Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरियास्थित बस्तीमा पसेको चितुवा अझै नियन्त्रणमा आएन

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा जंगलबाट बस्ती पसेको चितुवा अझै नियन्त्रणमा आउन सकेकाे छैन ।

एक प्रहरी जवानसहित तीन जनालाई नङग्राले आक्रमण गरि घाइते बनाएको चितुवालाई नियन्त्रणमा लिन प्रयास भए पनि अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केशीले जानकारी दिए ।

पोखरिया नगरपालिका–५ सतवरिया टोलमा जंगलबाट बस्ती पसेको चितुवा बिहानैदेखि गोठघरमा बसेको छ ।

बिहान बस्ती पसेको चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, वनकर्मी टोली र पर्सा राष्टिय निकुञ्जबाट पनि टोली बिहानैबाट खटिएपनि चितुवालाई नियन्त्रणमा लिन नसकिएको हो ।

चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले पर्सा राष्ट्रिय निकुञ्जसित सहयोग मागेको भए पनि निकुञ्जमा डाटगन (बेहोस) गर्ने टोली नभएकाले चितवन राष्ट्रिय निकुञ्जबाट डाटगन टोलीलाई खबर गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सूर्य खडकाले जानकारी दिए । चितवनबाट डाटगन टोली आएपछि बेहोस गरेर नियन्त्रणमा लिने उनले बताए ।

वस्तीमै प्रवेश गरेको चितुवाको आक्रणबाट पोखरिया नगरपालिका वडा नं. ४ बस्ने ३० बर्षिय दिलमहम्द मियाँ, ३९ बर्षिय जोगिन्द्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका छन् । घाइते तेली र प्रहरी जवानको हातकेला र औलामा समान्य चोट लागेको भने मियाँको छाती, हात तथा टाउकोमा गम्भीर चोट लागेको छ । 

बिहानैदेखि सो स्थानमा ईलाका प्रहरी कार्यालय पोखरीया, वन कर्मचारीहरु र स्थानियहरुको सुरुक्षाका लागि तैनाथ छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...