Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

एमालेले सातवटै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण गर्ने

spot_img
spot_img

काठमाडौँ । नेकपा (एमाले) ले सातै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय तह निर्वाचनको तयारीका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालिएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगाामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । महासचिव शङ्कर पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन काठमाडौँबाट एकै साथ अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नु हुनेछ । उद्घाटनमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी रहनुहुनेछ । प्रचार विभाग उपप्रमुख रिजालका अनुसार प्रशिक्षण कार्यक्रम प्रदेश नं १ मा फागुन १ र २ गते विराटनगरमा, मधेस प्रदेशको फागुन ३ र ४ गते जनकपुरमा, बागमती प्रदेशको फागुन ६ र ७ गते काठमाडौँमा, गण्डकी प्रदेशको फागुन ८ र ९ गते पोखरामा, लुम्बिनी प्रदेशको फागुन ११ र १२ बुटवल र दाङमा, कर्णाली प्रदेशको फागुन १४ र १५ गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको फागुन १६ र १७ गते धनगढीमा हुनेछ ।

प्रशिक्षणमा दशौँ राष्ट्रिय महाधिवेशन÷विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण ः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषय, स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभव, स्थानीय तह निर्वाचनको तयारी ः राजनीतिक, कानूनी र व्यावहारिक पक्षका विषयमा विभिन्न नेताले दिने प्रशिक्षण हुनेछ ।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इञ्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेशअन्तर्गत सबै जिल्ला कमिटी इञ्चार्ज÷सहइञ्चार्ज सहभागी हुनेछन् । सबै जिल्ला कमिटी पदाधिकारी, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुख, एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख, एमालेबाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुख पनि प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...