Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत

spot_img
spot_img

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ ।

आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्रभित्रका कोभिड प्रभावित एक हजार परिवारलाई राहत वितरण गरिएको हो । वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, दुई केजी आयोनुन, दुई केजी चिनी, दुई लिटर सनफ्लावर तेल, एक केजी सर्फ, पाँच गोटा साबुन, सर्जिकल फेस मास्क ५० वटाको एक प्याकेट, सेनटाइजर ५०० एमएलको एक थान र एक थान हलुका ब्ल्याङ्केट रहेको छ ।

आसमानका नीति सल्लाहकार गुरु सुवेदीले इटहरीका ३०० र दुहबीका ३०० घरपरिवारलाई राहत वितरण भइसकेको जानकारी दिँदै विराटनगर महानगरपालिका क्षेत्रका ४०० घरपरिवारलाई छिट्टै राहत वितरण गरिने बताउनुभयो । आसमान नेपालले कोभिड प्रभावित परिवारलाई मानवीय सहायता उपलब्ध गराउने अभियानलाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाएको श्री सुवेदीले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...