Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीमा सोनाम ल्होछारकाे अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । पर्साकाे ठोरी गाउँपालिका वडा नं. ४ निर्मल बस्तीमा आयोजित सोनाम ल्होछार दोस्रो बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोनाम ल्होछार मुल समारोह समिति निर्मल बस्तीको आयोजनामा साेनाम ल्हाेछारकाे अवसरमा भएकाे सांस्कृतिक कार्यक्रमकाे उद्घाटन ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले गरेका थिए ।
 
“हाम्रो भाषा धर्म र संस्कृतिको जगेणा गरौँ, सोनाम ल्होछार प्रबर्द्धन, हाम्रो सांस्कृतिक एकताको मुल नारा, तामासालिङ प्रदेश स्थापना हाम्रो राजनितीक एकताको मुल अभिभारा” भन्ने मुल नाराको साथ आयोजीत बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले सोनाम ल्होसारको सांस्कृतिक कार्यक्रममा आफुलाई निमन्त्रणा गरि तामाङ परम्परा र संस्कृतिको प्रबर्द्धन र जगेणा गर्ने कार्यमा सहभागी गराएकोमा खुशी व्यक्त गरे ।
 
स्थानीय सरकारले निर्मल बस्तीलाई हेर्ने दृष्टिकोण फरक हो कि भन्ने जनगुनासोलाई खण्डन गर्दै अध्यक्ष श्रेष्ठले निर्मल बस्तीको स्कुल उदाहरण दिदै यहाँ शिक्षकको कमि छैन, कम्प्युटर कक्षाको व्यवस्था गरिएको वताए । उनले त्यति मात्रै होइन प्रत्येक टोलमा गाउँपालिकाद्वारा स्थापना गरिएको निशुल्क ट्युसन सेन्टर २ ठाउँमा संचालन भएकाे बताउँदै स्थानीय सरकारको पहलमा यसै फुटबल मैदानलाई छिट्टै नै रंगशालाको बजेट आउने उद्घोष गरे ।
 
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा तामाङले आजको दिन निर्मल बस्तीको लागि स्वर्णकाल साबित भएको वताउँदै तामाङहरुको ऐतिहासिक, जातीय, साँस्कृतिक, सामाजिक, भाषिक आदि हिसाबले उत्थान गर्नु नेपाल तामाङ घेदुङको प्रमुख लक्ष्य रहेकाे वताए ।
 
कार्यक्रमको दोस्रो खण्डमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुति रहेका थिए । गायक विश्व दोङले आफ्नो कर्णप्रीय आवाज सङ्गै दर्शकहरुलाई मन्त्रमुग्ध बनाए । सेलो गायिकाको नामले प्रसिद्धि कमाएकी जितु लोप्चनले आफ्नो हिट गितहरु गाए साथै भिमफेदी गायज, फ्युजन डान्स ग्रुप तथा स्थानीय कलाकारहरुको प्रस्तुति राखेकाे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...