Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पोखरियास्थित बस्तीमा पसेको चितुवा अझै नियन्त्रणमा आएन

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा जंगलबाट बस्ती पसेको चितुवा अझै नियन्त्रणमा आउन सकेकाे छैन ।

एक प्रहरी जवानसहित तीन जनालाई नङग्राले आक्रमण गरि घाइते बनाएको चितुवालाई नियन्त्रणमा लिन प्रयास भए पनि अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केशीले जानकारी दिए ।

पोखरिया नगरपालिका–५ सतवरिया टोलमा जंगलबाट बस्ती पसेको चितुवा बिहानैदेखि गोठघरमा बसेको छ ।

बिहान बस्ती पसेको चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, वनकर्मी टोली र पर्सा राष्टिय निकुञ्जबाट पनि टोली बिहानैबाट खटिएपनि चितुवालाई नियन्त्रणमा लिन नसकिएको हो ।

चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले पर्सा राष्ट्रिय निकुञ्जसित सहयोग मागेको भए पनि निकुञ्जमा डाटगन (बेहोस) गर्ने टोली नभएकाले चितवन राष्ट्रिय निकुञ्जबाट डाटगन टोलीलाई खबर गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सूर्य खडकाले जानकारी दिए । चितवनबाट डाटगन टोली आएपछि बेहोस गरेर नियन्त्रणमा लिने उनले बताए ।

वस्तीमै प्रवेश गरेको चितुवाको आक्रणबाट पोखरिया नगरपालिका वडा नं. ४ बस्ने ३० बर्षिय दिलमहम्द मियाँ, ३९ बर्षिय जोगिन्द्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका छन् । घाइते तेली र प्रहरी जवानको हातकेला र औलामा समान्य चोट लागेको भने मियाँको छाती, हात तथा टाउकोमा गम्भीर चोट लागेको छ । 

बिहानैदेखि सो स्थानमा ईलाका प्रहरी कार्यालय पोखरीया, वन कर्मचारीहरु र स्थानियहरुको सुरुक्षाका लागि तैनाथ छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...