Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 565

वीरगंजमा हिन्दु स्वयंसेवक सम्मेलन तथा पथ यात्रा सम्पन्न

0

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपालकाे आयाेजनामा शनिबार वीरगंजमा स्वयंसेवक सम्मेलन सम्पन्न भएकाे छ । हिन्दू नवबर्षकाे चैत शुक्ल प्रतिपदाकाे उपलक्ष्यमा स्वयंसेवक सम्मेलन सम्पन्न हुनुकाे साथै पथ संचालन समेत गरिएकाे हाे ।

वीरगंजकाे आदर्शनगरस्थित पूरानाे बस पार्कबाट सुरु भएकाे पथ यात्रा घडिअर्वा, माइस्थान, घण्टाघर हुँदै पुन: माइस्थान भएर आदर्शनगर, अलखियामठ, छपकैया हुँदै पुन: बस पार्क मै पुगी सम्पन्न भएकाे थियाे ।

बाजागाजासहित निस्केकाे पथ यात्राकाे सहभागिहरुलाई स्थानियहरुले ठाउँ ठाउँमा फुल बर्षाएका थिए ।

स्वयंसेवक सम्मेलन तथा पथ यात्राकाे उद्घाटन वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष पटवारीले हिन्दुत्वकाे लागि जागृत भएर लाग्नु पर्ने वताए ।

हिन्दु स्वयंसेवक संघका विभाग संघचालक ललन द्विवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विश्व हिन्दु परिषदका संगठन मन्त्री प्रहलाद रेग्मी, वीरगंज उद्याेग वाणिज्य संघका उपाध्यक्ष माधव राज पाल, जनजाती कल्याण आश्रमका अध्यक्ष सुरेश रुगंटा, वीगंज नगर संघचालक रामलक्ष्मण यादव लगायतकाे सहभागिता रहेकाे थियाे । 

विभिन्न निर्णय गर्दै विपद् व्यवस्थापन समिति पर्साकाे बैठक सम्पन्न

0

वीरगंज । विपद् ब्यवस्थापन तथा पुर्व तयारी समिती पर्साकाे बैठक शुक्रबार सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे बैठकले अब गर्मीयाम शुरु हुन लागेकाेले पूर्व तयारी रहनुका साथै बिभिन्न महत्वपुर्ण निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समिति पर्साका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले पालिकामा तथा विपद् ब्यवस्थापन समितीमा रहेको दमकललाई तयारी अवस्थामा राख्न निर्देशन दिएकाे छ ।

पर्साका वीरगंज महानगरपालिकामा ४, पोखरीया नगरपालिकामा १, पर्सागढी नगरपालिकामा १, सखुवा प्रसाैनी गाउँपालिकामा १ र विपद् ब्यवस्थापन समितीमा १ गरी पर्सामा ८ वटा दमकल रहेको छ ।

बैठकमा छलफलको क्रममा बाकी रहेका पालिकाहरुले पनि दमकलका लागी बजेट बिनियोजन गरी खरिद गर्नु पर्ने, गाउँमा रहेका ईनार, पोखरी, तलाउ, कुवाहरुलाई संरक्षण गर्नु पर्ने, आगलागी निभाउन बिभिन्न किसिम्मका नयाँ उपकरणहरु खरिद गर्नु पर्ने तथा सुरक्षाकर्मीहरुले निर्धारित समयमै घटना स्थलमा पुग्नु पर्ने जस्ता बैठकमा छलफल भएको हाे ।

बैठकले यहि बर्षको पुस १ गते देखी चैत्र ५ गते सम्म जिल्ला विपद् ब्यवस्थापन समितीबाट आगलगीबाट घर क्षती भएका एक्कतीस जना घरपरिवारलाई ४ लाख ८ हजार, सखुवा प्रसाैनी गाउँपालिका १ का शिवनारायाण दास थारुलाई चटयांग लागी मृत्यु भएका निजका परिवारलाई राहत स्वरुप दुई लाख, शितलहरबाट प्रभावित पालिकाहरुमा सिरक, डस्ना, कम्बल लगायत सामग्रीहरुकाे खरिद गरिएको रु ९ लाख ९८ हजार बाईस रुपैया गरी १६ लाख ६ हजार बाईस रुपैया खर्च समर्थन गर्ने समेत निर्णय गरेको छ ।

आगलागीलाई रोकथाम गर्न, पत्रकार, गैरसरकारी संस्था, सुरक्षाकर्मी स्थानिय तह, समन्वय गर्ने, आगलागी नियन्त्रणका लागी बिस प्रकारकाे सामग्री सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

यसैगरी विपद् ब्यवस्थापनलाई असर नगर्ने गरी सार्वजनिक जग्गामा स्वास्थ्य संस्था, अस्पताल भवन निमार्ण गर्न विपद् ब्यवस्थापन समितीको बिभिन्न मितीमा भएको निर्णय र सिफारिसको आधारमा भवन निमार्ण गर्न स्वीकृती दिने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत कृष्णा कुशवाहाले जानकारी दिए ।

बैठकमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेकपा माओवादी केन्द्रका सुरेन्दर गुप्ता, नेकपा एकीकृत समाजवादीका सुबदार यादव, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल साह, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह लगायत बिभिन्न पालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालय प्रमुखहरुकाे सहभागीता रहेको थियो । 

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

0

जलेश्वर । महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेपछि गत पुस २२ गते महोत्तरी जिल्ला अदालतको आदेशमा डा चौधरी पुर्पक्षमा जलेश्वर कारागार गएका थिए ।

जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो । डा चौधरी सोहीबमोजिमको धरौटी बुझाएर आज जेलमुक्त भएका छन् ।

जिल्लाकै औरही नगरपालिका–५ घर भएका नेहा चौधरीसँग तीन वर्षको प्रेमपश्चात् २०७८ फागुन २५ गते डा पङ्कज चौधरी र नेहा चौधरीको विवाह सामाजिक परम्परा अनुसार विवाह भएको थियो । तर विवाहको चार महिनापछि नै पति पत्नीबीच तनाव र झै–झगडा हुन थालेपछि दुवै जना एक अर्काप्रति मुद्दामा गएका थिए ।

पत्नी नेहा चौधरीले पति डा पङ्कज चौधरीले आफ्नो माइती पक्षसँग विवाहकै बेला एक करोड बढी दाइजो लिइसकेको र अहिले थप दाइजोका रूपमा काठमाडौँमा घर किनिदिन भन्दै आफूलाई घरेल हिंसा र मानसिक तथा शारीरिक यातना दिँदै आएको भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

यता पति डा पङ्कज चौधरीले पत्नी नेहाको सबै आरोप निराधार रहेको र आफूलाई जानी जानी फसाउने तथा आफ्नो कैरियर खराब पार्न पत्नी नेहाले झूठा आरोप तथा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन् ।

बुहारीले दिएको दाइजोसम्बन्धी कसुरमै डा पङ्कज चौधरीका बुवा ६० वर्षीय रामप्रवेश चौधरीलाई पनि महोत्तरी जिल्ला अदालतले गत फागुन ३० गते पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको थियो भने उनी अझै जेलमै छन् । रासस

पर्सा र बारामा दलित कार्यपालिका सदस्यहरुकाे संजाल गठन

0

वीरगंज । दलित सशक्तिकरणकाे लागि ऐन २०७६ कार्यान्वयनकाे अवस्था : अगामी दिनमा कार्यपालिका सदस्यहरुकाे भूमिका विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा वाेल्ने दलित कार्यपालिका सदस्यहरुले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरु आफुहरु पालिकाबाट नपाएकाे गुनासाे गरेका छन् । आफुहरु कार्यपालिकामा अल्पमतमा रहेका कारण अर्थपूर्ण सहभागिता हुन नसकेकाे दलित कार्यपालिका सदस्यहरुकाे गुनासाे छ ।

उनिहरुले गराएकाे जानकारी अनुसार पर्सा र बाराका अधिकांश पालिकामा दलित विकास बाेर्ड गठन भएकाे छैन । 

बाराकाे सुवर्ण गाउँपालिकाका कार्यपालिका सदस्य शिवधारी दासले नेपाल सरकारबाट पाउनु पर्ने सेवा सुविधाहरु आफुहरु नपाएकाे गुनासाे गरे । उनले पाउनु पर्ने सुविधाकाे लागि अब डटेर लडने समेत वताए ।

पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाकी कार्यपालिका सदस्य सजिना विकले आफ्नाे पालिका दलित बिकास वाेर्ड गठन भएकाे वताइन । उनले आफ्नाे पालिकामा छुवाछुत लगायतकाे समस्या समेत नरहेकाे जानकारी गराइन ।

ठाेरी गाउँपालिकाकी कार्यपालिका सदस्य फुलमाया दर्जीले आफ्नाे गाउँपालिकामा दलित विकास बाेर्ड गठन नभए पनि अब गठन गराउने वताइन । उनले दलित समुदायकाे विकासकाे लागि अब याेजना बनाएर कार्यन्वयन गराउन समेत वताइन ।

वीरगंजकाे घण्टाघरस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा पर्सा र बाराका दलित कार्यपालिका सदस्यकाे संजाल गठन भएकाे छ । पटेर्वा सुगाैली गाउँ कार्यपालिकाकी सदस्य सजिना विककाे अध्यक्षतामा १३ सदस्यीय पर्सा जिल्ला कार्यपालिका सदस्य संजाल गठन भएकाे हाे ।

जुन संजालकाे उपाध्यक्षमा ठाेरी गाउँपालिकाकी फुलमायाँ दर्जी, सचिवमा जिराभवानी गाउँपालिकाकी श्रृषि कुमार हजारा, सह सचिवमा पर्सागढीकी सुनिता कुमारी राम, काेषाध्यक्षमा वीरगंजकी नितु कुमारी राम, सदस्यहरुमा सखुवा प्रसाैनी गाउँपालिकाकी दाैलतिया देवी, जपसी देवी माझी, पाेखरिया नगरपालिकाकी तेतरी देवी, जिराभवानीकी काेशिलिया देवी, ठाेरीकी सुशिला कुर्मी र जिराभवानीकी रुनादेवी माझी चयन भएका छन् ।

यसैगरी सुवर्ण गाउँपालिकाकी विरस्पती देवीकाे अध्यक्षतामा बारा जिल्ला कार्यपालिका सदस्य संजाल गठन भएकाे छ ।

 जुन संजालकाे उपाध्यक्षमा महागढीमाई नगरपालिकाकी रुपकली देवी माझी, सचिवमा करईयामाई गाउँपालिकाकी राधा देवी राम, सह सचिव बारागढी गाउँपालिकाकी अनिता बैठा, काेषाध्यक्षमा आदर्शकाेत्वाल गाउँपालिकाकी रामपति देवी पासवान, सदस्यहरुमा सुवर्ण गाउँपालिकाकी धनेशरी देवी, पचराैता नगरपालिकाकी पुनित राम र आदर्शकाेत्वालकी बचनी देवी राम चयन भएका छन् ।

दलित सराेकार मंच नेपालकाे आयाेजनामा भएकाे कार्यक्रममा मंचका कार्यकारी निर्देशक भाेला पासवान र पत्रकार रघुनाथ लामिक्षानेले प्रशिक्षण दिएका थिए भने सहजिकरण पत्रकार बृजलाल पासवानले गरेका थिए । 

बस्तीमा दुर्गन्ध फैलाउने शिवम् लेयर्स फार्म बन्द गर्न गाउँपालिकाकाे निर्णिय

0

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा न‌ं. २ गादी स्थित रहेको शिवम् लेयर्स फार्म प्रा.लि. बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको छ । कुखुराको अण्डा उत्पादन गर्ने उक्त उद्योगले फैलाएको दुर्गन्धको कारण ५ वटा बस्तीका १० हजार भन्दा बढि नागरिकहरु महामारीको उच्च जोखिममा रहेको समाचारहरु प्रकाशनमा आएपछि १५ दिन भित्र उद्योग बन्द गर्न गाउँपालिकाले निर्देशन दिएकाे हाे ।

मिति २०७९ चैत ८ गते बसेकाे गाउँ कार्यपालिकाकाे बैठककाे निर्णय अनुसार मापदण्ड विपरित संचालनमा रहेकाे उद्याेग बन्द गर्ने निर्देशन दिइएकाे गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले जानकारी दिए । चैत ८ गते बसेको कार्यपालिकाको बैठकको निर्णय नं. १ अनुसार विभिन्न मितिमा त्यस क्षेत्रका १ सय भन्दा बढि नागरिकले शिवम् लेयर्स फार्म उद्योगलाई आवश्यक कारवाहीको लागि दिएको उजुरी उपर छलफल गरि उद्योग संचालनको अनुमति दिने निकायले तोकेको शर्तहरु पालना गर्न जानकारी गराउँदा पनि उद्योगले अटेरी गर्दै आएको कारण पालिकाले यस्तो निर्णय लिएको हो ।

पालिकाले दिएको जानकारी अनुसार २०७८ चैत २३ गते पालिकाको न्यायिक समितिद्वारा भएको उद्योग संचालनको अनुमति दिने निकायले तोकेको शर्तहरु तथा प्रचलित कानून अनुसारको वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न जानकारी गराउँदा समेत उद्योगले शर्तहरु पुरा नगरेको र मापदण्ड विपरित उद्योग संचालन गर्दै आएको जनाएको छ । त्यस पश्चात दिन प्रतिदिन जनगुनासोहरु बढ्दै जाँदा पालिकाले उद्योगलाई पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएकोले दुर्गन्ध बढ्नुको साथै झिँगा भन्किने समस्या बढ्दै गएकोले यही मिति २०७९ चैत २ गते गरिएको अनुगमन समितिको प्रतिवेदन अनुसा १५ दिन भित्र उद्याेग बन्द गर्न निर्देशन दिएकाे हाे ।

अनुगमन समितिले दिएको प्रतिवेदनमा नेपालको संविधान, २०७२ को धारा ३०, स्वच्छ वातावरणको हक (मौलिक हक) बाट गाउँपालिकाको हजाराैं नागरिकहरुलाई बञ्चित गराइएको, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ अनुसार र वातावरण संरक्षण ऐन २०७६ विपरित कार्य गरि छरछिमेकको नागरिकहरुको स्वास्थ्यसँग गम्भिर खेलवाड गरेको र फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम ११ अनुसारको फोहरमैला व्यवस्थापन सम्बन्धी गाउँपालिकाको कार्यालयसँग अनुमति समेत नलिइएकोले उल्लेख गरिएको छ ।

अनुगमन समितिको प्रतिवेदनमाथि भएको छलफल पश्चात नेपालको संविधान २०७२ को अनुसूचि ८ को बुंदा नं. १० को अधिकार, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानून अनुसार गाउँपालिकाले लिखित तथा मौखिक निर्देशन दिँदा त्यसलाई वेवास्ता गर्दै नागरिकको स्वास्थ्यसँ गम्भिर खेलवाड गरेकोले उक्त उद्योगलाई १५ दिन भित्र बन्द गर्न पत्रचार गर्नुकाे साथै र सोको जानकारी सम्बन्धित निकायहरुलाई समेत गराइएकाे गाउँपालिकाकी उप प्रमुख ममता चौधरीले जानकारी दिइन् ।

उद्याेग बन्द गर्न शिवम् लेयर्सलाई गरिएकाे पत्रचारकाे बोद्धार्थ कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा, घरेलु तथा साना उद्योग कार्यालय वीरगंज (पर्सा) लाई समेत गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

उद्योगको कारण त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरीका १० हजार भन्दा बढि नागरिकहरु विभिन्न रोगको महामारीको उच्च जोखिममा छन् भने अधिकाँश बालबालिका, वृद्धवृद्धाहरु विभिन्न रोगबाट ग्रसित छन् । उद्योगले कुखुराको दिशा र मरेका कुखुराको उचित व्यवस्थापन नगर्दा त्यस क्षेत्रका स्थानीयहरु झिँगाको प्रकोपबाट बढि प्रभावित छन् । विहानदेखि रातिसम्म झिँगाले स्थानीयलाई प्रभावित पारि रहेका हुन्छन् नै, त्यसमाथि विभिन्न प्रकारको रोगको महामारी नै फैलाएको छ ।

वीरगंजका चर्चित व्यापारी शिवजी कलवारले संचालन गर्दै आएको उक्त उद्योगले फैलाएको दुर्गन्धबाट वरिपरि करिब ५ देखि ७ किलोमिटर वरिपरिका बासिन्दाहरु दुर्गन्ध एवं झिँगाबाट बढि प्रभावित छन् । दैनिकी जीवनको सबै प्रकारको कार्यमा झिँगाले प्रभावित पारेको छ । खाना पकाउँदा खानामा झिँगा पर्ने, खाना खाँदा झिँगा पर्ने, बालबालिकाहरु केही खाना खाँदा झिँगा अल्झिएको खाना खाने, नाक मुख जीउ भरि नै झिँगै झिँगा भन्कि रहने जस्ता समस्याले उद्योग वरिपरि क्षेत्र रहेका बस्तीका १० हजार भन्दा बढि सर्वसाधारण प्रभावित बनेको स्थानीयहरुको भनाई छ ।

परीक्षा केन्द्र टाढा नराख्न विद्यार्थी सङ्गठनको माग

0

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरूपमा र अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गर्नुभएको छ ।

“हालै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएका अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौँ”, तीन विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले नजिक पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गर्नुभएको छ । परीक्षा नियन्त्रण कार्यालयले यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सचिव सिद्धान्त भट्टले फरक जिल्लामा परीक्षा केन्द्र नराख्न र पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्ने विषयमा परीक्षा नियन्त्रकसँग अनुरोध गरिएको बताउनुभयो । रासस

विरगंजमा भाटभनीको २४ औं स्टोर संचालन, ग्राहकहरुको भिड

0
वीरगंज । मुलुककै ठूलो चेन सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा पनि संचालनमा आएकाे छ । मुलुकका विभिन्न शहरमा स्टोर निर्माण गरी आक्रामक बजार बिस्तार गर्दै आएको भाटभटेनीको विरगञ्ज शाखा बिहिबार औपचापरिक शुभारम्भ भएकाे हाे ।
 
स्टाेर संचालनमा आएसंगै ग्राहकहरुकाे भिड बढेकाे छ । स्टाेर अवलाेकन गर्न हजाराैंकाे संख्यामा स्थानियहरु पुगेका थिए । 
 
यो स्टोर मधेश प्रदेशमा पहिलो स्टोर हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गरिएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । २ अर्ब ५० करोड बढीको लागतमा स्थापना गरिएको स्टोर सञ्चालनमा आएकाे उनले वताए ।
 
भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले दाबी गरे । उनले भने ‘हामीले अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन । स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।
 
बिरगञ्ज महानगर–१४ गण्डक, बहुअरीमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा स्टोर निर्माण भएको हो । स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्किङसहित ७ तल्लाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले ठूलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।
 
स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलौउनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन वल्र्ड क्लास ब्राण्डेड लुगाहरु लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको भनाई छ । फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङगर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने उनि बताउँछन ।
 
हामीले यस स्टोरको संचालनबाट यँहाका स्थानीयहरुले मात्र नभई छिमेकी मुलुक भारतका सिमावर्ति शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने विश्वास लिएका छौं ।’–उनले भने ।
 
यस स्टोरमा अन्तराष्ट्रिय स्तरको पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, बाबु नानीहरु खेल्नका लागि किड्स जोन, लगाएतका सुविधाहरु पनि रहने उनले बताए । व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको पनि जानकारी गराए ।
 
आर्थिक संकटसँग जुध्न भाटभटेनीको आक्रामक शैली 
 
मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने बजार विस्तारलाई थप आक्रामक बनाएका छ । उद्योगी तथा व्यवसायीहरु आर्थिक रुपले थला परिरहेको समयमा भाटभटेनीले नयाँ शैलीमा आफ्नो बजार विस्तारलाई अघि बढाएको हो । मुलुकको आर्थिक संकटलाई टार्नका लागि सबै उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउँदै भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबाहादुर गुरुङले बजार विस्तारलाई नरोकेको उल्लेख गरे । 
 
अन्य उद्योगी व्यवसायीहरु जस्तै आफू पनि आर्थिक संकटको मारमा परेको उल्लेख गर्दै उनले रोजगार सिर्जना र आर्थिक चलायमानलाई कायम राख्नकालागि रोकिन नमिल्ने बताए । “अहिले बजारमा जस्तो संकट देखिएको छ, हामी पनि त्यही संकटबाट गुज्रिइरहेका छौँ, गुरुङले भने, “यो संकटको बेलामा हामी अघि सरेनौँ भने मुलुक झनै डरलाग्दो अवस्थामा फस्ने देखिरहेका छौँ । जस्तोसुकै संकटका बेला पनि हामी पछि हट्न हुँदैन, मिल्दैन । त्यसैले, गाह्रोसाह्रो भए पनि हामीले स्टोर विस्तारको काम रोकेका छैनौँ ।
 
कोरोना महामारीको समयमा समेत नरोकिएको भाटभटेनीले त्यसपछि हालसम्म पाँच ठाउँमा नयाँ स्टोर सञ्चालनमा ल्याइसकेको छ । इटहरी, धनगढी, हेटौंडा, काठमाडौंको टोखा, र ललितपुरको सानागाउँ यो बीचमा सञ्चालनमा आएका नयाँ स्टोर हुन । मुलुकमा आर्थिक समस्या परेको बेलामा चुपचाप बस्न नमिल्ने बताउँदै प्रबन्ध निर्देशक गुरुङले आर्थिक क्रियाकलापलाई गति दिएर मात्र यो संकटबाट मुक्ति पाउन सकिने उल्लेख गरे ।
 
‘आर्थिक संकटका बेलामा देशलाई चाहिने भनेकै रोजगारीका अवसर हुन । जति बेरोजगारी कम हुन्छ, जनतालाई त्यतिनै सहज हुन्छ ।’–उनले भने ‘संकटको बेलामा पनि रोजगारी सिर्जना गर्न सकिएको छ, यसमा मलाई खुसी लागेको छ ।’

वीरगंजमा सवारी दुर्घटनामा परी भारतिय महिलाकाे मृत्यु

0
bike accident_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २१ स्थित सडक खण्डमा बुधबार सवारी दुर्घटना परी भारतिय महिलाकाे मृत्यु भएकाे छ । भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने वर्ष ५० की माला देबीकाे  मृत्यु  भएकाे प्रहरीले जनाएकाे छ ।

बुधबार दिउसाे १:४५ बजेको समयमा ड्राईपोर्टबाट चोर्नी तर्फ जाँदै गरेको बिआर०५एएम१६२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलकाे पछाडी सवार महिलाकाे मोटरसाइकलबाट लडी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

मोटरसाइकलबाट लडी निजको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारार्थ एल.एस.न्यूरो अस्पताल वीरगंजमा ल्याएकोमा बिहिबार दिउसाे १२:३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

मृतकको लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्टमार्टमकाे लागि नारायणी अस्पताल वीरगंजमा लास राखिएकाे उनले वताए । मोटरसाइकल चालक भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल जोखियारी पञ्चायत वडा नं.९ बस्ने वर्ष २३ को सचिन कुमारलाई नियन्त्रणमा लिइ थप  अनुसन्धान भैरहेको प्रवक्ता गिरीले जानकारी गराए ।

बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री

0

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरुपमा बजार अनुगमन नगर्दासम्म परिणाम प्रभावकारी आउन नसक्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “राजश्व छलि नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ । बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।”

उहाँले अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न समेत निर्देशन दिनुभयो । “कच्चापदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस् । सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले आयातका लागि राष्ट्रिय मापदण्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउन निर्देशन दिनुभयो । उहाँले छलफल गर्ने, नीति बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहन नहुनेमा स्पष्ट पार्नुभयो । अनुगमन सीमामा मात्र होइन, आन्तरिक बजारको पनि गर्ने गरी व्यवस्था मिलाउन उहाँको निर्देशन छ ।

छलफलमा अर्थसचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायी उपस्थित हुनुहुन्थ्यो ।

छलफलमा सहभागी व्यवसायीका प्रतिनिधिले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताएका थिए । रासस

शिवम् लेयर्स फार्मको दुर्गन्ध एवं झिँगाबाट महामारीकाे उच्च जोखिम

0

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित रहेकाे शिवम् लेयर्स फार्म प्रा.लि.को कारण हजारौं परिवार महामारीको शिकार बनेका छन् । कुखुराको अण्डा उत्पादन गर्ने उद्योगमा भइरहेको चरम लापरवाहीले गर्दा त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरी परिवार विभिन्न रोगको महामारीको जाेखिम बढेकाे छ ।

उक्त उद्योगले कुखुराको दिशा र मरेका कुखुराको उचित व्यवस्थापन नगर्दा त्यस क्षेत्रका स्थानीयहरु झिँगाको प्रकोपबाट बढि प्रभावित छन् । विहानदेखि रातिसम्म झिँगाले स्थानीयलाई प्रभावित पारि रहेका हुन्छन् नै, त्यसमाथि विभिन्न प्रकारको रोगको महामारी नै फैलाएको छ ।

वीरगंजका नामुद व्यापारी शिवजी कलवारले संचालन गर्दै आएको उक्त उद्योगले फैलाएको दुर्गन्धबाट वरिपरि करिब ५ देखि ७ किलोमिटर वरिपरिका बासिन्दाहरु दुर्गन्ध एवं झिँगाबाट बढि प्रभावित छन् । दैनिकी जीवनको सबै प्रकारको कार्यमा झिँगाले प्रभावित पारेको छ । खाना पकाउँदा खानामा झिँगा पर्ने, खाना खाँदा झिँगा पर्ने, बालबालिकाहरु केही खाना खाँदा झिँगा अल्झिएको खाना खाने, नाक मुख जीउ भरि नै झिँगै झिँगा भन्कि रहने जस्ता समस्याले उद्योग वरिपरि क्षेत्र रहेका बस्तीका १० हजार भन्दा बढि सर्वसाधारण प्रभावित बनेको स्थानीयहरुको भनाई छ ।

उनीहरुले गन्हाउने समस्याले गर्दा खाना समेत खान सकिदैन, झिँगाले गर्दा झुल लगाएर खाना खानुपर्छ, त्यसले पनि मान्दैन भन्दै झिँगा सहितको खाना खाएकै कारण आफ्नो ७ वर्षीय बच्चा विरामी परेको कपिलदेव सहनी बताउँछन् । यहाँका राजनीतिक दलले पनि उद्योग प्रशासनलाई साथ दिएकै कारण उद्योगको लापरवाहीले सिमा पार गर्दै गएको उनले बताए ।

अनावश्यक झिँगा भन्किने कार्यले गर्दा स्वास्थ्यमा समस्या हुनुका साथसाथै बालबालिका एवं गर्भवति महिलाको स्वास्थ्यमा पनि गम्भिर असर पारिरहेको छ । जस्तोसुकै सफासुघर रहेपनि झिँगाले स्थानीयलाई आजित बनाई रहेका छन् । उद्योग वरिपरिको बस्तीमा प्रवेश गर्ने वित्तिकै जीउ नै झिँगाले ढाक्छ । झिँगा आफै विभिन्न प्रकारका सरुवा रोगहरु फैलाई रहेको हुन्छन्, एउटा झिँगाले रोग फैलाउन सक्छ, भने जहाँ झिँगै झिँगाबीच बस्नुपर्दा कसरी महामारीको प्रकोपबाट बच्न सकिन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

उद्योगले वडा नं. १ र २ को करिब ५ वटा वस्तीमा बसोबास गर्ने सर्वसाधारणहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पारि रहेको छ । कामको शिलशिलामा पुरुषहरु वस्ती बाहिर गएपनि महिलाहरु दिनभरि झिँगा भगाउँदै बस्छन् । उद्योग संचालनको बखत दाल उद्योग संचालन हुने र स्थानीयहरुलाई जागिर दिने प्रलोभन देखाई संचालन भएको उद्योगले फैलाई रहेको दुर्गन्धको मार स्थानीयहरु विगत ५ वर्षदेखि झेल्दै आइ रहेका छन् ।

उनीहरुले दुर्गन्ध फैलाउने कार्यलाई मात्रै उद्योगले रोके हदसम्म समस्याको निराकरण हुन्थ्यो तर उद्योग पक्षको यसप्रति कुनै किसिमको चासो नरहेको स्थानीयहरुको भनाई छ ।

झिँगा आतँकले त्यस क्षेत्रमा महामारी फैलाउने उच्च सम्भावना छ । अहिले पनि त्यस क्षेत्रका अधिकाँश बालबालिकाहरु झाडापखाला, हैजा लगायत छाला सम्बन्धी विभिन्न प्रकारको रोगले ग्रसित छन् । त्यो भन्दा पनि गर्भवती महिला झिँगा आतँकबाट बढि प्रभावित छन् । स्वास्थ्यमा नै ठूलो समस्या ल्याउने गरेको छ । वस्तीका बालबालिका र वृद्धवृद्धा सधैं विरामी नै रहन्छन् । खाना बनाउँदा खाना मै झिँगा पर्छ, पस्किदा खानामा झिँगा पर्छ, झुल लगाएर खाना खादा पनि झिँगा सँगै खाना खाने बानी नै भइसकेको स्थानीयहरुको भनाई छ ।

यसबारे पटेर्वासुगौली गाउँपालिका कार्यालयकी उपप्रमुख ममता चौधरीले शिवम् लेयर्स फार्मले यस क्षेत्रका बासिन्दाको स्वास्थ्यसँग खेलवाड गरि रहेको बताइन् । उद्योग संचालक समितिले व्यवस्थापन पक्षलाई ध्यान नदिएको कारण झिँगा भन्किने एवं गन्हाउने समस्या उत्पन्न भएको बताइन् । उनले त्यस क्षेत्रमा बसोबास गर्ने गरिब, निमुखाहरुको स्वास्थ्यलाई ख्याल नै नगरि गरेको उद्योगले गरि रहेको चरम लापरवाहीले २ हजार घरधुरी एवं १० हजार भन्दा बढि जनता प्रभावित बनेको बताइन् ।

उनले महिलाहरु प्रायः जसो रिङ्गटा लाग्ने, बेहोस हुने, विभिन्न प्रकारका छालाको रोगहरु लाग्ने, खाना नरुच्ने, खान बस्न झिँगा परेपछि खान मन नलाग्ने अवस्था छ । बच्चाहरुलाई हैजा, झाडापखाला, स्किन डिजिज जस्ता छालाको रोगबाट ग्रसित रहेको हामीले पनि पाएका छौं, तर यसलाई रोक्न गाउँपालिका कम्मर कसेर लागेको बताइन् ।

पालिकाले संचालक समितिलाई पटक पटक यस समस्याबारे पत्राचार गरेको छ, तर उद्योग पक्षबाट धेरै आनाकानी भएको छ, अहिले पुनः अनुगमन गरिएको छ, यो अनुगमनबाट पक्कै सकारात्मक परिणाम आउने बताइन् । उद्योग पक्षले सम्झौता अनुसार कुनै किसिमको कार्य गरेको छैन, वातावरणीय परीक्षण प्रतिवेदन समेत पेश नगरेको अवस्थामा अब ३५ दिनको अन्तिम अल्टिमेटम दिइनेछ, र त्यसबाट पनि यो समस्या समाधान नभए उद्योगलाई बन्द गर्ने तर्फ नै पालिका लाग्ने बताइन् ।

उद्योग स्थापनाको बखत सर्वसाधारणलाई मात्रै होइन, जनप्रतिनिधिलाई पनि झुक्याइएको छ, दाल उद्योगको नाममा पशुजन्य पदार्थ उत्पादन गर्ने उद्योग संचालन गरिएको छ, उद्योग संचालनका विपक्षमा हामी पनि छैनौ, पालिकाले केही शर्तहरु दिएको थियो तर केही दिनसम्म त्यो शर्तहरु पालना गरि विस्तार वेवास्ता गर्दै आएको उनको भनाई छ । यो समस्यालाई अन्त्य गर्ने जनतासँग हामीले वाचा गरेका छौ र त्यो जसरी पनि पुरा गर्ने भनिन् ।