Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सेन्चुरी बैंकद्वारा केडिया आँखा अस्पताललाई पंखा सहयाेग

spot_img
spot_img

वीरगंज । सेन्चुरी कमर्सियल बैंक वीरगंज शाखाले आर.एम. केडिया आँखा अस्पताललाई पंखा सहयाेग गरेकाे छ । बैंकले एक कार्यक्रमका बिच सोमबार संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत अस्पतालाई रु. ५० हजार पर्ने २० वटा पंखा सहयाेग गरेकाे हाे ।

बैंकका प्रदेश प्रमुख सुभाष शर्मा, शाखा प्रमुख शिवनाथ प्रसाद साहले अस्पताल समितिका कोषध्यक्ष प्रदीप केडिया तथा नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष तथा केन्द्रि प्रतिनिधि श्याम कुमार पोखरेललाई साे पंखा हस्तान्तरण गरेका हुन् ।

पंखा हस्तान्तरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख शर्माले निकै कम समयमा सेन्चुरी कमर्सियल बैंकले उन्नतिशील प्रगति हासिल गरेको जानकारी गराए । उनले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सेवाग्राहीहरुलाई गर्मीमा शितलता प्रदान गर्नका लागि पंखा सहयाेग गरिएकाे वताए  ।

अस्पतालका कोषाध्यक्ष प्रदीप केडिया, नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष तथा केन्द प्रतिनिधि श्याम कुमार पोखरेल लगायतका बक्ताहरुले यस्तो समाजिक कार्य गर्नै सेन्चुरी कमर्सियल बैंकका सम्पूर्ण टीमलाई धन्यवाद दिएका थिए ।  

कार्यक्रममा अस्पतालका नि.मेडिकल डायरेक्टर डा. नितिन तुल्स्यान, डा. गोविन्द गुरुङ्ग, अस्पतालका कर्मचारीहरु श्रीकान्त कानु, शिवशंकर प्रसाद, गजेन्द्र देव, रासदेव साह लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका वरिष्ठ अस्पताल प्रशासक प्रकाश कुमार वर्माले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...