Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीमा ट्याक्टरकाे ठक्करले आमा-छोरीको मृत्यु

spot_img
spot_img

वीरगन्ज  : पर्साकाे जिराभवानी गाँउपालिका वडा नं. ४ भवानीपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको छ ।  ना.४ त ८१३६ नम्बरको ट्याक्टरले बा ५५ प ६५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

मृत्यु हुनेमा भवानीपुरकै २७ वर्षीया विद्यादेवी थरुनी र उनकी छोरी ३ वर्षीया अनन्या कुमारी रहेका छन् । छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको हो । आमा विद्यादेवीको वीरगंजस्थित नेशन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

दुर्घटनामा मोटरसाइकल चालक मृतक विद्यादेवीका पति अनिल महत्तो सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बेलुकी धार्मिकस्थल भाथाबाट तीर्थालु लिएर फर्कदै गरेको ट्याक्टरले भवानीपुरको सडकमा तीन जना सवार मोटरसाइकललाइ ठक्कर दिएको थियो ।

ट्याक्टरका चालक पर्साकै जगरनाथपुर गाउँपालिका -२ निवासी ५० वर्षीय सुरेन्द्रराम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...