Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजकाे विकास बारे पूर्वमन्त्री यादव र मेयर सिंहले गरे प्रधानमन्त्रीसंग भेट

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)सँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको भेटघाटका क्रममा वीरगंजकाे विकास र समृद्धिका लागि प्रधानमन्त्री दहालले सकारात्मक संकेत देखाएका छन् ।

पर्साबाट निर्वाचित सांसद यादवले वीरगंजकाे विकास र समृद्धिका लागि बाधक बनेका समस्याहरु समाधानका सम्बन्धमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् । देशकै प्रमुख प्रवेशद्वार भएपनि सँधै राज्यबाट उपेक्षामा पर्दै आएको दुखेसो पोख्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

वीरगंजकाे विकासले देशको राजस्वमा पनि प्रभाव पर्ने हुँदा यहाँ विकासका योजना दिँदा कन्जुस्याई नगर्न मेयर सिंहको सुझाव छ । वीरगंजकाे विकासका लागि चाहिने हरेक सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि प्रधानमन्त्री दहालले व्यक्त गरेका छन् ।

भेटघाटका क्रममा पूर्व मन्त्रीसमेत रहेका यादव, महानगर प्रमुख सिंहसहित जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद सा सोनार पनि उपस्थित थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...