Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत

spot_img
spot_img

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ ।

आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्रभित्रका कोभिड प्रभावित एक हजार परिवारलाई राहत वितरण गरिएको हो । वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, दुई केजी आयोनुन, दुई केजी चिनी, दुई लिटर सनफ्लावर तेल, एक केजी सर्फ, पाँच गोटा साबुन, सर्जिकल फेस मास्क ५० वटाको एक प्याकेट, सेनटाइजर ५०० एमएलको एक थान र एक थान हलुका ब्ल्याङ्केट रहेको छ ।

आसमानका नीति सल्लाहकार गुरु सुवेदीले इटहरीका ३०० र दुहबीका ३०० घरपरिवारलाई राहत वितरण भइसकेको जानकारी दिँदै विराटनगर महानगरपालिका क्षेत्रका ४०० घरपरिवारलाई छिट्टै राहत वितरण गरिने बताउनुभयो । आसमान नेपालले कोभिड प्रभावित परिवारलाई मानवीय सहायता उपलब्ध गराउने अभियानलाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाएको श्री सुवेदीले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...