वीरगंज । प्रहरीले वीरगंजबाट एक जना माेटर साइकल चाेरलाई पक्राउ गरेकाे छ । बाराकाे परवानीपुर गाउँपालिका वडा नं.५ बहुअरी बस्ने वर्ष २० को साहिल पटेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।
वीरगञ्ज महानगरपालिकाकाे वडा नं.२१ बस्ने बिश्वास प्रसाद पटेलको नाममा दर्ता रहेको ना.६३ प ९२७४ नम्बरको कालो रातो रंगको १५० सिसिको पल्सर माेटरसाइकल चाेरी गरेकाे आराेपमा पटेललाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
वीरगंज महानगरपालिकाकाे वडा नं. १५ स्थित ओम होटल एण्ड पार्टी प्यालेस अगाडि पार्किङ गरी राखिएको माेटरसाइकलकाे लक तोडी चाेरी गरी भाग्दै गरेकाे पटेललाई साेमबार राती ११ बजे पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरी नियन्त्रमा रहेका पटेलमाथी चाेरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले वताए ।








