Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ

spot_img
spot_img

नयाँदिल्ली । राष्ट्रिय राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा छ जनालाई पक्राउ गरिएको छ ।

प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएका छन् । उजुरीका आधारमा छ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरी प्रमुखले बताएका छन् । पोस्टरमा छापाखाना वा प्रकाशकको नाम उल्लेख गरिएको छैन । दिल्ली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

आम आदमी पार्टी (आप) को कार्यालयबाट बाहिरिने बित्तिकै एउटा भ्यान रोकिएको थियो । त्यसबाट आपत्तिजनक पोस्टरसहित उनीहरूलाई अपहेलना ऐनअन्तर्गत गिरफ्तार गरेर थप अनुसन्धान थालिएको प्रहरी प्रमुखले एएनआई प्रतिनिधिलाई बताएका छन् । रासस/एएनआई 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

निचुटामा ‘समावेशी शिक्षाको महत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको निचुटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक...

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवद्र्धन, उत्थान तथा प्रवद्र्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

काठमाडौँ । जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित हासिल गरेको छ । जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज...