Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

जिराभवानीमा ट्याक्टरकाे ठक्करले आमा-छोरीको मृत्यु

spot_img
spot_img

वीरगन्ज  : पर्साकाे जिराभवानी गाँउपालिका वडा नं. ४ भवानीपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको छ ।  ना.४ त ८१३६ नम्बरको ट्याक्टरले बा ५५ प ६५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

मृत्यु हुनेमा भवानीपुरकै २७ वर्षीया विद्यादेवी थरुनी र उनकी छोरी ३ वर्षीया अनन्या कुमारी रहेका छन् । छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको हो । आमा विद्यादेवीको वीरगंजस्थित नेशन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

दुर्घटनामा मोटरसाइकल चालक मृतक विद्यादेवीका पति अनिल महत्तो सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बेलुकी धार्मिकस्थल भाथाबाट तीर्थालु लिएर फर्कदै गरेको ट्याक्टरले भवानीपुरको सडकमा तीन जना सवार मोटरसाइकललाइ ठक्कर दिएको थियो ।

ट्याक्टरका चालक पर्साकै जगरनाथपुर गाउँपालिका -२ निवासी ५० वर्षीय सुरेन्द्रराम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए। 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...