Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 566

नराम्रो सपनाजस्तो थियो सलमानको च्याप्टर : ऐश्वर्या

0

सलमान खान र ऐश्वर्या कुनै समय सम्बन्धमा थिए । उनीहरूको ब्रेकअपको कहानी पनि कसैबाट लुकेको छैन । सन् २००२ मा ब्रेकअपको समयमा ऐश्वर्याले सलमानमाथि निकै गम्भीर आरोप लगाएकी थिइन् ।

ऐश्वर्याका अनुसार सलमानले उनलाई शारीरिक र मानसिक दुवै खालको टर्चर दिन्थे । उनले अबको समयमा सलमानसँग कहिल्यै काम नगर्ने बताएकी पनि थिइन् । यद्यपि, सलमानले सधैँ यो कुरा खारेज गरे ।

९० को दशकको अन्त्यमा सलमान खान र ऐश्वर्या राय एक–अर्कासँग नजिकिए । फिल्म हम दिल दे चुके सनमको सेटमा यी दुईबिच निकटता बढ्यो । फिल्ममा उनीहरूको केमेस्ट्रीलाई निकै रुचाइएको थियो ।

यद्यपि, यो सम्बन्ध धेरै दिनसम्म टिक्न सकेन र यी दुई सन् २००१ मा अलग्गिए । यद्यपि, उनीहरूको ब्रेकअप सामान्य थिएन । ब्रेकअपका बेला सलमान र ऐश्वर्याबीच निकै झगडा भएको खबर आएको थियो ।

टाइम्स नाउको रिपोर्ट अनुसार सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले खुलासा गरेकी थिइन् । 

उनले भनेकी थिइन्, ‘मेरो परिवार र मेरो आफ्नै स्वाभिमानलाई मध्यनजर गर्दै यो अति नै धेरै भयो… म अबको दिनमा कहिल्यै मिस्टर सलमान खानसँग काम गर्ने छैन । सलमानको च्याप्टर मेरो जीवनको खराब सपनाजस्तो थियो र म भगवानप्रति आभारी छु कि यो सबै समाप्त भयो ।’

रक्सीको लत र शारीरिक हिंसाका कारण तनावमा थिइन् ऐश्वर्या

ऐश्वर्याले भनेकी थिइन्, ‘सलमानको हरेक खराब बानीलाई मैले माफ गर्ने गर्थेँ । सलमानको रक्सीको लत, शारीरिक हिंसा र बेइज्जतीबाट म आजित भइसकेको थिएँ । तर पनि म उनीसँग थिए । त्यसको साटो मैले दुःख र पीडाबाहेक केही पाइनँ ।’

‘यो मामिलामा मेरो मौनतालाई गलत तरिकाले लिइयो । मेरो क्यारेक्टरमा औँला उठाइयो । यहाँसम्म कि मेरो सह–कलाकारसँगको सम्बन्ध पनि बिगार्ने कोसिस गरियो ।’

जंगलबाट पोखरिया बस्तीमा पसेकाे चितुवा नियन्त्रणमा

0

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा जंगलबाट बस्ती पसेको चितुवा नियन्त्रणमा आएकाे छ । चितवन राष्ट्रिय निकुञ्जबाट पाेखरिया पुगेकाे डाटगन टोलीले चितुवा नियन्त्रणमा लिएकाे हाे । 

पोखरिया नगरपालिका–५ सतवरिया टोलमा जंगलबाट बस्ती पसेको चितुवा बिहानैदेखि गोठघरमा बसेको थियाे ।

बिहान बस्ती पसेको चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, वनकर्मी टोली र पर्सा राष्टिय निकुञ्जबाट पनि टोली बिहानैबाट खटिएपनि चितुवालाई नियन्त्रणमा लिन सकेकाे थिएन ।

साे चितुवाले एक प्रहरी जवानसहित तीन जनालाई नङग्राले आक्रमण गरि घाइते समेत बनाएकाे थियाे ।

वस्तीमै प्रवेश गरेको चितुवाको आक्रणबाट पोखरिया नगरपालिका वडा नं. ४ बस्ने ३० बर्षिय दिलमहम्द मियाँ, ३९ बर्षिय जोगिन्द्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका छन् । घाइते तेली र प्रहरी जवानको हातकेला र औलामा समान्य चोट लागेको भने मियाँको छाती, हात तथा टाउकोमा गम्भीर चोट लागेको छ । 

चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले पर्सा राष्ट्रिय निकुञ्जसित सहयोग मागेकाे थियाे । निकुञ्जमा डाटगन (बेहोस) गर्ने टोली नभएकाले चितवन राष्ट्रिय निकुञ्ज डाटगन टोलीलाई खबर गरिएको थियाे । चितवनबाट डाटगन टोली आएपछि बेहोस गरेर नियन्त्रणमा लिएकाे हाे ।

बिहानैदेखि सो स्थानमा ईलाका प्रहरी कार्यालय पोखरीया, वन कर्मचारीहरु स्थानियहरुकाे सुरुक्षाका लागि तैनाथ थिए ।

बिल विजक भन्दा बढीकाे सामान लाेड रहेकाे ट्रक प्रहरी नियन्त्रणमा

0

वीरगंज । बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.८ ख १६१३ र ना.४ ख ३८३१ नम्बरको ट्रक नियन्त्रणमा लिएकाे हाे ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगंजबाट नेपालगञ्जतर्फ लैजादै गरेको छ भन्ने सूचना प्राप्त भई खटिएको प्रहरी टोलीले ट्रकहरु नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 मंगलबार वीरगंज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ट्रकलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

उक्त मालवाहक ट्रकभित्र लोड रहेका  खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू एक करोड एघार लाख उनान्सय हजार उन्नचालीस बराबरको रहेकाे उनले वताए । मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता गिरीले जानकारी गराए ।

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ

0

नयाँदिल्ली । राष्ट्रिय राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा छ जनालाई पक्राउ गरिएको छ ।

प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएका छन् । उजुरीका आधारमा छ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरी प्रमुखले बताएका छन् । पोस्टरमा छापाखाना वा प्रकाशकको नाम उल्लेख गरिएको छैन । दिल्ली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

आम आदमी पार्टी (आप) को कार्यालयबाट बाहिरिने बित्तिकै एउटा भ्यान रोकिएको थियो । त्यसबाट आपत्तिजनक पोस्टरसहित उनीहरूलाई अपहेलना ऐनअन्तर्गत गिरफ्तार गरेर थप अनुसन्धान थालिएको प्रहरी प्रमुखले एएनआई प्रतिनिधिलाई बताएका छन् । रासस/एएनआई 

अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते

0

काबुल । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् ।

अफगानिस्तानमा दुई र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएका सम्बद्ध सरकारी अधिकारीहरूले बताएका छन् । जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता शराफत जमान अमरले दुई जनाको ज्यान गएको तथा अन्य २० जना घाइते भएका जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।

भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ भने धेरै स्थानीय घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको थियो अस्पताल प्रशासनले बताएको छ । उपचारार्थ अस्पस्ताल ल्याइएकामध्ये दुई सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीले बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले भूकम्पपछि देशका विपद् व्यवस्थापन अधिकारीलाई सतर्क रहन आग्रह गर्नुभएको छ । रासस

दुई हजारले घट्यो सुनको मूल्य

0

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख सात हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख नौ हजार तीन सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ३५ मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगंज महानगर

0

वीरगंज । वीरगंज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिर लगायतको क्षेत्रमा व्यापक सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचनासँगै खेतबारीको रूपमा उपभोग गर्दै आएका छन् । यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगंज महानगरपालिकाले वर्षाैंदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खोज्ने अभियानलाइ तीव्रता दिएको छ ।

महानगरको बिभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीको रूपमा उपभोग गर्नेजस्ता प्र्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्न अभियान चलाएको हो । अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली परिचालन गरेको छ ।

“महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रूपमा प्रयोग गर्दै आएका छन्”, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भन्नुभयो, “पहिलो चरणमा प्राविधिक टोलीले वडा नम्बर १७ र १९ मा जग्गा खोज्ने र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउने काम गरिरहेको छ ।”

“विगत दुई सातादेखि सुरु गरेको सार्वजनिक जग्गा खोज्ने अतिक्रमणका क्रममा अहिलेसम्म करिब २६ बिघाभन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा महानगर आफ्नो अधिकनमा ल्याउन सफल भइसकेको छ”, उहाँले भन्नुभयोे, “हामीले छोटो समयमै थुप्रै अतिक्रमित जग्गा फिर्ता गराएर सफलता प्राप्त गरेका छौँ ।”

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुग्न थालेपछि स्थानीयले पनि राम्रो साथ दिइरहेको जनाएको छ ।

महानगरको टोलीले वडा नम्बर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर खेतबारी गर्दै आएको पाँच बिघा जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको वीरगंज महानगरपालिकाका नगर प्रमुख सिंहको सचिवालयका हरि पोखरेलले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर १९ मा स्थानीयले अतिक्रमण गरी निजी प्रायोजनमा प्रयोग गर्दै आएको करिब सात बिघाभन्दा बढी सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार सोही वडामा एकै दिन वीरगञ्ज महानगरपालिकाको टोलीले १६ बिघा अतिक्रमित सार्वजनिक जग्गा खोजी गरी महानगरको अधिकनमा नक्साङ्कन गरिएको छ । अतिक्रमित जग्गा खोज्ने अभियानका क्रममा केही दिनअघि वीरगञ्ज महानगरपालिकाको आर्दशनगरस्थित चिल्ड्रेन पार्कको जग्गा स्थानीयले अतिक्रमण गरेको पाइएको थियो । पार्कको जग्गा अतिक्रमण गरी स्थानीयले निर्माण गरेको संरचना हटाउन महानगरले सूचना दिइसकेको र खाली नगरे डोजर चलाइने पोखरेलको भनाइ छ ।

अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिकको समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरी संरक्षण गरिने कार्यसमेत भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि वास्तविक तथ्याङ्क नरहँदा खोजीमा कठिनाइ भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिरहेको उहाँको भनाइ छ । अतिक्रमित जग्गा खोजी अभियानलाई ३२ वटै वडामा सञ्चालन गरिने महानगरले जनाएको छ ।

हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकताअनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । वर्षांैदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै महानगरले अतिक्रमणमा परेको जग्गा फिर्ता गराउने अभियान सञ्चालन गरेर सकारात्मक सन्देश दिएको जनाइएको छ । रासस

पोखरियास्थित बस्तीमा पसेको चितुवा अझै नियन्त्रणमा आएन

0

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा जंगलबाट बस्ती पसेको चितुवा अझै नियन्त्रणमा आउन सकेकाे छैन ।

एक प्रहरी जवानसहित तीन जनालाई नङग्राले आक्रमण गरि घाइते बनाएको चितुवालाई नियन्त्रणमा लिन प्रयास भए पनि अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केशीले जानकारी दिए ।

पोखरिया नगरपालिका–५ सतवरिया टोलमा जंगलबाट बस्ती पसेको चितुवा बिहानैदेखि गोठघरमा बसेको छ ।

बिहान बस्ती पसेको चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, वनकर्मी टोली र पर्सा राष्टिय निकुञ्जबाट पनि टोली बिहानैबाट खटिएपनि चितुवालाई नियन्त्रणमा लिन नसकिएको हो ।

चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले पर्सा राष्ट्रिय निकुञ्जसित सहयोग मागेको भए पनि निकुञ्जमा डाटगन (बेहोस) गर्ने टोली नभएकाले चितवन राष्ट्रिय निकुञ्जबाट डाटगन टोलीलाई खबर गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सूर्य खडकाले जानकारी दिए । चितवनबाट डाटगन टोली आएपछि बेहोस गरेर नियन्त्रणमा लिने उनले बताए ।

वस्तीमै प्रवेश गरेको चितुवाको आक्रणबाट पोखरिया नगरपालिका वडा नं. ४ बस्ने ३० बर्षिय दिलमहम्द मियाँ, ३९ बर्षिय जोगिन्द्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका छन् । घाइते तेली र प्रहरी जवानको हातकेला र औलामा समान्य चोट लागेको भने मियाँको छाती, हात तथा टाउकोमा गम्भीर चोट लागेको छ । 

बिहानैदेखि सो स्थानमा ईलाका प्रहरी कार्यालय पोखरीया, वन कर्मचारीहरु र स्थानियहरुको सुरुक्षाका लागि तैनाथ छन् ।

चिकित्सक श्रीमति संघकाे कार्यक्रममा २५ जनाद्वारा रक्तदान, प्रमुख पाण्डे सम्मानित

0

वीरगंज । नेपाल चिकित्सक श्रीमति संघ पर्साको आयोजनामा मंगलबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजकाे छपकैयास्थित रक्त सञ्चार केन्द्रको परिसरमा आयोजित रक्तदान कार्यक्रममा १ जना महिला सहित २५ जनाले रगतदान गरेका छन् ।

रक्दान गर्नेहरुमा रोशनी साह, साबीर अन्सारी, बाबुनन्द प्रसाद, दिपक सर्राफ, रामकृष्ण पराजुली, डा. सरोज रोशन दास, संताेष साह, दिपेन्द्र महताे, उज्जवल झा, उमेश राम, जितेन्द्र कुमार साह, तबरेज अन्सारी लगायत रहेका छन् ।

चिकित्सक श्रीमति संघ पर्साकी अध्यक्ष निता झाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रक्तदान कार्यक्रम मै चिकित्सक श्रीमति संघ पर्साले रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेलाई सम्मानित समेत गरेको थियो । 

वीरगंजकाे विकास बारे पूर्वमन्त्री यादव र मेयर सिंहले गरे प्रधानमन्त्रीसंग भेट

0

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)सँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको भेटघाटका क्रममा वीरगंजकाे विकास र समृद्धिका लागि प्रधानमन्त्री दहालले सकारात्मक संकेत देखाएका छन् ।

पर्साबाट निर्वाचित सांसद यादवले वीरगंजकाे विकास र समृद्धिका लागि बाधक बनेका समस्याहरु समाधानका सम्बन्धमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् । देशकै प्रमुख प्रवेशद्वार भएपनि सँधै राज्यबाट उपेक्षामा पर्दै आएको दुखेसो पोख्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

वीरगंजकाे विकासले देशको राजस्वमा पनि प्रभाव पर्ने हुँदा यहाँ विकासका योजना दिँदा कन्जुस्याई नगर्न मेयर सिंहको सुझाव छ । वीरगंजकाे विकासका लागि चाहिने हरेक सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि प्रधानमन्त्री दहालले व्यक्त गरेका छन् ।

भेटघाटका क्रममा पूर्व मन्त्रीसमेत रहेका यादव, महानगर प्रमुख सिंहसहित जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद सा सोनार पनि उपस्थित थिए ।