख शर्माले निकै कम समयमा सेन्चुरी कमर्सियल बैंकले उन्नतिशील प्रगति हासिल गरेको जानकारी गराए । उनले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सेवाग्राहीहरुलाई गर्मीमा शितलता प्रदान गर्नका लागि पंखा सहयाेग गरिएकाे वताए ।
अस्पतालका कोषाध्यक्ष प्रदीप केडिया, नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष तथा केन्द प्रतिनिधि श्याम कुमार पोखरेल लगायतका बक्ताहरुले यस्तो समाजिक कार्य गर्नै सेन्चुरी कमर्सियल बैंकका सम्पूर्ण टीमलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा अस्पतालका नि.मेडिकल डायरेक्टर डा. नितिन तुल्स्यान, डा. गोविन्द गुरुङ्ग, अस्पतालका कर्मचारीहरु श्रीकान्त कानु, शिवशंकर प्रसाद, गजेन्द्र देव, रासदेव साह लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका वरिष्ठ अस्पताल प्रशासक प्रकाश कुमार वर्माले गरेका थिए ।
जिराभवानीमा ट्याक्टरकाे ठक्करले आमा-छोरीको मृत्यु
वीरगन्ज : पर्साकाे जिराभवानी गाँउपालिका वडा नं. ४ भवानीपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको छ । ना.४ त ८१३६ नम्बरको ट्याक्टरले बा ५५ प ६५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेमा भवानीपुरकै २७ वर्षीया विद्यादेवी थरुनी र उनकी छोरी ३ वर्षीया अनन्या कुमारी रहेका छन् । छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको हो । आमा विद्यादेवीको वीरगंजस्थित नेशन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
दुर्घटनामा मोटरसाइकल चालक मृतक विद्यादेवीका पति अनिल महत्तो सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बेलुकी धार्मिकस्थल भाथाबाट तीर्थालु लिएर फर्कदै गरेको ट्याक्टरले भवानीपुरको सडकमा तीन जना सवार मोटरसाइकललाइ ठक्कर दिएको थियो ।
ट्याक्टरका चालक पर्साकै जगरनाथपुर गाउँपालिका -२ निवासी ५० वर्षीय सुरेन्द्रराम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए।












